२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपहाडी लोकमार्गमा वैकल्पिक सडक

२०७५, ८ माघ मंगलवार ०७:०७

लक्ष्मीप्रसाद सापकोटा | माघ ८, पर्वत | निर्माणाधीन मध्य पहाडी लोकमार्गअन्तर्गतको पर्वतखण्डको विस्तार कार्य तीव्र गतिमा भइरहेको छ । 
निर्माणका कारण पर्वतसहित धौलागिरिका सबै जिल्लाबाट गण्डकी प्रदेश राजधानीलगायत मुलुकका सबैजसो जिल्ला पुग्ने मुख्य राजमार्ग दैनिक छ घण्टा बन्द हुँदा हजारौँ यात्रुले दैनिक समस्या भोगिरहेका छन् । 
यात्रुले बिहान १० देखि बेलुका ४ बजेसम्म बसमै कुर्नुपर्ने यात १० बजेअगावै र ४ बजेपछि गन्तव्यमा पुग्नुपर्ने बाध्यताकै कारण टाढा–टाढा जानुपर्ने यात्रीलाई समस्या छ । सडक बन्द हुनुअगावै गन्तव्यमा पुग्नैपर्ने कारण गत बिहीबार तीव्र गतिमा गुडेको बस दुर्घटना हुँदा सात यात्रीले ज्यान गुमाएँ । प्रहरीका अनुसार सडकमा आवागमन बन्द हुनुअगावै पर्वतको बेतेनी कट्ने गरी तीव्र गतिमा गुडेको बस सडकबाट करीब ६० मिटर तल कालीगण्डकीमा खसेको थियो । घटनामा ३३ यात्रु घाइते भएका थिए । 
उक्त समस्याको समाधानका लागि मोदी गाउँपालिकाले घण्टौँ जाम हुने मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग निर्माण गरिसकेको छ । सो अन्र्तगत मोदी–२ देउपुरको पातीचौरदेखि राहाले–टापु–गौँडा हुँदै बेतेनीसम्मको करीब पाँच किलोमिटर सडकको वैकल्पिक ट्रयाक निर्माण गरेको हो । मोदी–२ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिनाका अनुसार लोकमार्गको डिमुवामा पहरो फोर्ने काम भइरहेकाले अहिले धेरै समय यात्रु बाटोमै अलपत्र परेका छन् । 
यात्रुलाई सहज यात्रा गर्ने गरी नयाँ ट्रयाक खोल्न गाउँपालिकालाई वडाले आग्रह गरेको छ । “हामीसँग मर्मतको केही पैसा थियो”, वडाध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “धेरैतिरबाट वैकल्पिक सडकको माग भएपछि त्यसमै लगानी ग¥यौँ ।” करीब साढे दुई किलोमिटर सडकको पुरानो ट्रयाक मर्मत र नयाँ ट्रयाकमा समेत गरी रु नौ लाख खर्च भएको निर्माण समितिका अध्यक्ष रघुनाथ चापागाईंले बताउनुभयो । 
वैकल्पिक सडक पातीचौरदेखि राहालेसम्म करीब साढे दुई किलोमिटर पुरानै सडक छ । यो सडक देउपुरकै मैदानसम्म कालोपत्रे हुँदैछ । राहालेबाट उत्तरतर्फ मोडिएर करीब साढे दुई किलोमिटरमा बेतेनी पुग्न सकिन्छ । यो सडक प्रयोग गर्दा यात्रुले मध्यपहाडी लोकमार्गमा हुने घण्टौँको जाममा अलपत्र पर्नु नपर्ने वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । मोदीका स्थानीयवासीका अनुसार कुश्मातर्फबाट जाने सवारीसाधन यो बाटो हुँदै जाँदा लाग्ने समय र लोकमार्गमा लाग्नेभन्दा कम समयमै पुगिन्छ । 
पोखरातर्फबाट आउने सवारीलाई भने धौलागिरि गेटबाट सिमखेत–मख–लैंच–गौँडा हुँदै पातीचौर पुग्ने अर्को सडक छ । दुवै सडक उपयोग गर्दा कुनै समय सवारी रोक्नुपर्ने अवस्था नरहेको वडाध्यक्ष तिमिल्सिनाले दाबी गर्नुभयो । “करीब २० लाख बजेट हुने हो भने दुवै सडकमा बाहै्र महीना बस चल्न सक्ने बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि मध्यपहाडी आयोजना र प्रदेश सरकारले ध्यान दिनुभयो ।” 
यसबारे पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय र प्रदेश सरकारमा समेत जानकारी गराइएको उहाँले बताउनुभयो । 
लोकमार्गको डिमुवादेखि बेतेनीसम्म वर्षात्का बेला पहिरो खसिरहने समस्या भएकाले अरू समयका लागिसमेत यो मार्ग सहज गन्तव्य बन्ने जानकार बताउँछन् । “डिमुवादेखि बेतेनीसम्म पहरोबाट जतिबेला पनि ढुङ्गा र पहिरो खस्ने समस्या छ”, स्थानीय गुरुदत्त चापागाईंले भन्नुभयो, “यो बाटो सहज भए बाढीपहिरोमा कुनै बेला रोकिनु पर्दैन ।” मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले वैकल्पिक मार्ग स्तरोन्नतिका लागि गाउँपालिकाले सम्बन्धित क्षेत्रमा पहल गरिरहेको बताउनुभयो । 
पूर्वसांसद कल्पना चापागाईंले दुई वर्षअघि नै यो सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने भन्दै केही नयाँ ट्रयाक खोल्न पहल थाल्नुभएको थियो । चापागाईंका अनुसार बाह्रै महीना जोखिम लिएर यात्रा गर्नेका लागि देउपुरको सडक सुरक्षित गन्तव्य हो । “गौँडासम्म केही महीनामै कालोपत्र हुन्छ”, चापागाईंले भन्नुभयो, “टापुको बाटो उपयोग गर्दा यात्रुले सुरक्षित यात्रा गर्न सहज हुन्छ ।” यस बाहेक सडकखण्डअन्तर्गत कुश्मा नगरपालिका–८ दोविल्लादेखि पकुवा, ठूलीपोखरी हुँदै स्याङ्जाको फूलबारीतर्फबाट पनि वैकल्पिक बाटो प्रयोग गर्न सकिने स्थानीय सरोकारवालाले सुझाव दिएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित