२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पर्यटकलाई दिक्तेल भित्र्याउन हलेसीमा पर्यटन सूचना केन्द्र

२०७५, ३० चैत्र शनिबार १५:२५

चैत ३०, खोटाङ (रासस) | नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने पर्यटकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेल बजारसम्म ल्याउन हलेसीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।

हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नो नगरपालिकाभित्र पर्ने धार्मिक तथा पर्यटकीयस्थल भ्रमण र अवलोकन गराउन नगरपालिकाले पर्यटन सूचना केन्द्र स्थापना गरेको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार आसपास रहेका पर्यटकीय तथा धार्मिकस्थललाई प्रचारप्रसार गर्दै हलेसी आउने पर्यटकलाई दिक्तेल भित्र्याउन पर्यटन सूचना केन्द्र स्थापना गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो ।

हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल मानिने त्रिधार्मिकस्थल हलेसीमा स्थापना गरिएको पर्यटन सूचना केन्द्र शुक्रबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर्नुभयो । 

सूचना केन्द्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एकजना कर्मचारी रहने र उनले त्यहाँ आएका पर्यटकलाई नगरपालिका क्षेत्रभित्र भएका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरुका बारेमा जानकारी गराउने पर्यटन प्रवद्र्धन समितिका संयोजक अनिल जोशीले बताउनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु नौ लाख लागतमा त्रिधार्मिकस्थल हलेसीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको जनाइएको छ । 

सूचना केन्द्रमा नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरु दिक्तेल बजार, बुधेश्वर महादेव मन्दिर, रुपाकोट, मझुवा कालिका भगवती मन्दिर, मझुवागढी, भुलभुले दूधकुण्ड, महुरेगढी आँखा पोखरी, साप्सुढाप, सीतादेवी मन्दिर, बगेर भञ्ज्याङ, पञ्चेदोबाटो, सहदेवगढी, रुवालुङ झरना लगायतको फोटोसहितको हाते ब्रुसर राखिएको छ । कार्यक्रमका वक्ताहरुले जिल्लालाई धार्मिक पर्यटनको विकास गर्न सम्बन्धित निकायलाई सुझाव दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा