२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाको विकासका लागि बहस

२०७५, ८ चैत्र शुक्रबार ०३:१८

चैत ८, काठमाडौँ (रासस) | जन्मथलो गोरखा भएर विभिन्न सिलसिलामा जन्मस्थान बाहिर रहेका व्यक्तिहरूले जिल्लाको समग्र विकास निर्माण र गोरखाली जनताको समृद्धिको आकाङ्क्षा हासिल गर्न बहस थालेका छन् । 

गोरखा विकास मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा राजनीतिज्ञ, विभिन्न पेशा, व्यवसायमा छरिएर रहेका व्यक्तित्व, विविध क्षेत्र र विधाका विषयविज्ञले जिल्लाको सामाजिक आर्थिक विकासका लागि सामूहिक प्रतिज्ञा गरे । यसै क्रममा बिहीबार गोरखा जिल्लामा कृषिको विकासका सम्भावना एवं चुनौती विषयको अन्तरक्रिया आयोजना गरियो । अन्तरक्रियामा सहभागीले गोरखा कृषि तथा जडीबुटीको अत्यन्त सम्भावनायुक्त जिल्ला भएको ठहर गर्दै सङ्घीय, प्रदेश र स्थानीय तहको समन्वयमा कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिए । 

सो अवसरमा पूर्वउपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखाको कृषि क्षेत्रका विकासमा बहस केन्द्रित गरिनु निकै सकारात्मक भएको उल्लेख गर्दै कृषिविज्ञले तयार गरेको योजनालाई कार्यान्वयन गर्न कृषकसमक्ष जानुपर्नेमा जोड दिनुभयो । नेपालको हरेक परिवर्तनमा गोरखा जिल्लाले अग्रणी भूमिका निर्वाह गरेको जिकिर गर्दै उहाँले समाजवादोन्मुख समृद्धिको यात्रामा गोरखाले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो । जिल्लाको सामाजिक, आर्थिक विकास र परिवर्तनका लागि आफू क्रियाशील रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दै उहाँले सामाजिक न्यायसहितको समृद्धि हासिल गरेको जिल्लाका रूपमा गोरखाले नमूना पेश गर्नुपर्ने बताउनुभयो । 

पूर्वमन्त्री एवं नेकपाका गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले कृषिमा यान्त्रिकीकरणविना उत्पादन र आत्मनिर्भर सम्भव नभएको उल्लेख गर्दै कृषि उत्पादन वृद्धि गर्न सिँचाइलाई समेत ध्यान दिनुपर्ने बताउनुभयो । कृषिकर्म गर्ने जनशक्तिको अभाव हुँदै गएको आफूले देखेको अनुभव सुनाउँदै उहाँले यान्त्रिकीकरणले जनशक्ति अभावको समस्या केही हदसम्म सम्बोधन गर्ने र शिक्षित जनशक्तिसमेत कृषि पेशामा आकर्षित हुनसक्ने बताउनुभयो । 

गोरखा क्षेत्र नं १ का सांसद हरिराज अधिकारीले सामन्तवादी उत्पादन प्रणालीको समूल नष्ट नगरी समाजवादी कृषि प्रणाली लागू हुन नसक्ने जिकिर गर्दै सोहीअनुसारको नीति, नियम तर्जुमा गरिनुपर्ने बताउनुभयो । 

गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापाले हावापानी र माटोअनुकूलको कृषि उत्पादनका लागि प्रदेश सरकारले एक पालिका एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । दरौदी करिडोरलाई माछा र धान उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिने उल्लेख गर्दै उहाँले उत्पादनको बजारीकरण र प्रशोधनका लागि उद्योग भित्र्याउनेतर्फ प्रदेश सरकार सचेत रहेको बताउनुभयो । 

कृषि विभागका उपमहानिर्देशक रेवतीरमण पौडेलले भौगोलिक वातावरणअनुकूलका कृषि उत्पादनमा जोड दिँदै हिमाली क्षेत्रमा स्याउ, ओखर, अङ्गुरलगायत फलफूल खेती गर्न सकिने बताउनुभयो । पकेट क्षेत्र निर्धारण गरेर उत्पादन गर्नसके रोजगार सिर्जना हुने र कृषिप्रति आकर्षण बढाउन सकिने उहाँको भनाइ थियो । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनीलबाबु श्रेष्ठले स्थानीय सरकारले नै कृषिसम्बन्धी नीति कडाइका साथ लागू गर्नुपर्ने बताउनुभयो । उहाँले कागजमा आधारित नभई उत्पादनमा आधारित रहेर कृषकलाई अनुदान दिइनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव सुरोज पोखरेल र कृषिविज्ञ गणेशकुमार श्रेष्ठले गोरखा जिल्लामा कृषि, जडीबुटीको सम्भावना, अवस्था र तीनै तहका सरकारले भावी दिनमा निर्वाह गर्नुपर्ने भूमिकासहितको समृद्ध गोरखाका निमित्त कृषि विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रले भौगोलिक क्षेत्र र बनावटअनुसार पकेट क्षेत्र निर्धारण गरेर खेती प्रणाली अपनाउन सुझाव दिएको छ । 

जिल्लाको विकास निर्माण र जनताको जीवनस्तरमा अनुभूत हुने गरी परिवर्तन महसुस गराउन गत पुसमा मञ्चको स्थापना भएको थियो । समृद्धिको मार्ग पहिल्याउन विभिन्न विषयगत क्षेत्रमा विज्ञका तर्फबाट छलफल तथा बहस गरिने मञ्चका उपाध्यक्ष धनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । कृषि क्षेत्रको सम्भावनाका बारेमा बहस थालेको मञ्चले आगामी दिनमा पर्यटन, भौतिक पूर्वाधारका विषयमा बृहत् अन्तरक्रिया गरिने उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते