२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

मौलीकता संरक्षणमा जुट्दै जुम्ली

३ माघ २०७५, बिहीबार ०८:३८

नन्दराम जैसी | माघ ३, जुम्ला | कुनैबेला जुनसुकै शुभकार्यमा अनिवार्य गाईने कर्णालीको देउडा गित पछिल्लो समय हराउँदै गएको छ । भित्रिदो पश्चिमा संस्कृतिसँगै आधुनिक तथा पप गित, संगिततर्फ पछिल्लो पुस्ताको आकर्षण र लगाबका कारण कर्णालीको देउडा संस्कृति हराउँदै गएको हो । केहि बर्षपहिले मौलिकतासँगै शुभअवसरमा रमाईलोका लागि गाईने देउडा गित सुन्न अचेल देउडा कार्यक्रमको आयोजना नै गर्नुपर्ने स्थीति छ । 

देउडा गित प्रतिष्पर्धामा दुई टिमबिच दोहोरो सवालजवाफ हुन्छ । सोहि सवालजवाफको अवसरमा कडाप्रश्न उत्तर दिईन्छ । यहि सवालजवाफको आधारमा देउडागित जनचेतना अभिबृद्धिको गतिलो माध्ययम मानिन्छ । यसैबिच बुधबार जुम्लामा मनाईएको राष्ट्रिय भुकम्प दिवस नै देउडामय बन्यो । माघे संक्रान्तीको अवसरमा आयोजीत देउडा गित समापन कार्यक्रम र भुकम्प दिवस सँगै जुधेपछि एकै ठाँउ मनाईएको हो । देउडा मार्फत मौलीकता संरक्षणमा जोड दिँदै भुकम्पबारे सचेतना अभिबृद्धि गरीएको हो । जिल्लाका सबै स्थानिय तहका गरी १८ टिमले देउडामा भाग लिएका थिए ।

 

उक्त अवसरमा चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालदेखि नेकपा प्रदेश सदस्य तथा कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पुर्णप्रसाद धितालले समेत देउडा गित मार्फत सन्देश प्रवाह गरे । सामाजिक कुसंस्कार विरुद्धको सन्देश दिन देउडा गित गतिलो माध्ययम भएको मेयर सेजुवालको भनाई छ । देउडामय भुकम्प दिवसमा प्रर्शकहरु पनि निकै रमेका थिए । तर देउडा गितसँगै कर्णालीमा गाइने झोडा, चुटिकलो, फाग, मागल, चरन, रत्यौली गीत समेत हिजोआज सुनिन छाडेको छ । विभिन्न अवसरमा यहाँ आयोजना हुने मेला, महोत्सव, चाडपर्व, विवाह, व्रतबन्ध, पूजाआजा, रुद्रीकथामा गाइने एवम् वाचन गरिने भिन्न प्रकृतिका गीत अहिले कर्णालीको लागी किंवदन्ती जस्तै बन्नथालेका छन् । 

बालोनाच, चोपाई, ढाल, खाँडो, भैलीजस्ता संस्कृति भने सुनिनै छाडेको देउडा समाजका अध्यक्ष पुर्णप्रसाद धितालले बताए । ‘यस्ता संस्कृतिमा नयाँ पुस्ताको चासो नहुँदा लोप भएर जाँदै छन्, यहि संस्कृति–हाम्रो मौलिकता र पहिचान हो’ उनले भने, ‘यसले हाम्रो अस्तित्व राखेको छ, तर यसमा ध्यान नदिएर नयाँ पुस्ताले बाहिरको लाजमर्दो संस्कृति भित्र्याएको देख्दा दुःख लाग्छ ।’ कर्णालीका संस्कृति विज्ञ रमानन्द आचार्यका अनुसार कला, संस्कृति र साहित्यमा कर्णाली निकै धनी हो । ‘म बूढो भइसकेँ तर हाम्रो कला, संस्कृति जगेर्ना गर्न कोहीपनि खुलेरै लागेको दैख्दैन’ उनले भने । देउडालाई वाद्यवादन र सङ्गीतमा ढालेर सार्वजनिक रुपमा उठान, प्रचारप्रसार एवम् व्यापक बनाउँदै लैजान नसकेकाले लोप हुने अवस्था आएको विज्ञ आचार्यको भनाई छ । 

देउडा गायक खडानन्द चौलागाइले भने, ‘देउडाले यहाँको भूमि र नागरिकको जीवन कथा केलाउँछ, वास्तविकता ओकल्छ र पहिचान देखाउँछ तर पनि यसलाई बचाउनुपर्छ भन्ने चासो नवपुस्तामा देखिएको छैन ।’ यहाँको साहित्य, कला, भाषा र संस्कृति बचाउन सरकारी पहल हुनुपर्नेमा गायकको जोड छ । कला, संस्कृति र साहित्यबाट मुलुकको विकास हुनुमा खस साम्राज्य कालको महत्वपूर्ण भूमिका रहेको इतिहाँस छ । त्यतिबेला जातीयताका आधारमा नर्तकीहरु नाच्ने, तिब्बतीयन सुन्दरीहरु कर्णालीमा आउने, गाइने, वादीहरुले मनाउने संस्कार पनि थियो । तर अहिले पूर्णरुपले हराएको छ । अहिलेका पप र रफ गीतले यहाँको मौलिकता दबाएको छ । 

तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले तिलाले संस्कृति संरक्षणको लागि गुरुयोजना नै तयार गर्न लागेको बताईन् । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले कर्णालीको देउडा गित तथा मौलिकता संरक्षणले पर्यटकलाई आकर्षण गर्नुका साथै सामाजिक अभियानलाई समेत सहयोग पुग्ने बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की