२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

आत्मनिर्भर बन्दै कालिकोटका किशोरी

२२ मंसिर २०७५, शनिबार १०:५७

मंसिर २२, कालिकोट । घरायसी कामकाज र चुलोचौकोमा सिमित तिलागुफाका किशोरीहरु अहिले जाम उत्पादनमा लागेका छन् । आर्थिक तथा सामाजिक रुपमा समेत किशोरीहरु आत्मनिर्भर भएका छन् भने किशोरीलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ । १८ वर्ष देखि २१ वर्षसम्मका किशोरी आफैले पनि छुट्टै महादेव फलफुल प्रसोधन उद्योग सञ्चालन गरेर सफल भएका छन् ।

तिलागुफा नगरपालिकाको –३ का किशोरीहरु जाम उत्पादनमा लागेका हुन् । जिल्लाको सबै भन्दा बढी स्याउ हुने क्षेत्र तिलागुफाका किशोरीले गैरसरकारी संस्थाको सहयोगमा जाम उत्पादन गर्न थालेका हुन् । तिलागुफा नगरपालिकाको २ लाख ७५ हजार सेभ द चिल्ड्रेन र भिडिसेफ नेपाल कालिकोटको ४ लाख स्याउ प्रशोधन केन्द्र जुम्लाको प्राविधिक सहयोग र वडा कार्यालयको भवनमा किशोरीहरुले जाम उत्पादन गर्न थालेका छन् ।


चुलो चौकामा सिमित यहाँका किशोरीहरु अहिले आत्मनिर्भर बन्न थालेका छन् । बिहान घरायसी काम सकेर १० बजे उद्योगमा आएर उनीहरुले जाम उत्पादन गर्ने गरेका छन् । स्याउको पकेट क्षेत्रका रुपमा रहेको तिलागुफा नगरपालिका फोइकोटका किशोरीहरुले ५० क्वीन्टल स्याउ स्टक राखी सहयोगी संस्थाको सहयोगमा स्याउको जाम उत्पादन गरेका हुन् । किशोरीले उत्पादन गरेको जामको बजारीकरण वडा कार्यालयले गर्ने भएको छ ।

घरभन्दा बाहिर जान किशोरीलाई समस्या हुने भएकाले जामको बजारीकरण वडाले गर्ने तिलागुफा नगरपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर शाहीले बताए । उनले तिलागुफामा उत्पादन भएको जाम नाग्मबजार, जुम्ला, कालिकोट सदरमुकाम, सुर्खेत, बाके र बर्दिया जिल्लासम्म पु¥याउने बताए । १५ जना किशोरीबाट सुरु गरेको जाम उत्पादनमा आगामी आर्थिक वर्षभित्र ५० जना किशोरीलाई रोजगार दिने लक्ष्य लिएको बताइएको छ ।

इच्छा शक्ति भए आफ्नै देशमा सुन फलाउन सकिने रहेछमहादेव फलफुल प्रशोधन केन्द्रका साविता शाहीले बताईन् । ‘भिडिसेफ हाम्रोलागि भगवान सावित भएको छ, जसरी हामीलाई भिडिसेफले सहयोग गर्यो त्यसरी नै अरु गाउँपालिका र नगरपालिकाका किशोरीलाई पनि सहयोग गर्न सके धेरै किशोरीको जीवनस्तरमा सुधार आउने थियो’ उनले भनिन् । किशोरीहरुलाई आत्मनिर्भर बनाउन पहल गर्ने युवा सशक्तिकरण परियोजनाका कार्यक्रम संयोजक अनु रेग्मीले बताईन् । ‘काम गर्ने इच्छाशक्ति भएका किशोरीका लागि सहयोग गरी उनीहरुको आर्थिक, सामाजिक बिकासमा हामी सहयोगी बन्ने हो’ उनले भनिन् ।

युवा शसक्तिकरण परियोजनाले बालअनुदान, बर्सरी सहयोग, घुम्ती कोषलगायतमा कामगरी विद्यालय जानबाट बञ्चित किशोर किशोरीहरुलाई विद्यालय जान प्रोत्साहन गगरिएको उनले बताईन् । १८ देखी २२ वर्ष उमेर समूहका किशोरकिशारी लक्षित कार्यक्रमबाट उनीहरुलाई आत्मनिर्भर बनाउने खालका क्रियाकलाप गरिएको उनले बताईन् ।

जाम उत्पादनमा स्याउ, चिनी साइट्रीक एसिड, कलर, बास्ना, के.यम.एसलगायतका रासायनिक पदार्थ मिसाएर बनाउने गरेको सेभ द चिल्ड्रेनका प्रोजेक्ट डाइरेक्टर इन्द्र बिकले बताए । युवा सशक्तिकरण परियोजनाबाट किशोर र किशोरीलाई रोजगार सिर्जना गर्नका लागि विभिन्न क्रियाकलाप गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य