2026-10-26 10:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाका विपन्न महिलालाई अनुदान प्रदान

  वैशाख १६, गोरखा । शहीद लखन गाउँपालिकाले पालिकाभित्रका विपन्न महिलालाई आयआर्जन वृद्धिका लागि अनुदान प्रदान गरेको छ । 

गाउँपालिकाले नौवटै वडाका ६३ विपन्न महिलालाई अनुदान उपलब्ध गराएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख सुदिप विकले जानकारी दिनुभयो । “सबै वडाका विपन्न महिला जो दैनिक जीविकोपार्जन गर्न समस्यामा परेका छन्, उहाँहरुलाई छनोट गरेर अनुदान सहयोग गरिएको हो”, प्रमुख विकले भन्नुभयो, “अनुदान सहयोग गरिएका सबैलाई सम्बन्धित वडा कार्यालय तथा महिला सहकारी संस्थाले नै छनोट गरेर पठाएको हो ।”

  विपन्न महिलालाई प्रदान गरिएकोे अनुदान रकमबाट उहाँहरुले दैनिक आयआर्जन हुने खालका साना–साना व्यवसायमा लगानी गर्ने उहाँले बताउनुभयो । “अनुदान पाउने विपन्न महिलामध्ये कसैले बङ्गुर पाठा किन्ने, कसैले बाख्राको पाठी किन्ने र कसैले तरकारी खेतीमा लगानी गर्नुहुनेछ, उहाँले भन्नुभयो, “जुनजुन व्यवसायमा लगानी गरे पनि उहाँहरुको आर्थिक आयआर्जनमा वृद्धि गर्न सकियोस् भन्ने हाम्रो लक्ष्य हो ।”

 छनोटमा परेका सबै महिलालाई प्रतिव्यक्ति रु पाँच हजारका दरले अनुदान उपलब्ध गराइएको शाखा प्रमुख विकको भनाइ छ । 

गाउँपालिकाले अनुदान प्राप्त गर्ने सबैलाई थोरै रकमबाट पनि कसरी राम्रो आयआर्जन बढाउन सकिन्छ भन्ने विषयमा एकदिने अभिमुखीकरण तालीमसमेत प्रदान गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने