५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

४ माघ २०७५, शुक्रबार १०:३८

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र 
माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ । 
मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए पनि सरसफाइको काम हुन छोडेको यहाँ आउने धार्मिक पर्यटकको गुनासो छ । मन्दिर क्षेत्र प्रवेश गर्ने फर्पिङस्थित दक्षिणकाली नगरपालिकाको कार्यालयबाट अगाडि मूल सडकबाटै प्लास्टिकलगायत फोहर फालेको थुप्रो देखिन्छ । 
मन्दिर क्षेत्रमुनिको वनभोजस्थलमा फालिएका प्लास्टिक, कागजलगायत सामग्रीले पवित्र धार्मिक स्थलको गरिमामा आँच आएको दर्शन गर्न आउनुभएका रामशरण बञ्जाराले बताउनुभयो । धार्मिक पर्यटकीयस्थललाई सफा राखी आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्नुपर्नेमा भगाउने वातावरण बनाइएको दर्शनार्थीको भनाइ छ । 
शिखरापुरको घना जङ्गलमा भेटिएको शिलाको मूर्तिलाई करीब ४०० वर्षअघि राजा प्रताप मल्लले पूर्णावती र उद्धारवती नदीको सङ्गममा दक्षिणकालीको मूर्ति स्थापना गर्न लगाएको पूजारी राजेशमान कर्माचार्यले जानकारी दिनुभयो । त्यही समयदेखि यो क्षेत्र शक्तिपीठका रुपमा प्रसिद्ध छ । 
राजा प्रताप मल्ललाई सपनामा मूर्ति दुई नदीको सङ्गममा स्थापना गरेपछि राज्यमा फैलिएको महामारी र सङ्कट निवारण हुन्छ भनी सन्देश प्राप्त भएको किंवदन्ती छ । चामुण्डास्वरूपकी दक्षिणकालीसँगै यहाँ गणेश, भैरव, ब्रह्मायणी, महेश्वरी, कौमशरी, वैष्णवी, बाराही, इन्द्रायणी, नारसिंहीको मूर्ति पनि स्थापना भएको थियो । 
मन्दिर स्थापना हुँदा तान्त्रिक लम्बकर्ण भट्टले चलाएको परम्परा अनुसार अहिले पनि यहाँ दैनिक तान्त्रिक विधिले पूजाअर्चना हुने गरेको छ । ऐतिहासिक महत्वको मन्दिर क्षेत्रमा भौतिक पूर्वाधारको विकास गर्न एकदशक अघि शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत विशेष योजना शुरु भएको थियो । 
योजनाको काम अझै चलिरहेको समितिको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दयाराम पाण्डे विभागले प्राविधिक सहयोग गरी स्रोत आन्तरिकरूपमै जुटाउनुपर्ने भएकाले दशक बित्दा पनि काम नसकिएको बताउनुहुन्छ । आन्तरिक स्रोतबाटै यहाँ कार्यरत कर्मचारीको सेवा सुविधाको व्यवस्थापन हुने गरेको छ । 
मन्दिर क्षेत्रलाई सफा बनाउन यसै वर्ष पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नगरपालिकामार्फत ढल विच्छ्याउने प्रयोजनका लागि रु २५ लाख प्राप्त भएको उहाँले सुनाउनुभयो । मन्दिर क्षेत्रमा दर्शन, वनभोज गर्न आउने र केही स्थानीयवासीले पूर्णावती एवं उद्धारवती नदी किनारमा फोहर फाल्ने गरेको कार्यालय प्रमुख पाण्डेले सुनाउनुभयो । 
पछिल्लोपटक माघ १ गते वनभोज गर्न आएकाले फालेको फोहर अझै सफाइ गरी नसकिएको कार्यालयले जनाएको छ । समितिको कार्यालयमा २१ कर्मचारी छन् । सातजना भने सफाइकै लागि राखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतमा सिकेको स्याउखेतीको सीपलाई मुस्ताङमा ब्यूँताउने जमर्को तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री डा. आरजु राणा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको स्पष्ट पारे कानुन समितिको वार्षिक प्रतिवेदन पारित, संसद्को आगामी बैठकमा पेस गर्ने प्रचण्डले तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरे सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : केपी शर्मा ओली राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी विश्वप्रकाश शर्माको शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह शिक्षकहरूको सडक आन्दोलनले गर्दा सर्वसाधारणलाई सास्ती नेपाल सरकारका मुख्य सचिव अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताए हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले अतिरिक्त सचीव अनावश्यक रहेको बताए नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिए नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन गृहमन्त्री लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नहुने बताए निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिए बारामा ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जना तस्कर पक्राउ काठमाडौँबाट हेटौंडा आउँदै गरेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु र १४ जना घाइते दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध गृहमन्त्रीद्वारा गण्डकी प्रदेशलाई आपतकालीन गोदाम हस्तान्तरण