2026-11-03 12:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

सिँचाइको अभावमा खेत बाँझै

माघ २९, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ कायाखेत जिकुवा–हलचौर कृषि सडक खन्दा आएको बाढीपहिरोले दुई सिँचाइ कुलो भत्काएपछि कायाखेत जिउलो बाँझो रहेको छ । 

सडक खन्ने क्रममा सिँचाइ कुलो भत्किएपछि खेतीयोग्य जमीन तथा धान लगाउने खेत बाँझै रहेका हुन् । खेतको माथि अन्धाधुन्ध सडक खनी कुलो भत्काएपछि यस्तो समस्या आएको हो । 

कायाखेतका होमप्रकाश सिंहले पाँच रोपनी धान फल्ने खेत खेती लगाउन नपाएको दुई वर्ष भयो । उहाँको दुई वर्षदेखि धान फल्ने खेतबारी बाँझो छ ।

त्यसैगरी कर्णबहादुर शाहले खेत बाँझो रहँदा धान, गहुँ, जौ, मसुरो, तोरी पनि लगाउन पाउनुभएको छैन । सिंह र शाह मात्र होइन, कायाखेतका ४० घरपरिवारको २०० रोपनी खेत बाँझै छन् । यहाँका स्थानीयवासीले दुई वर्षदेखि जमीन प्रयोग गर्न सकेका छैनन् । 

उक्त सडकले कायाखेत कुलो भत्काएपछि स्थानीयवासीले २०० रोपनीको धान फल्ने खेत दुई वर्र्षदेखि बाझै रहेको हो । जथाभावी खनेको सडकका कारण माथिबाट आएको पहिरोले खेत र कुलो दुवै पुरेको स्थानीयवासी कर्णबहादुर शाहीले बताउनुभयो । सडक खन्दा आएको पहिरोको कारण बस्ती पनि जोखिममा परेको छ । 

कायाखेतस्थित टाकुरी बडाखोला डाव सिँचाइ कुलो र कायाखेत डाव सिँचाइ कुलो अवरुद्ध भएको छ । सिँचाइ नहँुदा स्थानीयवासीले कुनै पनि खेती लगाउन पाएका छैनन् । एउटा विकास गर्ने नाममा अर्को विकास ध्वस्त पार्ने काम भएको स्थानीयवासीको भनाइ छ । 

सडकले कुलो भत्किएपछि २०० रोपनीको कायाखेत–ज्युला सिँचाइविहीन बनेको स्थानीयवासी तारा सिंहले बताउनुभयो । अन्धाधुन्ध सडक खन्दा सिँचाइ कुलो भत्किँदा पनि स्थानीय सरकारले बेवास्ता गरेको सिंहको गुनासो छ । खेतमा पानी लगाउने उपाय नहुँदा खेतीपाती गर्न नपाएको उहाँले बताउनुभयो । 

यो त एक उदाहरण मात्र हो । सडक खन्ने क्रममा कुलो भत्काएपछि नलगाड नगरपालिका–४ र ५ मा पनि यस्तै समस्या स्थानीयवासीले भोग्नुपरेको छ । कालीमाटी–पिपलचौर–रघुनाथ–खनटाकुरा–सिर्के सडक, सेराखेत–घुवारा कृषि सडक र पिपलचौर–औल–खाल्चौर कृषि सडकले एकै पटक छ सिँचाइ कुलो अवरुद्ध बनाएको छ । 

वडा नं ४ र ५ को सेराखेत, सिनखेत, पिपलचौर, घुवारालगायत स्थानको ८०० रोपनीभन्दा बढी खेत विगत तीन वर्षदेखि बाँझो रहेको वडा नं ४ का वडाध्यक्ष लक्ष्मीबहादुर रावलले बताउनुभयो । “वडापालिकासँग सिँचाइ बनाउने बजेट छैन, अन्य निकायले हेर्दैनन्”, रावलले बताउनुभयो । 

सिँचाइ अभावमा सयौँ रोपनी खेतबारी बाँझो रहेका छन् भने स्थानीयवासीले खेतबाट उत्पादन लिनबाट बञ्चित हुनुपरेको छ । जाजरकोटमा स्थानीय तह तथा अन्य निकायले वातावरणीय प्रभाव मूल्याङ्कनविना सडक संरचना निर्माण गर्दा जमीन बाँझो हुने, भूक्षय हुने, वनजङ्गल विनास हुने, बस्ती पहिरोको जोखिममा पर्ने, पानीका मुहान सुक्नेलगायत वातावरणीय समस्या आउन थालेको स्थानीय चन्द्रबहदुर रावलले बताउनुभयो । “विकास गर्ने नाममा विनास पनि त्यतिकै निम्त्याएको छ”, उहाँले भन्नुभयो । रावलका अनुसार अवरुद्ध भएका सिँचाइ कुलो बनाउनेतर्फ सरोकारवालाले कुनै चासो देखाएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड