2026-10-31 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा उँखुको मुल्यमा मनपरी, चिनि मिल नहुँदा क्रसरमा उखु बेच्न बाध्य

माधव बेल्वासे | पुष ७, कपिलवस्तु | कपिलवस्तुमा उँख क्रसरहरुले उँखुको मुल्य मनपरि लिने गरेका छन ।कपिलवस्तु जिल्लामा रहेको करिव ३ सय उखु (गुड) उद्योगले मनपरि ढङगवाट उँखुको मुल्य दिदा किसानहरु मर्कामा परेका छन । उखु कृषकहरुले बजार नपाउदा उखु बेच्नको लागि विकल्पको रुपमा किसानहरुले क्रसरलाई लिएका हुन ।

नेपाल सरकारले उखुको मुल्य प्रती क्विन्टल ५ सय १८ तोकेको छ । कपिलवस्तुका उखु कृषकले २ सय देखी ५ सय सम्ममा विक्री गर्दै आएका छन । शिवराज नगरपालिका पिपरीमा रहेको शिव चन्दन गुड उद्योगले ४ सयमा प्रति क्विन्टल खरिद गरिरहेको छ । 

पश्चिम नेपालकै ठूलो जवाभारी स्थित महालक्ष्मी सुर्गस मिल सर्लाही स्थानान्तरण गरिएपछि कपिलवस्तुका कृषकहरु चिन्तित बन्दै आएका छन । चिनि मिल नहुदाँ आफ्नो उखु नै विक्री नहुने डरमा समेत किसानहरु रहेका छन । कच्चा पदार्थको अभाव देखाउदै महालक्ष्मी सुगर मिल संचालकले सर्लाही स्थानान्तरण गरेपछि जिल्लाका कृषकहरु कठिनाईमा परेका हुन ।  सुगर्स मिल स्थानान्तरण भएसंगै सख्खर (भेली) गुड उद्योगहरु भने फस्टाएका छन् ।

उखु विक्री गर्न बजारको समस्या भएपछि केहि कृषकले क्रशर उद्योगमा भेली बनाउन दिएका छन भने कतिपय आफैले क्रशर उद्योग स्थापना गरि भेली बनाउन थालेका छन । सरकारले मुल्य तोकेपनि तर व्याभारमा त्यो नहुने उखु कृषक राम प्रकाश चौधरीले वताए ।उनले भने –“पहिला चिन मिल थियो र वेच्न सजिलो थियो अहिले उखु विक्रि नै हुदैन कि भन्ने डरले जति पैसा दिएपनि क्रसरहरुलाई दिन वाध्य छौ” ।

कपिलवस्तुको पश्चिमि दक्षिण क्षेत्रमा सुख्खा क्षेत्र रहेको अधिकांश कृषकले उखु खेती गर्दै आएका थिए । । मिल स्थानान्तरण पछि कपिलबस्तुको शिवराज नगरपालिका र कृष्णनगर नगरपालिका लगायतका क्षेत्रका उखु किसानहरुले सख्खर उत्पादन गर्न थालेका छन । अन्य आम्दानी नभएका किसानहरुले उखु खेती गरेर दुई बर्षदेखि बैकल्पिक उपाय अंगाल्न बाध्य बनेका हुन ।

कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले उखु खेतीबाटै बर्षेनी जिविकोपार्जन गर्दै आएका कृषकहरु मिल बिस्थापित भएपछि समस्यामा परेकोे वताए ।गुड उद्योगहरुले मनिपरी रुपमा उखुको मुल्य तोकेर दिइरहेको अध्यक्ष चौधरीले वताए । उनले भने गुड उद्योगले मनपरि ढङग वाट उखु किनिरहेका छन यसले गर्दा किसानहरुले उखु खेती गर्न छाडेका छन । कपिलवस्तुको कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा झण्डै एक सय पचास गुड उद्योग रहेका छन्  । 

स्थानिय निकायमा दर्ता छैनन गुड उद्योग

लाखौ करोडौको करोवार गर्ने गुड उद्योगहरु स्थानिय निकायमा दर्ता रहेको छैनन ।कपिलवस्तुको पश्चिमि क्षेत्रमा रहेका करिव डेढ सय उद्योगहरु स्थानिय निकायको कार्यलयमा दर्ता नभएको पाइएको छ ।

 स्थानिय सरकारले आफ्नो क्षेत्र भित्र रहेको उद्योगहरुलाई व्यवस्थापन गर्ने जिम्मा भएपनि शिवराज नगरपालिकामा रहेका गुड उद्योगहरुको सख्या समेत नगरपालिकालाई जानकारी छैन ।नगरभित्र रहेको उद्योगहरुलाई नगरपालिकामा दर्ता गराउन हामीले सुचना जारी गरेका छौ शिवराज नगर भित्र रहेको सवै उद्योगहरु नगरपालिकामा दर्ता गराएर मात्रै संचालन गर्नस  शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले भने ।

विजयनगर गाउँपालिकाले पनि सवै उद्योगहरुलाई दर्ताको लागी पत्र पठाइसकेको प्रमुख प्रशासकिय अधिकृत रविन्द्र चौधरीले वताए । यस्तै जिल्लाका अन्य स्थानिय निकायमा समेत गुड उद्योगहरु दर्ता नभएको पाइएको छ ।

प्रशासन किन मौन

जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले उखु कृषकले कम मुल्यमा खरिद गरेका गुड उद्योगको वारेमा जानकारी दिए कारवार्ही गर्ने वताएको छ  । साहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले नेपाल सरकारले तोकेको उखुको मुल्य कृषकले पाउनुपर्ने वताए । उखु कृषकहरु आफै सजग भएर सरकारले तोकको रकम भन्दा नघटाएर उखु वेच्नुपर्ने जनाए ।अर्यालले भने –“यदि कुनै उद्योगले कम मुल्यमा खरिद गरेको छ भने जानकारी दिनुस हामी कारवार्ही गर्र्छौ” । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय