२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटका अधिकांश शिक्षित परिवारका महिला छाउगोठमा

२९ पुष २०७५, आईतवार ०८:५३

हेमन्त केसी | पुस २९,जाजरकोट | जाजरकोटका अधिकांश शिक्षितका घरमा नै महिनावारी हुँदा छाउ बार्ने चलन कायमै रहेको छ । 

देउता रिसाउने, अशुभ हुने लगायत सामाजिक मान्यताका कारण छाउ बार्ने गरेको पाइएको हो । जिल्लाका केही ठाउँमा अहिले पनि छाउगोठमै गएर बस्ने गरिएको छ । 

परम्परागत सोच र सामाजिक परम्पराको दवाबमा यस्तो गर्न बाध्य भएको शिक्षित परिवारले नै बताएका छन् । छाउगोठ बस्दा चिसोले समस्या हुने गरेको पीडित महिलाहरू बताउँछन् । 

जनप्रतिनिधिदेखि शिक्षक, राजनीतिक दलका परिवारमा समेत महिनावारी हुँदा बाहिर सर्ने चलन विगतदेखि नै चलिआएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो । 

विद्यालयमा लाजका कारण स्वास्थ्य तथा शारीरिक विषयसमेत राम्रोसँग पढाइ नहुँदा अर्को समस्या भएको छ । शिक्षकले खुलेर प्रजनन स्वास्थ्यका विषयमा कक्षा लिन नसक्दा व्यवहारमा लागू हुन नसकेको हो । 

उमेर बढ्दै जाँदा शरीरमा देखापर्ने विभिन्न खालका परिर्वतनका विषयमा शिक्षकले कक्षामा पढाउन खोज्दा छात्रा टाउको निहुर्याएर बस्ने र छात्रहरूले हाँसेर उडाउँदा कक्षा नियन्त्रण गर्न समस्या हुने गरेको शिक्षक बताउँछन् । 

विद्यालयमा पढाएका कुरा स्वयं शिक्षकले घरमा लागू गर्न नसक्नु अर्को दुर्भाग्य भएको नागरिक अगुवा शाहको भनाइ छ । जिल्लाको जुनिचाँदे गाउँपालिका–४ लहादहकी १९ वर्षीया सावित्रा केसीलाई महिनावारी हुँदा गोठमा बस्दा मृत्यु भएको समाचार रेडियोमा सुन्दा प्रत्येक महिनावारीमा डर लाग्ने गर्छ । 

आफू पनि चिसोका कारण कतै केही हुने त होइन भन्दै सधैँ मुटु काँप्ने गरेको उहाँको भनाइ छ । त्यस्तै गाउँपालिका मजकोटकी कौशिला कार्की भन्नुहुन्छ, “बर्सेनि महिनावारीका समयमा ७ दिनसम्म घरको आँगनसम्म छुन पाउँदिन, घरको काम भने सबै गर्नुपर्ने बाध्यता छ ।” कार्की थप्नुहुन्छ, “महिनावारीका समयमा पोषिलो खाना, तातो पानी लगायतका कुरा खानुपर्छ भन्ने जानकारी हुँदाहुँदै पनि देवता रिसाउँछन् भन्ने मान्यताका कारण घरका मालिकबाट दही, दूध, घिउ खान त के हेर्नसम्म नपाउने अवस्था छ । ” 

यता देउता रिसाए आँखा, कान, फुटाउँदै घोर अनिष्ट हुने उहाँको मस्तिष्कमा सामाजिक छाप परेको छ भने अर्कातिर महिनावारीका बेला चिसोले ज्यान जाने त्रासका साथै यौन दुव्र्यवहारमा परिन्छ कि भन्ने सधैँको पिरलो पनि छ । 

जिल्लाका दुर्गम गाउँमा महिलामा महिनावारी र सुत्केरी हुँदा घरभित्र नबस्ने, सरसमान छुनु हुँदैन भन्ने चलन कायम हुँदा यहाँका महिलाहरूले महिनैपिच्छे पीडा भोग्नुपरेको छ । सुत्केरी भएको बेला २२ दिन र महिनावारी भएको बेला ७ दिनसम्म घरबाहिर छाउगोठ वा छाप्रोमा बस्नुपर्ने बाध्यता छ । 

छाउपडीलाई महिलाहरूले सामाजिक दवाबका कारण निरन्तरता दिन बाध्य छन् । यस्तो समस्या ग्रामीण शिक्षित र अशिक्षित महिलामा धेरै रहेको जुनिचाँदेका स्थानीय रेशम खड्का बताउनुहुन्छ । 

जिल्लाका अन्य ठाउँमा सुत्केरी हुँदा छुट्टै छाउगोठ नभए पनि गाईभैँसी बाँध्ने ठाउँको एक कुनामा स्थान बनाई बस्ने चलन छ । सुत्केरीदेखि महिनावारी हुँदासम्म गोठको एक कुनामा बस्ने चलन अहिले पनि कायमै रहेको ग्रामीण क्षेत्रका महिलाहरू बताउँछन् । 

नुनको धुलो र सुख्खा रोटीसँग ७ दिनसम्म बिताउनुपर्ने बाध्यता रहेको दुखेसो उनीहरूको छ । दुई तलाको घरमा तल्लो तलामा गाईभैँसी बाँध्ने गरिन्छ भने माथिल्लो तलामा मानिसहरू बस्ने गर्दछन् । गाईभैँसीको मल, मुत्र रहेको ठाउँमा बस्दा दुर्गन्धका कारण स्वास्थ्यमा समस्या आउने गरेको बारेकोट गाउँपालिका–७ की पार्वती विकले बताउनुभयो । 

पढेलेखेका विद्यार्थी पनि परिवारको दवाबमा छाउ बार्न बाध्य छन् । द्वन्द्वकालमा समेत छाउपडी प्रथा हटाउन ठुलो प्रयास भएपनि नसकिएको तत्कालीन जनसरकार प्रमुख टेकबहादुर रावलले बताउनुभयो । “जबसम्म हाम्रो दिमागमा देवीदेवतासम्बन्धी मान्यता रहन्छ, तबसम्म यस्ताखालका सामाजिक कुरीतिसँग लड्न ठुलो बल प्रयोग गरेपनि सम्भव कम हुन्छ”, उहाँले भन्नुभयो । जिल्लाको जुनिचाँदे गाउँपालिकाले यो प्रथा उन्मूलन गर्न विभिन्न अभियान सुरु गरेपनि परिणाम आउन नसकेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिनुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य