2026-09-30 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौँ | चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु भएको छ । जिल्लाको परिवर्तन गाउँपालिका-४ को तातोपानी तुसारबोटका ७७ वर्षीय लालु वलीको मृत्यु भएको हो। उनको घरमा शनिबार बेलुकी ८:३० मा परेको चट्याङले एउटा गोरु समेत मरेको प्रहरीले जनाएको छ । लालुको घर देखि ५ मिटर पश्चिमको रुखमा परेको चट्याङले घरमा क्षति गर्नुका साथै चौपायाको ज्यान लिएको हो । लिवाङबाट उक्त स्थान करिब ६० किलोमीटर उत्तर पश्चिममा पर्छ ।

यस्तै शनिबार बेलुकी ८ बजेको समयमा चट्याङ पर्दा पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका-४ सालडाँडा स्थित ४५ वर्षीय गजिम गिरिको गोठमा रहेका ४ वटा भैंसी (१ दुहुनो, १ ब्याउने र २ पाडी) मारिएका हुन् । उक्त स्थान सदरमुकाम लिवाङ बाट करिब ४० किलोमीटर टाढा पर्छ । यता सर्लाहीमा पनि चट्याङ लागेर एक जना वृद्ध घाइते भएका छन् भने घरमा आगो लाग्दा १४ चौपाया मरेका छन् । धनकौल गाउँपालिका–४, महिनाथपुरमा चट्याङ लागेर ६० वर्षीय सीताराम यादव घाइते भएका हुन् । टाउको तथा शरीरका विभिन्न भागमा चट्याङ लागेर घाइते यादवको तराई अस्पताल रौतहटमा उपचार भइरहेको परिवारले जनाएको छ ।

घरगोठमा चट्याङ पर्दा यादवले पालेका १४ वटा चौपायसमेत मरेका छन् । प्रहरीका अनुसार चट्याङ परेर नौ वटा बाख्रा र पाँचवटा भैँसी मरेका हुन् । चट्याङ परेर यादवको घरगोठमा आगलागी भएको थियो । आगलागीका कारण गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने