2026-07-08 07:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालुवाटार जग्गा प्रकरण: राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील दलका नेता कार्यकर्ता पक्राउ

2019-04-17

बैशाख ४, काठमाण्डाै – बालुवाटारस्थित प्रधानमन्त्री निवास पछाडि जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित एक दर्जनबढी नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास र सभामुखको निवास पछाडि रहेको सरकारी जग्गा भूमाफियामार्फत सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेलको नाममा समेत बिक्री गरिएपछि त्यसको विरोधमा विवेकशील नेपाली दलका नेता, कार्यकर्ता स्थानीयसहित उत्रिएका थिए । उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिने क्रममा उनीहरुले सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न पाउने नागरिकको हकमाथि हनन् गरिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो