२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा उद्योग सञ्चालन नहुँदा बिचल्लीमा उखु किसान

२०७५, १० माघ बिहीबार ०५:३०

माघ १०, नवलपरासी | उखुको क्रसिङको याम शुरु भएको लामो समय बितिसक्दा पनि पश्चिम नवलपरासीका चिनी उद्योग सञ्चालन नहुँदा किसान बिचल्लीमा परेका छन् । 

अघिल्लो वर्षको करीब रु पाँच करोड चिनी उद्योगबाट नपाएका उखु किसान यस वर्षसमेत समयमै उद्योग सञ्चालनमा नहुँदा बिचल्लीमा परेका हुन् । 

मङ्सिरको पहिलो साताबाट उखु क्रसिङको याम शुरु भइसक्नुपर्ने भए पनि हालसम्म पश्चिम नवलपरासीका कुनै पनि चिनी उद्योग सञ्चालनमा आएका छैनन् । जिल्लामा इन्दिरा, लुम्बिनी र बागमती गरी तीन ठूला उद्योग छन् । 

अहिलेसम्म कुनै पनि उद्योग सञ्चालनमा नआउँदा किसानले खेतमा लगाएको उखुबाली दिनप्रतिदिन सुक्दै गएकाले आफूहरू निकै समस्यामा परेको उखु किसानका अगुवा धीरज त्रिपाठीले जानकारी दिनुभयो । 

पटक–पटक किसानले उखुको भुक्तानी र मूल्य निर्धारणको विषयलाई लिएर आन्दोलन गर्दै आए पनि सरकारले दिगोरूपमा उखुखेतीको उचित व्यवस्थापन गर्न नसक्दा आफूहरू निरास बन्दै गएको उहाँले बताउनुभयो । 

अघिल्लो वर्षको बाँकी रकम नदिने र यस वर्षसमेत समयमै उखु क्रसिङ नहँुदा लगाएको उखु खेतमै सुक्दै जाँदा किसानमा निराशा बढको छ । पश्चिम नवलपरासीमा रहेको बागमती सुगर मिलले गत वर्षको करीब रु चार करोड ५० लाख र इन्दिरा चिनी उद्योगबाट रु ५० लाख भुक्तानी दिन बाँकी रहेको किसानको जिकिर छ । 

राज्यले उखुबालीलाई राष्ट्रिय बालीको रुपमा घोषणा गरे पनि उद्योग व्यावसायीले सलाई साकार बनाउन बेवास्था गर्दा किसान समस्यामा परेको प्रदेशसभा सदस्य अजय शाहीको भनाइ थियो । वर्षौदेखिको बाँकी रकम भुक्तानी नपाउनाका साथै समयमै उद्योग सञ्चालनमा नआउँदा दोहोरो मारमा परेका किसानलाई दैनिक गुजारासमेत चलाउन गाह्रो भएकाले उखु किसानको समस्याबारे सदनमा कुरा उठाउने जानकारी दिनुभयो । 

सरकारले उखुको मूल्य प्रतिक्विन्टल रु ५३६ निर्धारण गरिसकेको छ । तत्कालै चिनी उद्योग सञ्चालनमा पथ्र्यो अझै एक साताभित्र उद्योग सञ्चालनमा नआए आफूहरु उखु प्रदर्शनसहित सडक आन्दोलन गर्ने अन्तिम तयारीमा पुगेको उखु किसान एवं पश्चिम नवलपरासीका साविक कुडिया गाविसका पूर्वअध्यक्ष प्रेमचन्द्र गुप्ताले जानकारी दिनुभयो । 

सरकारले उखुको मूल्य निर्धारण गरे पनि चिनीको मुल्यवृद्धि नभएसम्म सरकारले निर्धारण गरेबमोजिम उखुको मूल्य किसानलाई दिन नसक्ने उद्योग सञ्चालकको भनाइ थियो । इन्दिरा सुगरमिलका सञ्चालक राम थापाले चिनीको मूल्य न्यूनतम प्रतिकेजी रु ७८.१० पैसा कायम हुन सके मात्र सरकारले उखुको मूल्य निर्धारण गरे बमोजिमको रकम दिन सकिने जानकारी दिनुभयो । 

पश्चिम नवलपरासीको सुस्ता प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखुखेती गरिन्छ । पश्चिम नवलपरासीमा वार्षिक करीब १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ । जिल्लामा झण्डै १० हजार परिवार उखुखेतीमा संलग्न छन् । विगतका वर्षदेखि जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा उखुखेती हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा