२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपति शर्मालाई समर्थन गर्दै कर्णालीका कलाकारले निकाले यस्तो गीत- ‘छैन तेरो भर…’ (भिडियो)

२०७५, ७ फाल्गुन मंगलवार ०७:२८

फागुन ७, काठमाडौँ | गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ को चर्चासंगै त्यसको समर्थनमा बिभिन्न स्थानबाट सरकारको बिरोध भएका छन् । विभिन्न पक्षबाट दबाब आएपछि युट्युबबाट पशुपतिले गीत हटाएपछि चर्चा चुलिएको छ । पशुपति आफैले गीत हटाए पनि दवाब दिएर हटाएको भन्दै सरकारको बिरोध भएको छ । 

सरकारले औपचारिक रुपमा प्रतिबन्ध नै नभने पनि दबाबमा पारिएर गीत हटाउन बाध्य बनाइएको भन्दै त्यसको आलोचना गरिएको हो । सिर्जनात्मक अभिव्यक्तिमाथि लोकतान्त्रिक सरकारले अंकुश लगाएको भन्दै विरोधमा प्रदर्शन भएका छन् । 


सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । तर अधिकांशले गीत हटाउन बाध्य पारिएको घटनाको विरोध गरेका छन् । यहि क्रममा कर्णालीका कलाकारहरुले पशुपति शर्माको समर्थनमा गीत गाएका छन् । उनीहरुले ‘छैन तेरो भर सरकार छैन तेरो भर, सत्य बोल्छौँ छाती खोल्छौँ देश निकाला गर’ बोलमा लोक लयको गीत गाएका हुन् ।

कर्णालीका कलाकार तथा पत्रकारहरु मिलेर निर्मलाका बलात्कारी खै, अब जनता सहन सक्दैनन्, यो लोकतन्त्र भएकोले सत्य बोल्ने अधिकार भएको भन्दै सरकारलाई हिम्मत भए देश निकाला गर भन्दै चेतावनीसमेत दिएका छन्।

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग