2026-10-15 11:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीमै पहिलो पटक खानेपानीको बिमा

नन्दराम जैसी | चैत १०, जुम्ला | कर्णालीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बिमा गरीएको छ । कुनै पनि प्राकृतिक प्रकोपका कारण खानेपानी आयोजनामा क्षति पुग्न गई खानेपानीबाट स्थानिय बञ्चित नहुन भन्ने ध्ययले कर्णलीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बिमा गरीएको हो । जिल्लाको हिमा गाँउपालिका ३ स्थीत ५२ लाख ३० हजारको जोगिबाडा खानेपानी आयोजना र वडा नम्बर ७ स्थीत ५५ लाख २२ हजारको माथी कुडु खानेपानी आयोजनाको बिमा गरीएको छ । सुवास परियोजना अन्र्तगत वाटरएड नेपालको सहयोग तथा किर्डाक नेपाल र हिमा गाँउपालिकाको साझेदारीमा जोगीबाडा गाँउका ८२ र माथी कुडुका ७४ घरधुरीलाई समेट्ने गरी दुई खानेपानी आयोजना भरर्खरै संचालनमा आएका छन् । यि दुबै गाँउ एक घर एक धाराको पहुँजमा पुग्ने कर्णालीकै पहिलो नमुना गाँउ पनि हुन् ।   

दुबै आयोजनाको बिमा पश्चात किर्डाक नेपालले बार्षिक बिमा किस्ता रकम शिखर ईन्सोरेन्स कम्पनिलाई बुझाएको छ । एउटै आयोजनाको बार्षिक ११ हजार बढि बिमा रकम कम्पनिलाई बुझाउनुपर्ने प्रावधान छ । सो अनुसार हरेक बर्ष आउनसक्ने प्राकृतिक विपत्तिका कारण खानेपानी आयोजना अवरुद्ध हुनगए कम्पनिले आफै मर्मत संभार गर्ने भएको छ । स्थानियले पानीको मासिक महशुल तिरे बापत मर्मत संभार कोषमा जम्मा भएको रकमबाट बार्षिक किस्ता कम्पनिलाई बुझाईने कुडु खानेपानी उपभोत्ता समितिका अध्यक्ष काले बुढाले बताए । ‘खोला र कुवाको पानी खानु पर्दाको कष्ट एक घर एक धाराले छुटाएको छ, यसले हाम्रो दैनिकि मात्र सहज भएको छैन, सरसफाई अवस्था पनि निकै सुधार भएको छ’ कुडु गाँउकि कौशिला न्यौपानेले भनिन्, ‘बाढि पहिरो, भुक्षय तथा भुकम्पका कारण हामी खानेपानी नै गुमाउन चाहान्नौ, त्यसैले दैलोमा आएको सुखलाई निरन्तरता दिन गाँउलेहरु मिलेर पानीको बिमा गर्यौ ।’ 

हिमा गाँउपालिका अध्यक्ष रजबहादुर शाहीले तिन बर्षभित्र गाँउपालिका एक घर एक धारा तथा स्वच्छ खानेपानीको पहुँजमा पुग्ने बताए । ‘नमुनाको रुपमा दुई गाँउबाट यो अभियान शुरु भएको छ, विस्तारै सबै गाँउमा लागु हुनेछ’ उनले भने, ‘त्यसका लागि आवाश्यक बजेट बिनियोजनदेखि साझेदारी निकायसँग समन्वय गर्ने काम जारी हुनेछ ।’ जिल्ला समन्वय समिति प्रमुख लाल बहादुर सार्किका अनुसार अनुगमनको क्रममा दुबै खानेपानी आयोजनाको अवस्था निकै सन्तोषजनक रहेको पाईएको छ ।  उनले भने, ‘एक घर एक धाराको पहुँजमा पुगेका स्थानियले पानीको बिमा गर्नु अत्यन्तै सहरायिन काम हो, यसले पानीका लागि खोला र नदि धाउने स्थानिय महिलाको कार्य बोझ समेत घटाएको छ ।’ यसैबिच बिहिबार भएको संयुक्त अनुगनमको क्रममा माथी कुडु गाँउका स्थानिय आगनमै पानी छट्किएपछि दंग देखिन्थ्ये । सबैको घरघरमा फोहोर फाल्ने खाल्डो, भाँडा सुकाउने चाङ, सौचालयको समेत उचित ब्यवस्थापन गरीएको पाईएको छ । साथै महिनावारी हुँदा समेत पहिलेको तुलनामा सरसफाई तथा सन्तुलित खानपान कार्यलाई ब्यवस्थीत बनाउँने बानीको विकास भएको छ ।

सो अवसरमा गैर सरकारी संस्था महासंघ जुम्लाका अध्यक्ष अमर रोकायाले पानीको धारा, ट्यांकीसँगै मुहानको दिगो संरक्षणमा जोड दिन स्थानियलाई सुझाब दिए । उनले खानेपानी आयोजना र महशुल संकलनमा पारदर्शिता कायम राख्न सबैलाई चनाखो बन्न अनुरोध गरे । खानेपानी डिभिजन कार्यालयका ईन्जिनियर महेशकुमार शर्माले पानीकै कारण मान्छे विस्तापित र स्थापित हुनसक्ने भन्दै पानीको उचित प्रयोगबाट तरकारी तथा कृषि खेति गरेर गाँउलेलाई आम्दानी बढाउने कार्यमा लाग्न सुझाब दिए । किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक हरीगोपाल चौलागाइले दिगो खानेपानी तथा स्वच्छता परियोजना अन्तर्गत माथी कुडुमा एक घर एक धारा बनेपछि गाँउलेलाई पानीका दुख अन्त्य भएको बताए । विशेष गरी गाँउमा महिलालाई थुपारीएको घरदेखि बनसम्मको बोझ आगनमै खानेपानी पुगेपछि केहिहदसम्म कम भएको उनको भनाई छ । गाँउमा भएको एक, दुई धारामा रातीसम्म लाईन बसेर पानी भर्नुको पिडाबाट छुटकारा पाँउदा स्थानिय मुनकला बुढा पनि निकै खुसि भएकि छन् । दुबै आयोजनाको जिल्ला स्थीत सरोकारवालाको सहभागितामा संयुक्त अनुगन सम्पन्न भएको किर्डाकका मुल्यांकन संयोजक ककेश शाहीले बताए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो