Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रदेश नं २ को नाम र राजधानीसम्बन्धी प्रतिवेदन हस्तान्तरण

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १९, धनुषा । प्रदेश नं २ को नाम र स्थायी राजधानी बारे सुझाव सङ्कलन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

प्रतिवेदन हस्तान्तरणपछि डा झाले प्रदेशको नाम र राजधानीबारे जनता र जनप्रतिनिधिको राय सङ्कलन गर्न आठवटै जिल्लाको सदरमुकाममा सार्वजनिक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधि, नागरिक समाज, पेशागत सङ्घ सङ्गठन र सर्वसाधारणसमेतको राय सङ्कलन गरी प्रतिवेदन तयार पारिएको बताउनुभयो । मुख्यमन्त्री राउतले आयोगले जनभावना अनुरुप प्रस्तुत गरेको प्रतिवेदनमाथि मन्त्रिपरिषद्मा छलफल गरी नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभामा लैजाने प्रतिबद्धता जनाउनुभयो ।

भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, समाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा,  सुझाव सङ्कलन आयोगका सदस्यसहितको उपस्थिति थियो । रासस