पढ्न करिब 2 मिनेट लाग्छ

के एउटा बच्चाले पिसाब फेरिरहेको यो मूर्तिका बारेमा तपाईंलाई थाहा छ ?

बेल्जियमको ब्रसेल्सस्थित मेनकेन पिस नामको यो मूर्ति एकजना सानो बच्चाको हो । पिसाब फेरिरहेको यो बच्चाको मूर्ति हेर्नकै लागि त्यहाँ बर्सेनि धेरै पर्यटक आउँदछन् ।

ब्रसेल्सबासीको सेन्स अफ ह्युमरको प्रतीक मानिन्छ ।

पिसाबको प्रयोग प्राचीन समयदेखि नै विभिन्न खाले रोगको निदानका लागि गर्न थालिएको थियो ।

इतिहासमा पिसाबको उपायेगको पहिलोपटक रोमन सम्राट टिटो फ्लेविओ वेस्पासियानोको समयमा सन् ९ देखि ७९ को अवधिमा गरेको प्रमाण फेला परेको थियो ।

रोमन साम्राज्यको धोबीघाट या फुलोनिकसमा पिसाब एकत्रित गरिन्थ्यो र त्यसलाई कुहिनका लागि छाडिन्थ्यो ।

त्यसरी जम्मा गरिएको पिसाब एमोनिया बन्दथ्यो ।

त्यो एमोनिया एक प्रकारको डिटर्जेन्टको रुपमा कपडा धुनका लागि प्रयोग गरिन्थ्यो ।

रोमन दर्शनशास्त्री तथा लेखक सेनेकाका अनुसार सेतो उनका कपडा भिजाएपश्चात् मजदूर वा धोबीहरु त्यस्ता चिसा कपडामाथि दौडिने वा नाच्ने गर्दथे । रङलाई निखार्न तथा मुलायम बनाउनका लागि मुल्तानी माटो, पिसाब तथा सल्फरको प्रयोग गरिन्थ्यो ।

त्यसपछि कपडाको गन्ध हटाउनका लागि सुगन्धिन डिटर्जेन्टको प्रयोग गरिन्थ्यो ।

धोबीहरुको काम राम्रो व्यवसायमा बदलिरहेको थियो तर वेस्पासियानो सत्तामा आएर पिसाबमा कर लगाउन सुरु गरे । रोमको ढल प्रणालीमा जम्मा भएको पिसाब प्रयोग गर्न चाहने मानिसहरुका लागि त्यस्तो पिसाब कर लगाइन्थ्यो ।

छालाका सामान उत्पादन गर्ने मानिसहरुले त्यस्तो पिसाब प्रयोग गर्दथे ।

रोमन इतिहासकार स्युटोनियसका अनुसार वेस्पासियानका छोरा टिटोलाई आफ्ना बुवाले पिसाबमा लगाएको कर चित्त बुझेन । पिसाबमा कर लगाउनु घिनलाग्दो काम हो भनेर उनले आफ्ना बुवालाई भन्न थाले ।

छोराको यस्तो भनाइबाट दिक्क भएका सम्राटले एउटा सिक्का हातमा लिए । त्यसपछि उक्त सुनको सिक्कालाई उनले राजकुमार टिटोको नाकमा सुँघाइदिए । अनि उनले सोधे: के यो सिक्का गन्हाउँछ ?

टिटोले जवाफ दिए: अहँ गन्हाउँदैन ।

सम्राटले राजकुमार टिटोलाई अचम्म पार्नेगरी भने: यो सुनको सिक्का पिसाबबाटै आउँछ ।

उनले पिसाबमा कर लगाएर पैसा कमाउने जुक्तिका बारेमा राजकुमारलाई बताए । त्यहीँबाटै एक्जियम अफ वेस्पासियान भन्ने लोकप्रिय उखान बन्यो । त्यसको अर्थ हुन्छ ः पैसाबाट कहिल्यै पनि दुर्गन्ध आउँदैन ।

बीबीसी