२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलाे पटक नेपाल आफैले सगरमाथाकाे उचाइ नाप्दै

२८ चैत्र २०७५, बिहीबार १५:३७

चैत २८, काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई बुधबार बिदाइ गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गर्नुभयो । टोलीमा नापी विभागका प्राविधिक कर्मचारी खिमलाल गौतम, रवीन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल हुनुहुन्छ । पथपदर्शक छिरिङजाङ्बु शेर्पा, पेमा ङिमा शेर्पा, आङ्पासाङ शेर्पा, आङ्बु शेर्पा र केशव पौडेल पनि साथमा हुनुहुनेछ ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको मापन पहिलो पटक नेपालीले गर्न लागेको बताउँदै यस पटक परिणाम नै आधिकारिक हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले आरोहीलाई सम्पूर्ण नेपालीका तर्फबाट शुभकामना दिँदै पथप्रदर्शकको निर्देशनानुसार सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीले आरोहण चुनौतीपूर्ण रहेकाले मौसम र स्वास्थ्यको अनुकूलतामा सावधानी अपनाएर अगाडि बढ्न आरोहण टोलीलाई सुझाव दिनुभयो ।

प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिनुभएको छ । तर मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न प्रधानमन्त्रीले सुझाउनु भएको छ ।

'लक्ष्यमा अडिग रहनुहोस् तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकूल भयो भने जिद्धी नगर्नुहोस । सगरमाथा त्यहीँ हुन्छ । अर्को पटक गएर नापेर आए हुन्छ' प्रधानमन्त्री ओलीले भन्नुभयो, 'गाइडको निर्देशन पालना गर्नुहोला ।'

प्रधानमन्त्री ओलीले भन्नुभयो, 'नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदैछ । तपाईंहरुले सेन्टिमिटरसहितको उचाइ नापेर ल्याउनु होला',  प्रधानमन्त्री ओलीले भन्नुभयो, 'तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।'

नेपालीबाट पहिलो पटक मापन हुँदै

नेपालले पहिलो पटक सगरमाथाको मापन गर्न लागेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय,  नापी विभागले यसका लागि जनशक्ति व्यवस्थापन गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पनले सगरमाथाको उचाइ घटबढ भएको विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेपछि विभागले भारत, चीन, जापान, संयुक्त राज्य अमेरिकालगायत नौ देशका विशेषज्ञसँग छलफल गरी मापनका लागि आवश्यक सुझाव लिएको थियो ।

यसअघि छिमेकी भारत, चीनलगायत देशले पाँच पटक सगरमाथाको मापन गरेका थिए । पछिल्लो पटक सन् १९५४ मा भारत सरकारले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर पत्ता लगाएकामा त्यसलाई नै अहिलेसम्म कायम गरिएको छ ।  भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सगरमाथा पहिलो पटक नेपालीले नै मापन गर्ने अवसर गौरवको विषय भएको बताउँदै यो ऐतिहासिक कार्यलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

मापनका क्रममा अत्याधुनिक प्रविधि ‘स्नो राडार इक्विपमेन्ट’ प्रयोग गरी स्वदेशी स्रोत र साधनको समेत उपयोग गरिने छ ।  विभागका प्रमुख नापी अधिकृतसमेत रहनुभएका गौतमले केही वर्ष अगाडि निजामती सेवाका केही कर्मचारीले सगरमाथाको आरोहण गर्ने क्रममा सहभागी भई सफलता प्राप्त गर्नुभएको थियो । गौतम र कार्की सगरमाथाको टुप्पोसम्म पुग्ने तथा भण्डारी र धिताल आधार शिशिरको आसपासमा रही आवश्यक समन्वय गर्ने तालिका तय भएको छ । टोलीले झण्डै एक महिनामा काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । 

 नेपाल–भारतको सीमा भएको सिरहास्थित मदार भन्ने स्थानबाट झण्डै एक वर्ष अगाडि मापनका लागि प्रारम्भिक सर्वेक्षण तथा अन्य आवश्यक काम गरिएको थियो ।

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सगरमाथाको उचाइ मापनका लागि झण्डै  २२ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै प्रारम्भिक चरणका सबै गृहकार्य पूरा गरिएको बताउनुभयो ।

चीनले सन् २००५ मा गरेको मापनमा सगरमाथाको चट्टान सतहको उचाइ  आठ हजार ८४४ मिटर तथा अमेरिकाको नेशनल जियोग्राफीले झण्डै दुई दशक अगाडि गरेको अध्ययनले  आठ हजार ८५० मिटर कायम गरेको विभागले जनाएको छ ।

त्यसै वर्ष इटालीले गरेको अध्ययनले सरमाथाको उचाइ आठ हजार ८४७ मिटर कायम गरेको थियो । यस पटकको मापनमा कायम गरिने उचाइ नै अब आधिकारिक हुने हुँदा यसलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान