Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

विस्थापित बस्तीमा खानेपानीको अभाव

२०७५, ९ फाल्गुन बिहीबार ०७:४१

फागुन ९, गोरखा । गोरखा नगरपालिका–६ सिमलचौरको विस्थापित बस्तीमा खानेपानीको अभाव भएको छ । भूकम्पपछि जोखिममा परी केरौजाबाट विस्थापित भएर आएका भूकम्पपीडितको बस्तीमा खानेपानीको अभाव भएको हो । 

उक्त बस्तीका बासिन्दालाई अहिले एक गाग्री पानीका लागि एक घण्टाभन्दा बढी समय कुर्नुपर्ने बाध्यता रहेको सिमलचौरीका कान्छी गुरुङले जानकारी दिनुभयो । “पानीका लागि वरिपरि सार्वजनिक मूल छैन, उहाँले भन्नुभयो, “अलि नजिक रहेको खेतको मूलमा पानी लिन जाँदा खेतको धनीले सधँै भोलिबाट नआउनु भन्नुहुन्छ ।” त्यहाँ पनि एक ग्रागी पानी भर्न मात्रै एक घण्टाभन्दा बढी समय लाग्ने गरेको उहाँले बताउनुभयो । 

केरौजामा घर बनाउने ठाउँसमेत नरहेपछि २०७४ सालमा यहाँ आइपुगेका विस्थापित भूकम्पपीडितलाई अहिले दिनभरि भने के खाने, के पिउने भन्ने चिन्ता हुने गरेको गुरुङको भनाइ छ । खानेपानीका लागि सहयोग गरिदिन आफूहरुले नगरपालिकासँग पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुरुङले गुनासो गर्नुभयो । 

खानेपानीको अभाव भएपछि सिमलचौरका बासिन्दाको पानीको मुहान खोजीमा दिन बित्न थालेको छ । “हामीलाई पानीको मुहान र पाइप मात्र कसैले दिए पनि पुग्थ्यो, स्थानीय काजीराम गुरुङले भन्नुभयो, “बरु अरु जति काम गर्न परे पनि हामी आफैँ दुःख गरेर भए पनि गरथ्यौँ । “गुरुङले अन्नपात बरु ऋण खोजेर भए पनि किन्न जाँदा सजिलो हुने तर पानी नहँुदा भने साह्रै नै हैरानी हुने गरेको बताउनुभयो । 

नगरपालिकालाई पनि धेरै पटक पटक भनिसकेका छाँै, गुरुङले भन्नुभयो, “सर्भे गर्न पठाउँछौँ भन्नुहुन्छ तर अहिलेसम्म कोही पनि बुझ्न आएको छैन ।” विस्थापित बस्तीमा खानेपानीसँगै बिजुलीको पनि समस्या भएको उहाँहरुको भनाइ छ । 

सिमलचौरमा बसेबास शुरु गरेको डेढ वर्ष हँुदा पनि नगरपालिकाको छेउमा पनि बिजुली र खानेपानीको दुःख भोग्नुपर्दा आफ्नो पुरानो बस्तीको सम्झना आउने उहाँ बताउनुहुन्छ । “त्यही सबै कुरा थियो चिनेजानेका सबै हुन्थेँ, खेतीपातीबाट थोरै भए पनि आफ्नै बारीमा उब्जनी हुन्थ्यो, गुरुङले भन्नुभयो, “यहाँ हामीलाई न कसैले सहयोग गर्छन् न हाम्रो समस्या बुझिदिन्छन् नत हाम्रो कुरा नै कसैले सुन्छन्, त्यति पहिरोको पिर छैन भन्ने मात्र हो । उत्तरी गोरखाका केरौजा, सामालगायतका जोखिमपूर्ण बस्तीबाट २२ भन्दा बढी विस्थापित परिवार सिमलचौरमा आएर बसेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित