२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुवाले ताेड्नु भएकाे जेलमा नै बन्दी बनेँ

२३ चैत्र २०७५, शनिबार ०४:२५

चैत २३, काठमाडाै – १९९७ सालमा बुबा (गणेशमान सिंह) पक्राउ पर्नुभयो । ००१ सालमा उहाँले भद्रगोल जेल ब्रेक गर्नुभयो । राणाशासनलाई चुनौती दिएको भन्दै बुबाको ठूलो फोटोसहित गोरखापत्रमा ‘वान्टेड’ छापियो । म चकित भएँ । उहाँले भारतमा बिपी कोइरालासँग मिलेर कांग्रेस गठन गर्नुभयो । ००७ सालको क्रान्तिको तयारी गर्न फेरि नेपाल फर्किनुभयो । 

०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गर्दा म एक कक्षा पढ्दै थिएँ । प्रजातन्त्रको अपहरणपछि बुबालाई सुन्दरीजल जेलमा राखियो । त्यसवेला महिनाको एकपटक भेट्न पाइन्थ्यो । तर, बुबाले लामो समयसम्म कसैसँग भेट्नुभएन । के कारणले भेट्नुभएन, म सानै भएकाले उति थाहा पाइनँ । करिब तीन वर्षपछि मात्रै बुबासँग भेट भयो । 

हामी सपरिवार बुबालाई भेट्न गयौँ । जेलको गेटछेउमा भेट्ने ठाउँ थियो । फलफूलहरू लगेका थियौँ । प्रहरीले चाखेपछि मात्रै बुबालाई दिए । हामीलाई जेलको बिल्डिङ परपर घुमाइयो । मैले त्यहीँ पहिलोपटक किसुनजी (कृष्णप्रसाद भट्टराई), बिपी कोइराला, देवानसिंह राई र रामनारायण मिश्रलगायतलाई देखेँ । तर, उहाँहरूसँग दोहोरो संवाद भएन ।

जेलमा भेट्दा बुबाले ‘राम्रोसँग पढ’ भन्नुभएको थियो । बुबा जेल पर्नुको कारण धेरथोर थाहा थियो । बुबा त्यहाँ ८ वर्ष बस्नुभयो । जेलबाट छुटेपछि घरमा छोटो समय बस्नुभयो । त्यसपछि जिल्ला भ्रमणमा निस्किनुभयो । जिल्ला भ्रमणमा म पनि बुबासँगै गएको थिएँ । मधेसका जिल्ला घुमेको सम्झना छ मलाई । याे सामग्री नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने