2026-09-30 03:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल ३७ रनले विजयी

काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँगको खेलमा नेपाल ३७ रनले विजयी भएको छ।

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८.२ ओभरमा १६३ रनमै समेटियो। यूएईका लागि हरप्रित सिंहले ३९, मुहम्मद वसिमले ३४, अक्षदीप नाथले ३० तथा आर्यान्स शर्माले १८ रन र निलान्स केसवानीले १८ रन जोडे। बलिङतर्फ नेपालका करण केसीले ९.२ ओभरमा २ मेडेनसहित १९ रन खर्चेर चार विकेट लिए। सन्दीप लामिछानेले १० ओभरमा २ मेडेनसहित २५ रन खर्चेर दुई विकेट लिँदा सोमपाल कामीले ९ ओभरमा ५० रन खर्चेर दुई विकेट लिए।

दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक-एक विकेट आफ्नो खातामा लेखाए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४८.२ ओभरमा २०० रनमा अलआउट भयो। कप्तान ऐरीले अर्धशतकीय इनिङ्स खेल्दै ७६ रन जोडे। ९० बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। कुशल भुर्तेलले २४, करण केसीले २२, आरिफ शेख र सोमपाल कामीले १५-१५ रन जोड्दा भीम सार्कीले १० रन बनाए।

अन्य ब्याट्म्यानले दोहारो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फ यूएईका जुनैद सिद्धिकीले ९.२ ओभरमा ३ मेडेनसहित ३३ रन खर्चेर तीन विकेट लिए भने अजय कुमारले ९ ओभरमा ३४ रन खर्चेर तीन विकेट लिए। यस्तै खुजैमा तनविरले दुई तथा हैदर अली र मुहम्मद शहदादले एक-एक विकेट लिए। नेपालले अर्को खेल ओमनसँग बुधबार खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने