Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा भूकम्पपीडितका लागि सामान घुम्तीकोष

२०७५, १६ माघ बुधबार ११:११

माघ १६, गोरखा | गण्डकी गाउँपालिकामा आर्थिक अभावका कारण घर बनाउन शुरु गर्न नसकेका भूकम्पपीडितका लागि सामान घुम्तीकोष शुरु गरिएको छ । 

पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घर बनाउन शुरु नगरेका भूकम्पपीडितलाई वडा कार्यालयको रोहबरमा सामान उपलब्ध गराएर घर निर्माणको काम शुरु गर्न लगाइएको हो । 

पैसा दिँदा खर्च गर्ने र घर बनाउनै नथाल्ने भएपछि वडा कार्यालय साक्षी बसेर घर बनाउन आवश्यक पर्ने सामग्री झिकाइदिने गरेको वडा नं २ का अध्यक्ष गिरबहादुर गुरुङले जानकारी दिनुभयो । “ढुङ्गा, गिट्टी, इँटा बालुवा सिमेन्टलगायत डिपिसीसम्म गर्न आवश्यक पर्ने सबै निर्माण सामग्री हामी जिम्मा बसेर झिकाइदिन्छौँ”, उहाँले भन्नुभयो– “घर बनाउन शुरु गरेसँगै उहाँहरूको दोस्रो किस्ताको रकम आएपछि सामान ल्याएको ठाउँमा बुझाइदिने गरेका छौँ ।” 

गाउँपालिकाका तीन वटा वडामा सामान घुम्तीकोष शुरु भएकोे वडाध्यक्ष गुरुङको भनाइ छ । सरकारले लाभग्राही भूकम्पपीडितलाई घर निर्माणको समयसीमा तोकेको भए पनि केही भूकम्पपीडितले रकम अभावका कारण घर बनाउन शुरु नै गर्न नसक्ने अवस्था भएपछि वडा कार्यालय घुम्तीकोष सञ्चालन गरेको उहाँले बताउनुभयो । 

वडाध्यक्ष गुरुङले घुम्तीकोषबाट अहिलेसम्म गण्डकी गाउँपालिकाको वडा नं १, २ र ६ मा गरी नौ घर निर्माण भइसकेको जानकारी दिनुभयो । “समान घुम्तीसेवा शुरु नगरेको भए उहाँहरूले घर बनाउनु हुन्थेन”, वडाध्यक्ष गुरुङले भन्नुभयो– “कसरी छिटो पुनःनिर्माण सम्पन्न गर्न सकिन्छ भन्ने विचार गर्दा यो उपाय लगाएका हौँ ।” 

घुम्तीसेवा लिएर अहिले १८ घर निर्माणको चरणमा रहेको वडाध्यक्ष गुरुङको भनाइ छ । “यो सेवा लिएका भूकम्पपीडितको घर बनाउँदै गर्दा किस्ता आए उहाँकै किस्ताबाट तिरिदिन्छौँ”, उहाँले भन्नुभयो– “किस्ता ढिलो गरी आए वडा कार्यालयले तिरेर उहाँको किस्ता आएपछि कटाएर लिने गरेका छाँै ।” 

घुम्तीकोष शुरु भएपछि घर बनाउन आँट नगर्ने भूकम्पपीडित पनि घर बनाउन आतुर देखिएको वडाध्यक्ष गुरुङको भनाइ छ । घर निर्माणका लागि तीनवटै वडामा नेपाल आवास निर्माण परियोजनाले निःशुल्क नक्सा बनाइदिने, घर निर्माणको लागत, योजना र सामग्रीको छनोटसमेत गरिदिने गरेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित