पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>बैशाख १९, गोरखा ।</b> गोरखामा बेहुला पक्ष र बेहुली पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार साँझ ७ बजेतिर पालुङटार ४ मा भएको झडपमा जन्ती पक्षका ३४ वर्षीय विष्णु कुमालको निधन भएको प्रहरीले जनाएको छ।</p><p>घरेलु हतियारको प्रयोगबाट घाइते भएका उनलाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको राति निधन भएको एसपी भोला रावलले बताए।<br></p><p>घाइतेको मृत्यु भएपछि बिहीबार बिहानैदेखि त्यस क्षेत्रमा तनाव सिर्जना भएको इलाका प्रहरी कार्यालय पालुङटारले जनाएको छ। तनाव साम्य गराउन बिहीबार दिउसो चार सेल अश्रुग्यास प्रहार गरिएको एसपी रावलले जानकारी दिए । उनका अनुसार अहिले स्थिति नियन्त्रणमा छ। </p>

