2026-07-08 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राससलाई अग्रणी समाचारको केन्द्र बनाउनुपर्छ: मन्त्री बाँस्कोटा

2019-02-19

फागुन ७, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बदलिँदो समयअनुसार राष्ट्रिय दायित्व र आवश्यकतालाई ख्याल गरेर राष्ट्रिय समाचार समिति(रासस) ले आफ्नो सेवालाई थप परिस्कृत बनाउनुपर्ने बताउनुभएको छ । 

राससको ५८ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले समाचार उत्पादन, प्रसारण र वितरणमा अग्रणी संस्थाको रुपमा राससले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

नेपाली जनताको चाहना, भावनालाई सम्बोधन गर्दै ग्रामीण दूरदराज तथा पछाडि पारिएका क्षेत्रको समाचार सङ्कलन गरी राज्यको मूल प्रवाहमा ल्याउने दायित्व राससको भएको भन्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकारको मात्रै होइन, आम चासोका समाचार दिनुस् । अग्रणी संस्थाको रुपमा स्थािपत हुनुहोस्् । सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुन्छ ।” 

मन्त्री बाँस्कोटाले वास्तविक रुपमा पत्रकारिता गर्न आग्रह गर्दै समृद्धिका लागि वास्तविक सूचना र सञ्चारको पहुँच स्थापित गर्ने दायित्वलाई आत्मसात् गर्नसमेत राससलाई सुझाव दिनुभयो । 

रासस सिर्जनात्मक केन्द्र र वास्तविक समाचार उत्पादन गर्ने मिलको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सरकारी हो भन्ने मान्यता त्याग्नुस्, वास्तविक पत्रकारिता गर्नुस् । सरकारको सधैँ साथ र सहयोग रहन्छ ।” 

भारत, चीन, संयुक्त राष्ट्र सङ्घलगायतका स्थानमा राससका समाचारदाता राख्ने विषयलाई आफैँले नै अगाडि बढाएको जानकारी दिँदै मन्त्री बाँस्कोटाले उचित नीति, योजना र कार्यक्रम बनाएर लागू गर्नसमेत आग्रह गर्नुभयो । 

अग्रणी समाचार संस्थाको रुपमा स्थापित गर्न अगाडि सारिने आवश्यक नीति तथा योजनालाई सरकार र मन्त्रालयको तर्फबाट सबै खालको सहयोग उपलब्ध हुने उहाँको भनाइ थियो । उहाँले राससका भौतिक सम्पत्तिको बहुप्रयोगमा लगाउन समेत व्यवस्थापनलाई निर्देशन दिनुभयो । 

राससका अध्यक्ष श्यामल अधिकारीले राससलाई उन्तत समाचारको मिलका रुपमा विकास गर्न आफूहरु हरदम प्रयासरत रहेको बताउनुभयो । 

संस्थालाई व्यावसायिक बनाउने दायित्व र कर्तव्यलाई आत्मसात् गर्दै अगाडि बढिरहेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले प्राविधिक रुपमा भएका कमी कमजोरीलाई समेत आगामी दिनमा सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सङ्घीय संरचनाअनुसार सातवटै प्रदेशमा व्यावसायिक पत्रकारको समूह बनाएर काम गर्ने योजना अगाडि सारिएको जानकारी दिँदै उहाँले प्रदेश सरकारको राजधानीबाटै तोकिएका भाषामा समेत बुलेटिन प्रकाशन गर्ने सोच अगाडि सारिएको बताउनुभयो । इतिहास रचना गरेर अगाडि जाने योजना र सोच अगाडि सारिएको भन्दै अध्यक्ष अधिकारीले सामूहिक प्रयासबाट मात्रै सफलता हासिल हुने र सकारात्मक समाचार दिन सकिने विचार व्यक्त गर्नुभयो । 

महाप्रबन्धक ओपेन्द्र शर्माले राससलाई समयानुकूल रुपमा सुधार गर्दै व्यावसायिक, योग्य र अग्रणी संस्थाको रुपमा क्रमशः अगाडि बढाइरहेको जानकारी दिनुभयो । लिथोबाट शुरु भएको राससको यात्रा अत्याधुनिक अनलाइन प्रणालीमा गइसकेको र आगामी दिनमा थप परिस्कृत, मर्यादित बनाउन दत्तचित्त भएर लागिपरेको उल्लेख गर्दै उहाँले ७५३ वटै स्थानीय तहका समाचार सङ्कलन, सम्पादन र प्रसारण गर्ने योजनासमेत बनाइएको र क्रमशः कार्यान्वयनको चरणमा अगाडि बढेको बताउनुभयो । 

सङ्घीयताको कार्यान्वयनसँगै प्रदेशस्तरबाटै समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषणको व्यवस्था मिलाइएको, भारत, चीन, संयुक्त राष्ट्र सङ्घजस्ता क्षेत्रमा समाचारदाता राख्ने प्रक्रियासमेत अगाडि बढ्न लागेको उहाँको भनाइ थियो । 

कार्यक्रममा राससका पूर्वअध्यक्ष राधेश्याम विष्टले सत्य र तथ्यपूर्ण समाचार प्रवाहका लागि राससले नै जिम्मेवारी बहन गर्नसक्ने बताउनुभयो । उहाँले सन्तुलित र निष्पक्ष समाचार प्रवाह गर्न अनुसन्धान र प्रशिक्षणको खाँचो रहेको आवश्यकता औँल्याउँदै सत्य सूचना पाउने नागरिकको अधिकारको रक्षा राससबाट मात्रै हुने स्पष्ट पार्नुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव शीतल महतोले नेपाली पत्रकारितालाई सुधार गर्ने हो भने राससलाई नै सबल, बलियो र अग्रणी संस्थाको रुपमा विकास गर्न सरकारले विशेष ध्यान दिनुपर्ने विचार राख्नुभयो । 

नेपाल पत्रकार महासङ्घ रासस शाखाका अध्यक्ष नारायण घिमिरेले बदलिँदो समयानुसार राससको भूमिकालाई थप विस्तार गर्नुपर्ने बताउनुभयो । 

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले ऐन, नियम तथा कानूनी प्रबन्धलाई समयानुकूल बनाई राससको बृहत्तर हित गर्ने दायित्वलाई आत्मसात् गर्न ध्यानाकर्षण गराउनुभयो । 

रासस कर्मचारी यूनियनका अध्यक्ष कालिका खड्काले सामूहिक प्रयासबाट मात्रै संस्थाको उन्नति हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो