२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

रुख सुक्ने खतराले लालीगुराँस टिप्न रोक

२०७५, २५ चैत्र सोमबार ०८:५१

चैत २५, जुम्ला – चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो ।

जथाभावी फूल टिप्दा हाँगा भाँचिएर गुराँसको रुख सुक्ने खतरा बढेकाले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर सार्कीले बताए । उनले भने, “गुराँस फुल्ने क्षेत्र सदरमुकाम खलङ्गादेखि झण्डै आधा घण्टाको दूरीमा पर्छ, आन्तरिक तथा बाह्य पर्यटक फूल हेर्न जान्छन्, चुँडेर लैजान्छन्”, उनले भने, “वर्षेनी फूल चुँडेर ल्याउँदा लालीगुराँसको बोट नै सङ्कटमा परेको छ, राष्ट्रिय फूल लालीगुराँसको अस्तित्व बचाउन पनि वन समिति कठोर बनेको हो ।”

उनका अनुसार फूल टिपेर सौन्दर्य बिग्रिन थालेको र लालीगुराँसले राताम्य हुने समयमै फूल टिपेर उजाड हुन थालेपछि बाध्य भएर वन समिति यो अभियानमा लागेको हो । उनले राष्ट्रिय फूल लालीगुराँसले वनको शोभा बढाइरहेको र फूल हेर्न जानेले फूल नै चुँडेर ल्याउन थालेपछि वन समितिले कसैले पनि फूल चुँड्न नपाउने गरी प्रतिबन्ध लगाएको बताए ।

उनले भने, “उपभोक्ता समितिले सार्वजनिक सूचना जारी गरी फूल टिप्न प्रतिबन्ध लगाएको हो । वन क्षेत्रमा अहिले गुराँस फुल्ने समय शुरु भएको छ । फुलेका गुराँसको सौन्दर्य हेर्न जानेले जथाभावी फूल टिपेर लैजाने गर्दा गुराँस मासिने र सौन्दर्य गुम्ने खतरा बढ्यो । त्यसैले जङ्गलमा जानेले लालीगुराँस चुँड्न पाउने छैनन् । वनमा लालीगुराँस भएको ठाउँमा गएर फोटो खिच्न पाउँछन् । तर चुँडेर ल्याउन पाउने छैनन् । वन उपभोक्ता समिति लालीगुराँस संरक्षणमा जुटिसकेको छ ।”

अध्यक्ष सार्कीले गुराँसको फूल टिप्नेलाई हदैसम्मको कारवाही गर्ने चेतावनी दिए । “गुराँस हेर्न मात्र पाइने, टिप्न नपाइने नियम बनाएका छौँ”, सार्कीले भन्नुभयो, “फूल टिप्न प्रतिबन्ध लगाएपछि यस क्षेत्रको गुराँस वनको संरक्षणमा सहयोग पुग्ने भएको छ ।” 

यतिबेला जुम्लाका वनमा गुराँस फुलेकाले वनपाखा राताम्मे भएका छन् । बालकदेखि युवा अनि वृद्धवृद्धासम्मको ध्यान गुराँसमै छ ।

शुक्रबार र शनिबार ढाणथपला वनक्षेत्रमा लालीगुराँस हेर्न जानेको निकै ठूलो भीड लाग्छ । फूलको थुँगा टपक्क टिपेर शीरमा सिउरिनेदेखि बोटैमा चढेर फोटो खिचाउने गर्छन् । हिजोआज ढाणथपला वनमा  गुराँसको फेदैमा पुगेर रमाउने प्रशस्तै भेटिन्छन् । 

कर्णाली प्राविधिक शिक्षालय पनि सो वनक्षेत्रमै पर्ने भएकाले त्यो क्षेत्र अहिले निकै चर्चामा छ । लालीगुराँस राष्ट्रिय फूल भएकाले फूलको सम्मान गर्न सबैले जान्नुपर्नेमा जोड दिइएको छ । जुम्लामा रातो र सेतो दुवै प्रकारको गुराँस पाइन्छ ।

जिल्ला भित्रिने अतिथिलाई लालीगुराँसको माला लगाएर स्वागत गर्ने मान्यता छ । यो समयमा विद्यालयबाट भागेर भए पनि लालीगुराँस खेल्न बालबालिका जङ्गल पुग्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म