2026-09-13 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

दलितले दिएको औषधी गैरदलितले खादैनन्

चैत १७, कालीकोट । दलित महिला स्वास्थ्य स्वयमसेविकाको हातबाट गैर दलितहरूले भिटामिन औषधि पनि नखाने गरेका गुनासो दलित महिला स्वास्थ्य स्वयमसेविकाले गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले जिल्लामा कालिकोट जिल्लाका सराकोरवालासँग गरेको जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार विषयक गोष्ठीमा दलित महिला स्वास्थ्य स्वयमसेविकाले सो गुनासो गरेका हुन् ।

जातीय विभेदका कारणले दलित स्वास्थ्यकर्मीको हातको गैर दलितहरूले औषधी खान आनाकानी गर्ने गरेको उनीहरूको भनाई छ । दलित भएका कारणले आफ्नो हातको भिटामिन खान गैर दलितले नमान्ने गरेको खाँडाचक्र नगरपालिका वडा नं. एक का महिला स्वास्थ्यकर्मी मनपुरा बिकले बताइन् । उनले भनिन् ‘गैर दलितहरूले हाम्रो हातको औषधी पनि खाँदैनन्,  हामी दलित भएका कारणले गैर दलितले नमानेका हुन् । ’गैर दलितहरूले दलित स्वास्थ्यकर्मीहरूबाट सुत्केरी सेवा अन्य कुनै पनि परामर्श नलिने गरेको बिकले गुनासो गरिन् । उनले भनिन् ‘कुनै गैर दलित महिला गर्भवतीले लिनुपर्ने सेवासमेत हामीबाट लिदैँनन्, ‘यो समाजमा दलितलाई हेर्ने दृष्टिकोण फरक छ ।’

यस्तै जातीय भेदभाव नेपालको संविधानले दण्डनीय अपराधको रुपमा लिएको मानव अधिकारका दृष्टीकोणले पनि यो ठूलो अपराध भएको राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त प्रकाश वस्तीले बताए । उनले भने ‘संविधानले गरेको व्यवस्थाको पूर्ण कार्यन्वयन हुनुपर्छ,‘मानव(मानवबीच हुने विभेद मानव अधिकारको हनन हो ।’ यस्तै अहिले राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय रुमपा नै जातीय विभेदका विषयमा अध्ययन थालेको त्यसै क्रममा देशभरको जातीय अवस्था अध्ययन गर्न लागेको पनि आयुक्त वस्तीले जानकारी गराए । उनले भने ‘देशभरको जातीय विभेदका अवस्थाको अध्ययन थालेका छौं, ‘त्यसैका आधारमा हामीले रणनीतिक योजना तर्जुमा गर्छौँ ।

जातीय विभेदका विरुद्ध हुने कुनै पनि घटनालाई शुन्य सहनशिलताका रुपमा लिएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख चन्द्रबहादुर कार्कीले बताए । उनले भने ‘जातीय  विभेदका कुनै पनि घटना हामीलाई क्षम्य छैन्, ‘जातीय विभेद गरेका जो सकैलाई पनि कानुनी कारवाही हुन्छ ।’ कालिकोटमा जातीय विभेद चरम रुपमा रहेको र यसलाई प्रहरीले गम्भीर रुपमा लिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख विनोद शर्माले बताए । उनले भने  ‘जातीय विभेद हामीले हुनै दिदैनौ, अहिले हामीले त्यसका विरुद्ध कडा कदम चालेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन