१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाम चलेका स्कूल: ट्यालेन्टले मात्र पढ्न पाउने भएपछी ‘ए प्लस’ ल्याउनु कुन ठूलो कुरा हो र ?

२६ चैत्र २०७५, मंगलवार ०५:५५

अनिल अधिकारी |

हरेक बर्षको नयाँ बर्ष सुरु हुनु अगावै अभिभावकहरु आफ्नो बच्चाको लागि बिद्यालय छनोटमा चिन्तित देखिन्छन् । कतिपय अभिवाकको सान आफ्नो घर, कार, लगाई र खुवाई भन्दा बढी कुन स्कूलमा बच्चा हालेको भन्नेमा झल्किएको देखिन्छ । यस्तो अवस्थामा अभिभावकको मनोभावना अनुसार उपत्यकाका बिभिन्न स्कूलहरुले आफ्नो भर्ना शुल्क देखि हरेक कुरामा मूल्य वृद्धि र स्किमहरु सार्वजनिक गरेका छन् । 

आजकाल राष्ट्रिय दैनिकमा राम्रो स्कूल भन्दै बिज्ञापन गर्ने स्कूलहरुको स्तर हेर्न धेरै अनुसन्धान गर्नु पर्दैन, त्यसले नयाँ बर्षको सेरोफेरोमा लिने प्रवेश परिक्षालाई हेरे पुग्छ । पहिलो कुरा त राम्रा मानिएका स्कूल आम सर्वसाधारणको पहुँचमै छैन ।  त्यसमा पनि त्यस्ता स्कूलहरुका लागि कमजोर तथा मध्यम खालको बच्चा भन्दा ट्यालेन्ट आवश्यक पर्छ । 'जति ट्यालेन्ट त्यतिनै राम्रो बिज्ञापन' ठूला भनिएका स्कूलहरु यही मानसिकतामा अघि बढेको पाइएको छ । छान्दैमा 'ट्यालेन्ट' छानेर स्कूलमा भर्ना गरेपछी त्यसको स्वत: नतिजा ट्यालेन्टनै आउँछ भन्नेमा धेरै अभिभावकले सोच नराखी आफ्नो बच्चालाई राम्रो स्कूल खोज्दै हिड्ने गरेका भेटिन्छन् । 

जुन-जुन बच्चा ठूला र राम्रा मानिएका स्कूलको 'इन्ट्रान्स' मा फेल हुन्छन् वा आर्थिक/मानसिक रुपमा कमजोर हुन्छन् त्यस्ता बच्चा सरकारी वा साना भनिएका स्कूलमा पुग्छन् तब ठूला भनिएका स्कूलहरुले तिनै साना र सरकारी स्कूलसँग आफूलाई दाजेर आफ्नो बिज्ञापन गरिरहेका छन् । प्रवेश गराउंदैमा अब्बल खालका र धनी-मानी परिवारका बिद्यार्थी छानेर पढाउने गरेका ठूला स्कूलहरुले अभिभावकबाट जति सपोर्ट पाउँछन् त्यतिनै साना र सरकारी स्कूलमा सम्भव हुँदैन । 

स्वभाविकत: ठूला र महँगोमा मात्र पढ्न पाइने स्कूलहरुको गुणस्तरमा फरक हुन्छनै । राज्यले आफैले सरकारी स्कूललाई गुणस्तरीय बनाउन चुक्दा स्कूल खोलेर सेवामुखी बिषयलाई व्यवसायिक बनाइएको कुरा सबैलाई थाहा भएकै कुरा हो । 

अधिकांश निजी विद्यालयले फागुनदेखिनै विद्यार्थी छनोट प्रक्रिया शुरू गर्छन् । जसको लागि अभिभावकले आफ्नो बच्चालाई राम्रो स्कूलमा हाल्ने तयारी स्वरुप चर्को रकम खर्च गर्छन । 

बिभिन्न ठूला र महँगा स्कूलमा भर्ना गराउन त्यसै अनुसारको तयारी गर्नुपर्छ । इन्ट्रान्समा पास हुने होडमा एक दिनकै १५ सयसम्म तिरेर तीन महिनासम्म  बच्चालाई तयारी गराइन्छ । त्यसलाई पनि कतिपय स्कूलले कमाई खाने भाडो बनाएका छन् । इन्ट्रान्सको लागि तयारी कक्षा भन्दै अभिभावकबाट चर्को रकम अशुली भईरहेको छ । 

ठूला स्कूलका नामले परिचित सेन्ट जेभियर्स, रातो बङ्गला, युलेन्स, सेन्ट मेरिज, बूढानीलकण्ठ, काष्ठमण्डप, पाठशाला नेपाल, मिल्स बेरी लगायतमा चानचुने व्यक्तिले आफ्नो बच्चा भर्ना गराउन नसोचे पनि हुन्छ । नेपाल सरकारले आफ्ना उच्च पदस्थ कर्मचारीलाई दिने तलबले पनि यस्ता नाम चलेका स्कूलमा बिद्यार्थी भर्ना गर्न सकिन्न । त्यसमा पनि स्कूल यति बाठो बन्छ कि पैसाको बलमा मात्र पनि बिद्यार्थी भर्ना गर्न सकिन्न । स्कूलले आफ्नो बठ्याई प्रयोग गरेर बच्चाको व्यवहार र सिकाइ क्षमतालाई हेर्छ, साथै अभिभावकसँग पनि अन्तरक्रिया गर्छ । जुन बच्चाले भविष्यमा A+ वा A सम्म हासिल गर्छ जस्तो लाग्छ त्यस्ताले मात्र इन्ट्रान्स पास गर्न सक्छन् । जसले गर्दा ठूला मानिएका स्कूलहरुको कमाउ धन्दा र बिज्ञापन धन्दामा कुनै असर गर्दैन । छनोट प्रक्रियामै सावधानी अपनाए पछी स्वभाविकत: बिद्यार्थीले अब्बल पढाई गर्छ नै, त्यसमा पनि चर्को शुल्क अशुलेर पढाइने हुँदा राम्रो पढाएको भन्ने जस पनि पाउने गरेका छन् । 

पैसा कमाउने धन्दा 

शिक्षालाई कमाऊ धन्दा बनाइएको बिषयमा जिम्मेवार निकायका अधिकारीहरु सहमत छन् । तर तिनै जिम्मेवार निकायका अधिकारीहरुले राम्रो व्यवस्थापन गर्न नसक्दा सरकारी स्कूलहरुको शैक्षिक स्तर तल झर्दा सर्वसाधारण बाध्य भएर महँगा स्कुलमा जान बाध्य भएका छन् । प्रतिष्पर्धाको होडमा भविष्यमा व्यावहारिक बन्ने बिद्या भन्दा पनि घोकन्ते बिद्याले बढी स्थान लिएको छ । ठूला र महँगा स्कूलमा पढ्ने बिद्यार्थीहरु राष्ट्रियता र सामाजिक क्रियाकलापमा भन्दा बढी पैसामा केन्द्रित हुन्छन् भन्ने कतिपयको आरोप छ । 'तलाई पढाउन यति खर्च लागेको छ' भन्दै दवाव दिएर पढाउने प्रवृतिले पनि लक्षित बालबालिकाको मानसिक चिन्तनमा पैसाको प्रभाव पर्छ भन्नेहरु पनि छन् । 

हुन पनि ठूला मानिएका स्कूलहरु यतिसम्म महँगा छन् कि साधारण जागिर गर्नेहरुले आफ्नो बालबच्चा त्यस्तो स्कूलमा पढाउने बिषयमा सोच्न पनि सक्दैनन् । ठूला मानिएका स्कूलमा कक्षा १ मै भर्ना गर्नको लागि ४० हजारदेखि २ लाख २५ हजारसम्म शुल्क तिर्नु पर्ने हुन्छ । त्यसमा पनि मासिक शुल्क १० हजारदेखि ४० हजारसम्म तिर्नुपर्ने हुन्छ । पैसा लिने पनि अनेकन तरिका छन् ।  सरकारी नीति बिपरित पैसा बुझाउन अभिभावक बाध्य हुन्छन् । भर्ना र मासिक शुल्क मात्र नभई भए नभएका शिर्षकमा अभिभावकसँग पैसा अशुल्ने गरेको पाइन्छ । यदी सरकारी नीतिलाई नै ‘संस्थागत स्कुल शुल्क मापदण्ड निर्देशिका’मा बिद्यार्थी भर्ना गर्दा एक महिनाको मासिक शुल्क लिन पाउने व्यवस्था भए पनि त्यो व्यवस्थाको टाउको टेकेर भर्ना शुल्क अशुली भईरहेका छन् । यस्तो अवस्थामा जिम्मेवार निकायका अधिकारीहरु कहाँ निदाईरहेका छन् वा आफ्ना बाल-बालिका त्यस्तै महँगा शुल्क भएका स्कूलमा निशुल्क पढाएर वा कुनै तवरले आर्थिक फाइदा लिएर त्यस्ता स्कूललाई मनपरी गर्न छुट दिईरहेका छन्, शंकास्पद बिषय छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक