2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जो ५० वर्षपछिका लागि लेख्थे

शरद शर्मा । माघ १०, काठमाडौँ । पचास वर्षका लागि लक्ष्य गरेर लेख्ने साहित्यकार शङ्कर लामिछानेका रचनालाई युवामाझ लैजानुपर्ने इतिहासकार एवं साहित्यकारले बताउनुभएको छ । 

लामिछानेको ४३ औँ स्मृति दिवसका अवसरमा शङ्कर लामिछाने प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘युवा हेराइमा शङ्कर’ कार्यक्रममा उहाँहरुले लामिछानेले ५० वर्षपछिका युवालाई लक्ष्य गरेर आफ्ना रचनामा प्रकाशन गर्नुभएकाले युवामाझ उहाँका रचना लैजानुपर्ने बताउनुभयो । 

कार्यक्रममा इतिहासकार प्रा डा सुरेन्द्र केसीले लामिछानेका कृतिलाई विश्वभर पुर्याउनका लागि युवा पङ्क्तिलाई जगाउनुपर्ने बताउनुभयो । उहाँले निबन्धको क्षेत्रमा लामिछानेबाहेक अरु कोही छैन भन्दै उहाँले लेखेका कृतिलाई विश्वभर पुर्याउनका लागि अङ्ग्रेजीमा अनुवाद गर्नुपर्ने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले युवा निबन्धकारलाई लामिछानेको व्यक्तित्व र उनका निबन्ध रचनालाई बढीभन्दा बढी बुझाउन सक्नुपर्ने बताउनुभयो । उहाँले प्रतिष्ठानले उहाँका निबन्धलाई अङ्ग्रेजीमा अनुवादन गरिरहेको समेत जानकारी दिनुभयो । निबन्धकार युवराज नयाँघरेले अहिलेका निबन्धमा उहाँले लेखेका चिन्तनभन्दा नयाँ कुरा अहिलेसम्म नेपाली साहित्यमा नआएको जिकिर गर्नुभयो । 

साहित्यकार रामप्रसाद पन्तले निबन्धमा लक्ष्मीप्रसाद देवकोटाले हृदयलाई मात्र छुने गरेको तर लामिछानेले हृदय र मस्तिष्क दुवैलाई छोएर लेख्ने गरेको बताउनुभयो । साहित्यकार पवन आलोकले लामिछानेका रचनाले ५० वर्षपछिका युवालाई मार्गदर्शन दिएको हुनाले उहाँका रचना युवालाई पढ्न दिनुपर्ने बताउनुभयो । 

समालोचक ज्ञानु अधिकारीले युवा साहित्यकारले आफूले लेख्नुभन्दा पहिले उहाँका कृति पढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा लामिछानेकी श्रीमती रत्ना गुरुङले लामिछानेको विरासतलाई जोगाउनुपर्ने बताउनुभयो । विसं १९८४ चैत ५ गते काठमाडौँमा जन्मिनुभएका लामिछानेको निधन २०३२ साल माघ १० गते भएको थियो । 

उहाँका गौथलीको गुँड (कथासङ्ग्रह), विम्ब प्रतिविम्ब (निवन्ध सङ्ग्रह), ‘ एब्स्ट्रयाक्ट चिन्तनः प्याज’ (निबन्धसङ्ग्रह, मदन पुरस्कार–२०२४) ‘गोधुली संसार’ लगायत कृति प्रकाशित छन् । नेपालमा पहिलो पटक २०१९ सालमा जापानबाट ‘हाइकु’ भित्र्याउनमा उहाँको देन रहेको छ । उहाँका निवन्धमा चिन्तन, मानविय सन्देश, महिलालाई हेर्ने दृष्टिकोणमा संवेदनशीलता, सामाजिक धरातल र वस्तुनिष्ठता पाइन्छ । जीवन निर्वाहका क्रममा प्राध्यापनसहित पुस्तकालयकर्मी, क्युरियो व्यापारी र साहित्यिक पत्रकारसमेतको भूमिका उहाँले निर्वाह गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई