२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

उत्तरी गोरखामा भारी हिमपात

९ माघ २०७५, बुधबार १०:१७

माघ ९, गोरखा | उत्तरी गोरखामा गए रातिदेखि भारी हिमपात भएको छ । हिमालपारिको गाउँ भनेर चिनिने जिल्लाको उत्तरी सिमानामा पर्ने सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पारलगायतका ठाउँमा भारी हिमपात परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । 

“छेकम्पार लार्के सामागाउँलगायतका क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको भन्ने जानकारी आएको छ”, उहाँले भन्नुभयो चिसोका कारण स्थानीयवासी घरबाट बाहिर निस्कनसमेत सकेका छैनन । गए रातिदेखि परेको हिमपात अहिले पनि जारी रहेको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिनुभयो । 

उत्तरी गोरखाका करीब दुई हजार ५०० मिटर उचाइभन्दा माथिका क्षेत्रमा हिमपात भएको हो । हिमपातका उत्तरी गोरखाको अधिकांश क्षेत्रका बासिन्दाको जनजीवन प्रभावित भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्तरी गोरखामा ढिलो गरी हिमपात भएको स्थानीयवासीले बताएका छन् । “अत्यधिक हिमपात भएपछि स्थानीय घरभित्र आगो तापेर बस्न बाध्य छन्, बाहिर निस्कन सक्ने अवस्था छैन ।” चुमनुव्री गाउँपालिका–६ चुम्चेतका सेराप गुरुङले भन्नुभयो । 

हिउँले मनास्लु हिमाल आसपासका क्षेत्र पुरै ढाकेको स्थानीयको भनाइ छ । अत्यधिक हिमपातका कारण अस्थायी टहरामा बस्दै आएका भूकम्पपीडितले भने सास्ती खेप्नुपरेको छ । अघिल्लो वर्षमा कात्तिक लाग्ने बित्तिकै हिउँ पर्ने गरेको भए पनि यस वर्ष ढिलो गरी हिउँ परेको स्थानीयले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य