७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

४५ वर्षीया वृद्दा पाँचवर्षे नातिसँगै स्कुल !

१८ पुष २०७५, बुधबार ०६:४३

प्रकाश धौलाकोटी |  पुस १८, तेह्रथुम | ‘मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन’ भन्ने उदाहरण बन्नुभएको छ आठराई गाउँपालिका–१, साविक सङ्क्रान्ति बजार–९, पुरानागाउँकी ४५ वर्षीया सानुमाया नेपाली । पढ्ने उमेरमा विद्यालय टेक्नसमेत नपाएपछि सानुमाया अहिले पाँचवर्षे नातिसँगै विद्यालय जाने गर्नुहुन्छ । 

दुई वर्षअघि यहाँको पुरानागाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया अहिले कक्षा–३ मा पढ्दै हुनुहुन्छ । नाति वसन्त कक्षा–१ मा पढ्छन् । उहाँ भन्नुहुन्छ, “पढ्ने उमेरमा पढ्न पाइन, कामै धेरै गर्नुपथ्र्यो, अहिले फुर्सद छु, पढ्ने इच्छा पूरा गर्न विद्यालय जाँदैछु ।” लेखपढ गरेपछि केही नभए आफ्नो नाम लेखेर सही गर्न सजिलो हुने उहाँको बुझाइ छ । 

‘सही गर भनेर लगाउँछन्, आफूलाई आउँदैन,” उहाँ भन्नुहुन्छ, “हात समातेर ल्याप्चे लगाउँदा कस्तो ठाउँमा ल्याप्चे लगाएँ ? भन्ने शङ्का पनि हुन्छ ।” उहाँलाई विद्यालय गएर किताब पढ्न, मनमा लागेका कुरा लेख्न र पढ्नसक्ने हुने मन छ । उमेरमा पढ्न नपाएकाप्रति उहाँलाई पछुतो छ । शुरुमा प्रौढ कक्षा गएकी सानुमाया अहिले विद्यालय जान थाल्नुभएको हो । 

‘‘गाउँमा प्रौढ कक्षा सञ्चालन हुँदा दुई घण्टामा केही सिकिएनँ’’, उहाँले भन्नुभयो, “त्यही भएर विद्यालय नै जाउ, पढ भन्ने सल्लाह सबैले दिएपछि आउन थालेकी हुँ ।” कक्षामा नातिनातिना उमेरका बालबालिकासँग खेल्दै पढ्दै गर्न निकै रमाइलो हुने तर गृहकार्य गर्न नजान्दा लाज हुने गरेको उहाँले बताउनुभयो । 

सानुमाया नियमित विद्यालय आउने गरेको प्रधानाध्यापक हरिप्रसाद लामिछानेले बताउनुभयो । सानुमाया हरेक दिन हातमा सानो नानीले बोक्ने झोला बोकेर नातिसँगै स्कुल गइरहनुहुन्छ । तर उहाँलाई आफू पढ्न भन्दा पनि नातिलाई पुर्याउन गएको भनेर सोच्ने पनि छन् । सानुमायाका तीन छोराको विवाह भइसकेको छ । ‘‘छोरा हुर्किए, विवाह पनि गराइदिएँ, नाति पनि पढ्दैछन्’’, उहाँ भन्नुहुन्छ, “तर पनि मन ग¥यो भने केही कुरा सिक्न सकिन्छ भन्ने लागेर स्कुल जान थालेकी हुँ ।” 

स्कुल जान थालेपछि उहाँलाई अहिले वर्ण, मात्रासँगै नाम लेख्न, पढ्न आउन थालेको छ । उहाँको मेहनतले छिट्टै सफलता मिल्ने शिक्षक उमानाथ भण्डारी बताउनुहुन्छ । उहाँलाई अहिले देउराली सोसाइटी नामक संस्थाको सहजीकरणमा चलिरहेको स्थानीय अधिकार कार्यक्रमले अझै हौसला प्रदान गरेको छ । 

दुर्गम गाउँका महिलालाई समूहमा आवद्ध गराई विभिन्न अधिकारका कुराबारे जानकारी गराउने अभियान चौतारीमा पुराना गाउँमा चलिरहेको छ । सानुमाया पनि अभियान चौतारीमा गएर छलफलमा सहभागी हुने गर्नुभएको छ । यहाँको आदर्श अभियान चौतारीमा हरेक महीनाको दुई पटक छलफल हुन्छ । 

अभियान चौतारीमा महिला अधिकार, दलित अधिकार, भूमि अधिकार, शिक्षा अधिकार लगायतबारे थाहा पाउने भएपछि सानुमाया जस्ता थुप्रै महिलाले सिक्ने अवसर पाएको सदस्य सुुशीला मग्रान्तिले बताउनुभयो । ‘‘अभियान चौतारीमा शिक्षा अधिकारबारे छलफल हुँदा अरु महिलालाई पनि सानुमाया जस्तै विद्यालय गएर पढ्न प्रोत्साहन गरेका छौँ’’ स्थानीय सामाजिक परिचालक सीता निरौलाले भन्नुभयो । 

गाउँका महिलाहरुमध्ये अधिकांश निरक्षर छन् । तर इच्छा हुनेले साक्षर बन्न चाहे अभियान चौतारीमार्फत सजिलै विद्यालयसम्म पुग्ने वातावरण सिर्जना गरिदिने उहाँले बताउनुभयो । जिल्लालाई गतवर्ष नै पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । तर अहिले पनि साक्षरोत्तर कक्षाहरु गाउँ–गाउँमा सञ्चालन भइरहेका छन् । 

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लीलानाथ पोखरेलले इच्छा शक्ति भए जुनसुकै बेला पनि विद्यालय गएर शिक्षा हासिल गर्न सकिने बताउनुभयो । ‘‘ज्ञान कहिल्यै बुढो हुँदैन’’, उहाँ भन्नुहुन्छ, ‘‘त्यसैले ज्ञान सिक्न पनि उमेरले छेक्दैन ।’’ रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी