२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज नेपाल बन्द कसले गरेको ? न विप्लब जान्दछन् न त माओवादीबाट फुटेका अन्य नेताहरु

२०७६, २३ बैशाख सोमबार ०३:४३

वैशाख २३, काठमाडौँ | बैशाख २३ गते (आज) नेपाल बन्द भन्दै धेरै झुक्कीएका छन् । तर नेपाल बन्द गरेको भनिएको नेपाल कम्युनिष्ट पार्टीले आज आफ्नो पार्टीले नेपाल बन्द नगरेको स्पष्ट पारेको छ । त्यसो त पूर्वमाओदीबाट फुटेर छुट्टाछुट्टै पार्टी खोलेर बसेका नेताहरुलाई समेत यस बिषयमा थाहा छैन । 

नेपाल बन्दको समाचारहरु व्यापक रूपमा सामाजिक सञ्जालमा आएपछि उक्त नेपाल बन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको हो कि भन्ने भ्रम सबैमा परेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको बन्दको कुनै कार्यक्रम नरहेको जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेका आफ्ना कार्यक्रहरु अगाडि बढिरहेको हुनाले अहिले पार्टीले बन्दको कुनै पनि कार्यक्रम नरहेको बताईरहेको बेला जनमानशमा भ्रम छर्ने काम कसले गर्यो भन्ने बारे अनुसन्धान गर्नुपर्ने देखिएको छ । केहि दिन अघिदेखि प्रतिबन्ध र धरपकडको बिरोधमा नेकपाले बैशाख २३ गते (सोमबार) बन्दको आह्वान गरेको हल्ला सामाजिक संजालमा भाइरल भैरहेको छ । 

गत बैशाख १९ गते नेपाल कम्युनिष्ट पार्टी माओवादी लुम्बिनी ब्युरोको लेटर हेडमा २३ गते नेपाल बन्द भन्दै एउटा प्रेस बिज्ञप्ति जारी भएको थियो । जनतालाई झुक्किने शैलीमा सार्वजनिक भएको उक्त बिज्ञप्तिमा कमरेड प्रताब भन्ने नाम उल्लेख छ । 

'नेपाल कम्युनिष्ट पार्टी माओवादी' को नामबाट आएको हुनाले उक्त लेटर हेड विप्लब नेतृत्वको पार्टी नेकपाको नभएको स्पष्ट छ । त्यसमा पनि विप्लब नेतृत्वले आफूहरुले बन्द नगरेको भनेको छ । यस्तो अवस्थामा उक्त बिज्ञप्ति अर्कै पार्टीले गरेको स्पष्ट छ । उक्त बिज्ञप्तिमा जनतामाथि गरिएको चरम दमन प्रतिबन्द र जनताका जनजिवीका राष्ट्रियता र दलाल सरकारका क्रियाकलाप विरुद्ध हाम्रो पार्टीले वैशाख २३ गते नेपाल बन्द आवहान गरको हुँदा उक्त दिन लुम्बिनी अंचलका सबै जिल्लाहरु बन्द गरि सहयोग गर्न भनिएको छ । 

अहिले पार्टीको रुपमा चिनिएका पार्टीको नामहरुमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सुलभ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र गोपाल किराती नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी कुन र कसको नेतृत्वको पार्टी हो भन्ने कुरा त्यति प्रचारमा छैन । यस बिषयमा पूर्व माओवादीमा आवद्ध नेता तथा छुट्टिएर गएका माओवादी समूहले समेत आफूहरुलाई जानकारी नभएको स्पष्ट पारेका छन् । उनीहरुले कुनै २/४ जनाको समूहले बन्दको बिज्ञप्ति प्रचार गरेको बताएका छन् । 

आज बन्द भन्ने हल्ला ब्यापक भएपछि आज बिहान उपत्यकाबाट चल्ने धेरै सवारी चालकहरु अन्यौल देखिए । सर्वसाधारणहरुले हिजैदेखि बन्दको बिषयमा जानकारी लिन खोज्दै थिए । बन्द विप्लब नेतृत्वले नगरेको भन्ने समाचारहरु आएपछि मात्र आज बन्दको प्रभाव नरहने भन्दै प्रचार भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय