२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

मौलीकता संरक्षणमा जुट्दै जुम्ली

२०७५, ३ माघ बिहीबार ०८:३८

नन्दराम जैसी | माघ ३, जुम्ला | कुनैबेला जुनसुकै शुभकार्यमा अनिवार्य गाईने कर्णालीको देउडा गित पछिल्लो समय हराउँदै गएको छ । भित्रिदो पश्चिमा संस्कृतिसँगै आधुनिक तथा पप गित, संगिततर्फ पछिल्लो पुस्ताको आकर्षण र लगाबका कारण कर्णालीको देउडा संस्कृति हराउँदै गएको हो । केहि बर्षपहिले मौलिकतासँगै शुभअवसरमा रमाईलोका लागि गाईने देउडा गित सुन्न अचेल देउडा कार्यक्रमको आयोजना नै गर्नुपर्ने स्थीति छ । 

देउडा गित प्रतिष्पर्धामा दुई टिमबिच दोहोरो सवालजवाफ हुन्छ । सोहि सवालजवाफको अवसरमा कडाप्रश्न उत्तर दिईन्छ । यहि सवालजवाफको आधारमा देउडागित जनचेतना अभिबृद्धिको गतिलो माध्ययम मानिन्छ । यसैबिच बुधबार जुम्लामा मनाईएको राष्ट्रिय भुकम्प दिवस नै देउडामय बन्यो । माघे संक्रान्तीको अवसरमा आयोजीत देउडा गित समापन कार्यक्रम र भुकम्प दिवस सँगै जुधेपछि एकै ठाँउ मनाईएको हो । देउडा मार्फत मौलीकता संरक्षणमा जोड दिँदै भुकम्पबारे सचेतना अभिबृद्धि गरीएको हो । जिल्लाका सबै स्थानिय तहका गरी १८ टिमले देउडामा भाग लिएका थिए ।

 

उक्त अवसरमा चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालदेखि नेकपा प्रदेश सदस्य तथा कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पुर्णप्रसाद धितालले समेत देउडा गित मार्फत सन्देश प्रवाह गरे । सामाजिक कुसंस्कार विरुद्धको सन्देश दिन देउडा गित गतिलो माध्ययम भएको मेयर सेजुवालको भनाई छ । देउडामय भुकम्प दिवसमा प्रर्शकहरु पनि निकै रमेका थिए । तर देउडा गितसँगै कर्णालीमा गाइने झोडा, चुटिकलो, फाग, मागल, चरन, रत्यौली गीत समेत हिजोआज सुनिन छाडेको छ । विभिन्न अवसरमा यहाँ आयोजना हुने मेला, महोत्सव, चाडपर्व, विवाह, व्रतबन्ध, पूजाआजा, रुद्रीकथामा गाइने एवम् वाचन गरिने भिन्न प्रकृतिका गीत अहिले कर्णालीको लागी किंवदन्ती जस्तै बन्नथालेका छन् । 

बालोनाच, चोपाई, ढाल, खाँडो, भैलीजस्ता संस्कृति भने सुनिनै छाडेको देउडा समाजका अध्यक्ष पुर्णप्रसाद धितालले बताए । ‘यस्ता संस्कृतिमा नयाँ पुस्ताको चासो नहुँदा लोप भएर जाँदै छन्, यहि संस्कृति–हाम्रो मौलिकता र पहिचान हो’ उनले भने, ‘यसले हाम्रो अस्तित्व राखेको छ, तर यसमा ध्यान नदिएर नयाँ पुस्ताले बाहिरको लाजमर्दो संस्कृति भित्र्याएको देख्दा दुःख लाग्छ ।’ कर्णालीका संस्कृति विज्ञ रमानन्द आचार्यका अनुसार कला, संस्कृति र साहित्यमा कर्णाली निकै धनी हो । ‘म बूढो भइसकेँ तर हाम्रो कला, संस्कृति जगेर्ना गर्न कोहीपनि खुलेरै लागेको दैख्दैन’ उनले भने । देउडालाई वाद्यवादन र सङ्गीतमा ढालेर सार्वजनिक रुपमा उठान, प्रचारप्रसार एवम् व्यापक बनाउँदै लैजान नसकेकाले लोप हुने अवस्था आएको विज्ञ आचार्यको भनाई छ । 

देउडा गायक खडानन्द चौलागाइले भने, ‘देउडाले यहाँको भूमि र नागरिकको जीवन कथा केलाउँछ, वास्तविकता ओकल्छ र पहिचान देखाउँछ तर पनि यसलाई बचाउनुपर्छ भन्ने चासो नवपुस्तामा देखिएको छैन ।’ यहाँको साहित्य, कला, भाषा र संस्कृति बचाउन सरकारी पहल हुनुपर्नेमा गायकको जोड छ । कला, संस्कृति र साहित्यबाट मुलुकको विकास हुनुमा खस साम्राज्य कालको महत्वपूर्ण भूमिका रहेको इतिहाँस छ । त्यतिबेला जातीयताका आधारमा नर्तकीहरु नाच्ने, तिब्बतीयन सुन्दरीहरु कर्णालीमा आउने, गाइने, वादीहरुले मनाउने संस्कार पनि थियो । तर अहिले पूर्णरुपले हराएको छ । अहिलेका पप र रफ गीतले यहाँको मौलिकता दबाएको छ । 

तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले तिलाले संस्कृति संरक्षणको लागि गुरुयोजना नै तयार गर्न लागेको बताईन् । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले कर्णालीको देउडा गित तथा मौलिकता संरक्षणले पर्यटकलाई आकर्षण गर्नुका साथै सामाजिक अभियानलाई समेत सहयोग पुग्ने बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी