१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ: मन्त्री खनाल

२३ माघ २०७५, बुधबार १०:०५

माघ २३, काठमाडौँ | सांसद रामबहादुर विष्ट: विषादीरहित खाद्यान्न, फलफूल, तरकारी नेपाली जनताले कहिलेसम्म खान पाउँछन् ? 

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल: विगतको तुलनामा अहिले ९९ प्रतिशत विषादीरहित खाद्यान्न, फलफूल, तरकारी प्रयोगमा आएका छन्, विषादीरहित खाद्यान्न, फलफूल र तरकारी उत्पादनमा सरकारले जोड दिइराखेको छ । 

मन्त्रालयले हालै ७०० नमूना परीक्षण गर्दा सो नतिजा आएको मन्त्री खनालको जवाफ थियोे । प्रतिनिधिसभा आजको बैठकको प्रश्नोत्तरमा मन्त्री खनालले सो जवाफ दिँदै प्राङ्गरिक अभियान सरकारले सञ्चालन गरिरहेको, विषादी ऐन २०४८ संशोधनको प्रक्रियामा रहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “चोरबाटोबाट विषादी आउन नदिन सरकार सचेत छ ।” अब ढुक्कसित खाद्यान्न, फलफूल, तरकारी खाँदा हुन्छ ? सांसद विष्टकै पूरक प्रश्नमा जवाफ दिँदै मन्त्री खनालले भन्नुभयो, “खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ ।” 

काभ्रे, धादिङ, ललितपुरका केही जिल्लामा तरकारीमा विषादीको प्रयोग कम हुँदै गएको जानकारी दिँदै उहाँले कुन फलफूलमा कति विषादी छ भन्ने प्रमाणित गर्न प्रयोगशाला विस्तार र थप जनशक्ति परिचालनमा सरकारको प्राथमिकता छ । 

“खाद्यान्न, फलफूल, तरकारीमा विषादीमा निषेध गर्दै जाने नीति सरकारको छ”, उहाँले भन्नुभयो । मन्त्री खनालले भन्सार नाकाबाट तरकारी, फलफूल तथा खाद्यान्नमा आयात गर्दा प्रयोगशाला परीक्षणका नतिजामा कढाइ तथा विषादीका ती पदार्थ आयात गर्न दिइन्न भन्नुभयो । 

खाद्यान्न, फलफूल, तरकारीमा विषादीरहित छ भन्ने पत्याउन सकिन्न ? डा मीनेन्द्र रिजालको पूरक प्रश्नको जवाफमा मन्त्री खनालले भन्नुभयो, “जैविक विषादीको प्रयोग बढ्दो छ, घातक विषादीको प्रयोग न्यून छ । यसैकारण विषादीरहित खाद्यान्न, फलफूल, तरकारी बढ्दो छ ।” 

विषादीरहित नेपाल कहिले होला ? सांसद देवेन्द्रराज कँडेलको पूरक प्रश्नमा मन्त्री खनालले “सरकारले ६ नं प्रदेशलाई प्राङ्गारिक उत्पादन प्रदेश घोषणा बनाउने अभियानमा रहेको छ । विस्तारै विषादीरहित नेपाल बनाउने अभियानमा सरकार लागेको छ ।” 

सो प्रश्नमा सांसद राजेन्द्रकुमार केसी, राजेन्द्र लिङ्देन पनि मन्त्री खनालसँग पूरकप्रश्न गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत