२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

मेची पर्यटन महोत्सव शुरु

२०७५, ५ पुष बिहीबार १०:१६

 पुस ५, इलाम (रासस) |  पचास हजार पर्यटक भित्र्याउने लक्ष्यसहित इलाम सदरमुकाममा १० दिने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ आजदेखि शुरू भएको छ । इलाममा आयोजना भएकामध्ये हालसम्मकै सबैभन्दा ठूलो पर्यटन महोत्सवका रूपमा लागेको उक्त महोत्सवमा साहित्यिक तथा सांस्कृतिक विषयवस्तुको प्रदर्शन गरिएको छ भने जातीय खानाका परिकारसमेत प्रस्तुत गरिएको छ । 

महोत्सवको शुरुमा नेवारी, राई, गुरुङ, लिम्बू तथा ब्राह्मण जातिका जातीय वेशभूषा र बाजागाजासहित ¥याली निकालिएको थियो । ¥यालीमा चार जिल्लाका पर्यटकीय स्थलको समेत प्रदर्शन गरिएको थियो । 

साबिक मेचीका चार जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने योजनाले शुरु भएको यो महोत्सव आजदेखि शुरु भएर १६ गतेसम्म चल्नेछ । चार जिल्लामा बसोबास गर्ने जातजातिको लोप हुन लागेको संस्कृतिको प्रदर्शन, दुर्लभ जीवजन्तु र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरिने आयोजकको भनाइ छ । 

पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा भएको महोत्सवमा ५० वटा स्टल निर्माण गरिएको छ । महोत्सवमा ताप्लेजुङबाट शेर्पा नाच, झापाबाट सतार नाच, इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौरी र घोडासमेत ल्याएको आयोजक समितिका महासचिव देवी पौड्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी