2026-10-20 12:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौँ | चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु भएको छ । जिल्लाको परिवर्तन गाउँपालिका-४ को तातोपानी तुसारबोटका ७७ वर्षीय लालु वलीको मृत्यु भएको हो। उनको घरमा शनिबार बेलुकी ८:३० मा परेको चट्याङले एउटा गोरु समेत मरेको प्रहरीले जनाएको छ । लालुको घर देखि ५ मिटर पश्चिमको रुखमा परेको चट्याङले घरमा क्षति गर्नुका साथै चौपायाको ज्यान लिएको हो । लिवाङबाट उक्त स्थान करिब ६० किलोमीटर उत्तर पश्चिममा पर्छ ।

यस्तै शनिबार बेलुकी ८ बजेको समयमा चट्याङ पर्दा पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका-४ सालडाँडा स्थित ४५ वर्षीय गजिम गिरिको गोठमा रहेका ४ वटा भैंसी (१ दुहुनो, १ ब्याउने र २ पाडी) मारिएका हुन् । उक्त स्थान सदरमुकाम लिवाङ बाट करिब ४० किलोमीटर टाढा पर्छ । यता सर्लाहीमा पनि चट्याङ लागेर एक जना वृद्ध घाइते भएका छन् भने घरमा आगो लाग्दा १४ चौपाया मरेका छन् । धनकौल गाउँपालिका–४, महिनाथपुरमा चट्याङ लागेर ६० वर्षीय सीताराम यादव घाइते भएका हुन् । टाउको तथा शरीरका विभिन्न भागमा चट्याङ लागेर घाइते यादवको तराई अस्पताल रौतहटमा उपचार भइरहेको परिवारले जनाएको छ ।

घरगोठमा चट्याङ पर्दा यादवले पालेका १४ वटा चौपायसमेत मरेका छन् । प्रहरीका अनुसार चट्याङ परेर नौ वटा बाख्रा र पाँचवटा भैँसी मरेका हुन् । चट्याङ परेर यादवको घरगोठमा आगलागी भएको थियो । आगलागीका कारण गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ