2026-10-26 10:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

विस्थापित बस्तीमा खानेपानीको अभाव

फागुन ९, गोरखा । गोरखा नगरपालिका–६ सिमलचौरको विस्थापित बस्तीमा खानेपानीको अभाव भएको छ । भूकम्पपछि जोखिममा परी केरौजाबाट विस्थापित भएर आएका भूकम्पपीडितको बस्तीमा खानेपानीको अभाव भएको हो । 

उक्त बस्तीका बासिन्दालाई अहिले एक गाग्री पानीका लागि एक घण्टाभन्दा बढी समय कुर्नुपर्ने बाध्यता रहेको सिमलचौरीका कान्छी गुरुङले जानकारी दिनुभयो । “पानीका लागि वरिपरि सार्वजनिक मूल छैन, उहाँले भन्नुभयो, “अलि नजिक रहेको खेतको मूलमा पानी लिन जाँदा खेतको धनीले सधँै भोलिबाट नआउनु भन्नुहुन्छ ।” त्यहाँ पनि एक ग्रागी पानी भर्न मात्रै एक घण्टाभन्दा बढी समय लाग्ने गरेको उहाँले बताउनुभयो । 

केरौजामा घर बनाउने ठाउँसमेत नरहेपछि २०७४ सालमा यहाँ आइपुगेका विस्थापित भूकम्पपीडितलाई अहिले दिनभरि भने के खाने, के पिउने भन्ने चिन्ता हुने गरेको गुरुङको भनाइ छ । खानेपानीका लागि सहयोग गरिदिन आफूहरुले नगरपालिकासँग पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुरुङले गुनासो गर्नुभयो । 

खानेपानीको अभाव भएपछि सिमलचौरका बासिन्दाको पानीको मुहान खोजीमा दिन बित्न थालेको छ । “हामीलाई पानीको मुहान र पाइप मात्र कसैले दिए पनि पुग्थ्यो, स्थानीय काजीराम गुरुङले भन्नुभयो, “बरु अरु जति काम गर्न परे पनि हामी आफैँ दुःख गरेर भए पनि गरथ्यौँ । “गुरुङले अन्नपात बरु ऋण खोजेर भए पनि किन्न जाँदा सजिलो हुने तर पानी नहँुदा भने साह्रै नै हैरानी हुने गरेको बताउनुभयो । 

नगरपालिकालाई पनि धेरै पटक पटक भनिसकेका छाँै, गुरुङले भन्नुभयो, “सर्भे गर्न पठाउँछौँ भन्नुहुन्छ तर अहिलेसम्म कोही पनि बुझ्न आएको छैन ।” विस्थापित बस्तीमा खानेपानीसँगै बिजुलीको पनि समस्या भएको उहाँहरुको भनाइ छ । 

सिमलचौरमा बसेबास शुरु गरेको डेढ वर्ष हँुदा पनि नगरपालिकाको छेउमा पनि बिजुली र खानेपानीको दुःख भोग्नुपर्दा आफ्नो पुरानो बस्तीको सम्झना आउने उहाँ बताउनुहुन्छ । “त्यही सबै कुरा थियो चिनेजानेका सबै हुन्थेँ, खेतीपातीबाट थोरै भए पनि आफ्नै बारीमा उब्जनी हुन्थ्यो, गुरुङले भन्नुभयो, “यहाँ हामीलाई न कसैले सहयोग गर्छन् न हाम्रो समस्या बुझिदिन्छन् नत हाम्रो कुरा नै कसैले सुन्छन्, त्यति पहिरोको पिर छैन भन्ने मात्र हो । उत्तरी गोरखाका केरौजा, सामालगायतका जोखिमपूर्ण बस्तीबाट २२ भन्दा बढी विस्थापित परिवार सिमलचौरमा आएर बसेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने