Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पर्यटकीय सम्भावनायुक्त डोल्पातिर बरालिँदा

By साझासवाल 27 मिनेट पढाइ

पढ्न करिब 9 मिनेट लाग्छ
प्रकाशित:

झबिन्द्र भुसाल |

नेपाल पर्यटकीय हिसाबले प्रचुर सम्भवना बोकेको मुलुक हो । नेपालले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । विभिन्न पर्यटकीयस्थल मध्ये कर्णालीको हिमाली जिल्लाहरु  हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पामा पर्यटकलाई लोभ्याउने प्रशस्तै पर्यटकीय स्थलहरु रहेका छन् । ‘स्वर्गकी रानी’ मुगुको रारा ताल र विश्वकै सबभन्दा अग्लो स्थानमा रहेको शे–फोक्सुन्डो ताल, सेताम्मे हिउँले ढाकिएका रमणीय हिमश्रृंखला पर्यटकको पहिलो रोजाईमा पर्ने गर्छन् । यी स्थानहरुले विदेशी पयर्टक मात्र होइन आन्तरिक पर्यटकलाई समेत लोभ्याउने गरेका छन् । यी मध्येकै डोल्पा जिल्ला जहाँ जुफाल हिमाल,  शेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज र तालसहित विभिन्न धार्मिक तथा पर्यटकीय महत्व बोकेका गुम्बा, मन्दिर एवं विभिन्न थरिका महत्वपूर्ण बनस्पति तथा जडिबूटी पाइन्छन् । केही समय अघि कार्यक्रमको सिलसिलामा डोल्पातिर बरालिँदाको क्षणलाई यहाँ प्रस्तुत गरिएको छ:–

भौगोलिक हिसाबले काठमाडौँबाट टाढा रहेको कर्णालीका पाँच जिल्लामध्ये एक, सबैभन्दा ठूलो जिल्ला भनेर चिनिने डोल्पा (क्षेत्रफल ७८८९ वर्ग कि.मी.) को दुई दिने भ्रमणले केही भएपनि डोल्पालाई नजिकबाट देख्ने चिन्ने, बुझ्ने मौका मिल्यो । कार्यालय कामको सिलसिलामा हामी चैत्र २७ गते डोल्पा जानु थियो । धेरै प्रयास गर्दासमेत काठमाडौँबाट डोल्पाको लागि सिधैँ उडानको व्यवस्था नहुँदा अघिल्लो रात (चैत्र २६) नेपालगञ्जमा बिताउनुपर्ने गरी आवश्यक प्रवन्ध मिलाइएको थियो । हामी २६ गते साँझ ४:२० बजेको यति एयरलाइन्सबाट नेपालगञ्ज उडानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको डोमेष्ट्रिक टर्मिनलमा पुग्यौँ । हतारिँदै के पुगेका थियौँ, जहाजको उडान आधा घण्टा ढिलो हुने जानकारी आयो । आधाघण्टा नबित्दै एकघण्टा बढी ढिलो हुने दोस्रो जानकारी आयो । विभिन्न स्थानमा उडानको लागि प्रस्थानकक्षमा थुप्रै यात्रुहरू कुरिरहेको, समयमै उडान नहुँदाका पीडा व्यक्त गरिरहेको पाइन्थ्यो । करीब ५ः४५ बजे मात्र हामी जहाजमा चढ्यौँ । ५५ मिनेटको उडानपश्चात् नेपालगञ्ज विमानस्थानमा ओर्लियौँ । यहाँ ३२ डिग्री सेल्सियस तापक्रम रहेको थियो । नेपालगञ्जबाट डोल्पाको लागि २७ गते विहानस ५ः५५ को उडान समय दिइएकोले सहजताको लागि हामी विमानस्थल नजिकैको होटलमा रात बिताउने प्रवन्ध गर्यौं । भोलिपल्ट बिहान ४ बजे सबै भेट हुने निधो गरी छुट्टियौँ ।

बिहान ५:५५ को तारा एयरको उडानबाट डोल्पाको जुफाल (२७३५ मिटर) विमानस्थल हुँदै डोल्पाको सदरमुकाम दुनैमा जानुपर्ने थियो । टिकटमा एउटा समय निर्धारण गरिएको भए पनि बिहान हुम्ला गएर फर्किएपछि मात्र ८ बजेतिर डोल्पा उडान हुने यति एयरलाइन्सका कर्मचारीबाट जानकारी भयो । हामी टिकटमा लेखिएको समयमा उडान हुनुपर्ने, सोहीअनुसार डोल्पामा कार्यक्रम तय भएको छ भनी लामो छलफलपश्चात् तोकिएकै समयमा डोल्पा उडान हुने भयो । हामी विमानस्थलका सबै प्रक्रिया पूरा गरी ५ः४५मा तारा एयरको टुइनअटर विमानमा चढ्यौँ । १५ जनाको हाम्रो टोली, दुईजना अन्य यात्रु चालकदलका तीनजनासहित २० जना ६ बजे डोल्पाको जुफालको लागि उड्यौँ ।

माथिको तश्वीरमा:  स्थानीयबासीहरुद्वारा भ्रमणटोलीलाई स्वागत गरेपश्चात् खिचिएको सामुहिक तस्वीर

बिहानको मौसम सफा नै थियो । विमानमा चढ्दाबित्तिकै दुईवटा पहाडको बीचबाट हुँदै जहाज उड्ने, थोरै पनि यताउति हुँदा स्थिति खतरनाक छ भनेर शुभेच्छुक मित्रहरूले भनेको स्मरण गर्दै झ्यालबाट पहिले तराई समथर भूभाग त्यसपछि पहाडी भाग हुँदै हिमालका छायाँसँगै अघि बढिरह्यौँ । भित्रभित्रै डरत्रासले बास गरे पनि बाहिरी स्मरणीय दृश्य ठूल्ठूला पहाड, केही हरियाली, केही नाङ्गा पहाड, पहाडको टुप्पोमा सेताम्मे हिऊँ, चम्किलो घमाइलो दृश्य बडो रमाइलो थियो । कतिपय साथीहरू जहाजबाट पहाड हिउँ, समेत आउने गरी सेल्फी लिइरहनुभएको थियो । ३५ मिनेटको उडान समयमा जुफाल पुग्नु थियो । करीब २५ मिनेटको उडानपश्चात् दुवैतिरका अग्ला पडहाको बीको खोँच हुँदै जहाज अघि बढिरहेको थियो । १५ जनाको हाम्रो टोलीमा एकजना मात्र यसअघि डोल्पा पुगिसकेको बाहेक सबैको नयाँ गन्तव्य थियो । ठूल्ठूला पहाडको खाँेचबाट जहाज अघि बढ्दै गर्दा यात्रुहरूमा थप त्रास, डरको भावना समेत बढ्दै गए पनि सेताम्मे हिऊँसहितको सफा दृश्यले मन लोभ्याइरहेको थियो । जब हामी जुफाल विमानस्थलमा ओर्लियौँ स्वागतको लागि स्थानीय साथीहरू टीका, माला, खादासहित लामबद्ध बसिरहनुभएको थियो । स्वागतको टिका, मालाखादासहित हामीले जुफाल वरिपरिको दृश्यसहित फोटो खिच्यौँ । मौसम १२ डिग्रीसेल्सियस रहेको थियो । घाम लागिरहेकोले त्यति चिसोका अुनभव भएन । हामी नजिकै रहेको पत्रकार बालकृष्ण डाँगीको होटलमा केहीबेर चिया, पानी खाजासहित सुस्तायौँ । समय अघि बढिरेहेको थियो । हाम्रो लागि ३ वटा गाडी खोजिसकिएको थियो ।

माथिको तश्वीरमा: सामुदायिक तस्वीर खिच्दै भ्रमणटोली

जुफाल–दुनै क्षेत्रमा घुम्नको लागि प्रसिद्ध स्थान मध्ये त्रिपुराकोट मन्दिर (जहाँ सतीदेवीको अंग पतन भएको) दर्शन गरेपश्चात् मात्र दुनै फर्कने कार्यक्रम तय भएको थियो । साँघुरो कच्ची, हिलाम्मे बोटोमा तीनवटा गाडीमा हाम्रो टोली त्रिपुराकोटतर्फ लाग्यौँ । करिब ४५ मिनेटको यात्रापश्चात् गाडीबाट ओर्लिएर पारी देखिने त्रिपुराकोट मन्दिर दर्शन गर्न जानुपर्ने थियो । हामी करीब ३० मिनेटको पैदल यात्रापश्चात् त्रिपुराकोट मन्दिर पुगी दर्शन गरियो । भारतीय दूतावासले मन्दिर वरिपरि बाटो निर्माणको कार्य गरेको भन्ने स्पष्ट देख्न पढ्न पाइन्थ्यो । त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा पर्ने उक्त मन्दिर डोल्पाको प्रसिद्ध मन्दिरको रुपमा रहेको छ ।

माथिको तश्वीरमा:  त्रिपुराकोट मन्दिर

मन्दिर दर्शनपश्चात् केही तल बजारमा त्रिपुरासुन्दरी नगरपालिकाका मेयर, कार्यकारी अधिकृतसहितको टोलीले भव्य रुपमा स्वागत गरेको थियो । चियाखाजा एवं स्थानीयबजार नगरको अवस्था, विकासको अवस्था समेतका बारेमा छलफल भएको थियो । सम्भवतः नेपालको जेठो हुनुपर्छ नगरप्रमुख (मेयर) ओमबहादुर बुढाले सरकारले जनअपेक्षा अनुरुप प्रभावकारी रुपमा काम गर्न नसकेको, ठेक्कापट्टामा अल्झिएको डोल्पाको विकास विशेषगरी सडक यातायातमा ध्यान पुर्याउन नसकेकोले यो भ्रमण टोलीले विषय उठान गरिदिन समेत अनुरोध गरेका थिए ।

माथिको तश्वीरमा:  त्रिपुरासुन्दरी नगरपालिकाद्वारा भ्रमणटोलीलाई स्वागत गरेपश्चात खिचिएको सामुहिक तस्वीर

हामी अघि गाडी रोकिएको ठाउँबाट दुनैको लागि प्रस्थान गर्नुपर्ने थियो । गाडीहरू हामीलार्ई पर्खिरहेका थिए । १५ जनाको टोलीमा जुफाल र त्रिपुराकोटका केही पत्रकारसमेत थपिएर तीनवटा गाडी भरिभराउ थिए । करीब ४५ मिनेटको यात्रापश्चात् हामी ती गाडीबाट ओर्लिएर केहीपर खोलाको पुल तरेर अर्को गाडी चढ्नुपर्ने भएकोले सोही अनुसार आ–आफ्ना झोला समाना लिएर अर्को गाडीतर्फ लाग्यौँ । खोलाको कारण गाडी जान सक्ने अवस्था रहेनछ । पुल बनाउनको लागि ठेक्का सम्झौता भएर एकातर्फी पिलरसमेत बनेको तत्पश्चात काम सम्पन्न हुन नसकेको देखिन्थ्यो । स्थानीयलाई सोध्दा त्यति बनाएर पैसा खाएर ठेकेदारले काम नै नगरेकोले हामीलाई दुःख भएको भन्ने कुरा सुनियो । हुन पनि एयरपोर्ट जुफाल र सदरमुकाम दुनै जोड्ने एउटा सानो पुल यति धेरै सयमसम्म बन्न नसक्नु दुभाग्यपूर्ण नै हो भन्ने लाग्यो । साथीहरूले उक्त दुरावस्थाको फोटोलाई क्यामेरामा कैद गर्दै हामी अघि बढ्यौँ । करीब ३ कि.मि. को बाँकी यात्रापछि दुनै पुगिने रहेछ । केहीपर शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ नेपाली सेनाको खटिएको थियो ।

माथिको तश्वीरमा:  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज परिसरमा खिचिएको सामुदायिक तस्वीर

सुलिगाढ खोला तरेर पारी सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज शुरु हुने रहेछ । तहाँ रहेको सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज अंकित बोर्ड आउने गरी फोटो खिच्यौँ । ठूलीभेरीको तिरैतिर अघि बढ्दा करीब ३ किलोमिटर यात्रा तय गरेपछि दुनै पुगिने रहेछ ।

माथिको तश्वीरमा:  डोल्पाको सुलिगाढ खोला

बजार सानो, बाटो समेत साँघुरो, नदीको छेउमा खाेंचमा रहेको डोल्पाको सदरमुकाम दुनै ठूलीभेरी नगरपालिकामा पर्ने रहेछ । दिउँसैदेखि बेस्सरी हावा चल्ने, मोबाइलमा नेर्टवर्क समेत आउनेजाने भइरहने, बिजुली बत्ती विगत दुई महिनादेखि अवरुद्ध अझै ६,७ महिना बन्नलाई लाग्ने भन्ने जानकारी प्राप्त भयो । सञ्चारको हिसाबले समेत कठिन÷टेलिफोन मोवाइल सेवा समेत सहज नहुने रहेछ । डोल्पालाई कसैले माथिल्लो र तल्लो डोल्पा गरी दुई भागमा बाँडेर चर्चा गर्ने गरेको त कसैले माथिल्लो, मध्य र तल्लो डोला गरी तीन भागमा विभाजन गरी चर्चा गर्ने गरेको पाइयो । नगरक्षेत्र भनिने जुफाल, त्रिपुराकोट, दुनैमा त यति धेरै समस्या देखिन्छन् भने माथिल्लो डोल्पासहित डोल्पाका दुर्गम स्थानको विकासको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । जुफालमा एउटा, दुनैमा एउटा गरी दुईवटा स्थानीय रेडियो सञ्चालनमा रहेको र यिनको सेवा समेत त्यही वरिपरि मात्र सीमित रहेकोले अधिकांश डोल्पाका जनता सूचना प्राप्त गर्नबाट वञ्चित हुनुपरेको अवस्था स्पष्ट बुझ्न सकिन्थ्यो ।

माथिको तश्वीरमा:  दुनैमा अवस्थित रेडियो डोल्पा एफ.एम.

डोल्पा जाने भनेपछि धेरैजना साथीहरू यार्सागुम्बा लिएर आउनु भन्नुभएको थियो । सोही कुरा डोल्पाका मित्रहरूलाई सुनाउँदा यार्सागुम्बाको सिजन जेठ–असारबाट शुरु हुने हो । त्यतिखेर आउनुभयो भने केही लान पाइन्छ । अहिले त कहीँकतै केही पाइँदैन । अब सिजन शुरु हुन्छ, सबै त्यसको खोजीमा माथितिर लाग्छन् भन्ने कुरा पत्रकार महासंघ डोल्पाका पूर्वअध्यक्ष विष्णुलाल बुढाले बताउनुभयो ।

माथिको तश्वीरमा:  जिल्ला समन्वय समतिको सभाहरुमा कार्यक्रम समाप्तपश्चात् खिचिएको सामुहिक तस्वीर

प्रेस काउन्सिलको कार्यक्रमको लागि नेपाल पत्रकार महासंघ, डोल्पा शाखाले संयोजन गरी निमन्त्रणा गरिसकेको थियो । स्थानीय पत्रकार, नागरिक समाज, राजनीतिक दल, स्थानीय प्रशासन, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिसहित काठमाडौँ सञ्चारग्रामको टोली जिल्ला समन्वय समितिको हलमा करीब तीन घण्टा छलफलमा जुट्यौं ।

माथिको तश्वीरमा:  कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालद्वारा कार्यपत्र प्रस्तुत गर्दै

माथिको तश्वीरमा:  कार्यक्रममा प्रेस काउन्सिल नेपालका का.वा. अध्यक्ष किशोर श्रेष्ठद्वारा मन्तव्य राख्दै

काउन्सिलका अध्यक्ष, नेपाल पत्रकारमहासंघका अध्यक्ष, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष, सूचना तथा प्रसारण विभागका महानिर्देशकले सम्बन्धित क्षेत्रका विषयमा कुरा राख्नु भयो । खुला शत्रमा कुरा राख्ने करीब १२ जना स्थानीयहरुले ठूलीभेरी नगरपालीकाको केन्द्र सार्ने विषय र त्यसबाट उत्पन्न आन्दोलन, सोही विषयमा अदालतमा भएको मुद्दाले नगरपालीका ठप्प भएको र मिडियामा यस विषयले कम प्राथमिकता पाएको, विषयहरु तोडमोरड गरेर आउने गरेको, सन्तुलित हुन नसकेको, आचारसंहितामा ध्यान पुर्याउनु पर्ने साथै नगरपालीकाको विवाद विषयमा समाधानको लागि पहल गरिदिनुपर्ने विषय उठान गर्नुभएको थियो । कार्यक्रम उद्देश्यअनुरुप भव्य रुपमा सम्पन्न भयो । हामी दुनैबजार घुमफिरमा लाग्यौं । साथीहरु यहाँको लोकल उत्पादन वा लाने चिज के हो ? भन्दै खोजी गरिरहनु भएको थियो । कोसेली घर छ छैन? अन्यत्र जिल्लामा त हुने गर्छ भन्दै हुनुहुन्थ्यो । सिमीको दाल, जिम्मु, टिमुर, भाँगोलगायतका वस्तुहरुमा किन्न जुटिरहेका थियौँ ।

माथिको तश्वीरमा:  स्थानीय ब वस्तुको खोजी गर्दै भ्रमणटोलीका सदस्यहरु

किन्न मन लागे पनि भोलिपल्ट एयरर्पोटमा तौल धेरै भएर फ्याक्नुपर्ने हो कि भन्नेमा चिन्तित देखिनु हुन्थ्यो । १० देखि  १५ मिनेटको पैदल यात्रामा दुनैबजार घुमेर सकिने रहेछ । ठूलीभेरी छेउमा सुसाउँदै बगिरहेको थियो, खच्चडका घण्टीहरु घन्किरहेको थिए, सिरसिर बतास चलिरहेको थियो । यसले यात्रालाई थप रौनकता प्रदान गरेको थियो ।

माथिको तश्वीरमा:  स्थानीय पत्रकारसँग साक्षात्कार गरिँदै

माथिको तश्वीरमा:  ठूलीभेरी किनारमा खिचिएको सामुहिक तस्वीर

माथिको तश्वीरमा:  जुफालबाट देखिने मनमोहक हिमश्रृंखलाको दृश्य

दुनैको परिदर्शन पछि हामी बस्ने होटल केहीको मुरमर र केहीको बिल्यूसीप होटलतर्फ लाग्यौं । दिनभरको थकानले ओछ्यानमा नढल्दै निद्राले च्यापिसकेको थियो । मस्त निद्रामा के डुबेका थियौँ बिहान ४ बजेको मोबाइल घण्टीले ब्यूझ्यायो । हामी सबै एक घण्टाको यात्रापश्चात् जुफाल फर्किसकेका थियौँ । प्लेन हुम्ला गएर पर्केपछि मात्र हामीलाई लिन आउने हुँदा ८ बज्ने निश्चित थियो । हामी भलाकुसारी गर्दै थप दृश्य कैद गर्दै बस्यौं । जहाज आउनै लाग्दा मित्र बालकृष्ण डाँगीले टिका र खादा लगाइदिएर बिदाइ गर्नुभयो । छुट्न मन नहुँदा नहुँदै पनि ‘बाई–बाई’ भन्दै हामी जहाजमा चढ्यौँ । र, करीब ३० मिनेटको उडानपश्चात् नेपालगञ्ज पुग्यौँ ।

आशा छ, यति रमाइलो डोल्पा जिल्लाको यहाँहरुले समेत भ्रमण गरेर डोल्पालाई नजिकबाट देख्ने, चिन्ने र चिनाउने यात्रामा सरिक हुने कि ?

माथिको तश्वीरमा:  जुफाल विमानस्थलबाट भ्रमणटोली काठमाडौँ प्रस्थान गर्दै

फोटो: बिपुल पाण्डे