२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला : तुइन र ट्युबको ठाउँमा झोलुङ्गे पूल, चार ठाउँमा झोलुङ्गे पुल निर्माणको बोलपत्र हुँदै

२५ बैशाख २०७६, बुधबार ११:१९

नरेन्द्रसिह कार्की,  बैशाख २५,  दार्चुला ।  व्यास गाउँपालिका–५ तिगरमका नन्दा कुवरको दैनिक अचेल सहज बनेको छ । उहाँलाई दुई वर्षअघिसम्म तुइन तर्न अरु साथी खोज्नु पथ्र्यो । डरलाग्दो महाकाली नदीमा एक्लै तुइन तर्न सकिने अवस्था थिएन् ।  

दुई वर्षअघि दुई दशकदेखिको सपना तुइनको सट्टा झोलुङ्गे पुल निर्माण भएपछि उहाँको दैनिक सहज बनेको हो । अब उहाँलाई एक्लै नेपाल भारत आवतजावत गर्न कुनै समस्या छैन । निर्वाध रुपमा नेपाल भारत सामान ओसारपसार गर्नेदेखि खलंगा आवतजावत गर्न निकै सहज भएको छ । उहाँको जस्तै अनुभव अर्का स्थानीयवासी राजमति भट्टको छ । बर्खाका बेला कहिल्यै एक्लो नहिँडेका उहाँ अचेल जस्तोसुकै अवस्थामा वारपार गर्न सक्नुहुन्छ । उहाँलाई दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न होस् वा खलंगा केटाकेटी पढाउन सजिलो भएको छ । 

तुइन विस्थापनपछि नागरिकको दैनिकी फेरिएको छ । झोलुङ्गे पुलबाटै सहजै सामान ढुवानी हुँदा नयाँ घर निर्माणदेखि खाद्यान्न ढुवानी हुने गरेको छ । “गाउँमा उत्पादन भएको मकै बेचेर पारी भारतको धारचुला गएर चामल लिन सजिलो छ”, उहाँले भन्नुभयो । गाउँको उत्पादन शहर र शहरको उत्पादन सजिलै गाउँ पुगेको छ । गाउँमा ग्याँस चुलोको पहुँच भएको छ । दाउँरा बाल्नुपर्ने ठाउँमा ग्यासको प्रयोग हुन थालेको छ । तुइनको कष्टकर र जोखिमपूर्ण यात्रा अन्त्य गर्दै निर्माण गरिएको झोलुङ्गे पुलले गर्दा सबैलाई फाइदा पुगेको छ । 

कयौँले त्यहि तुइनमार्फत वारपार गर्दा ज्यान गुमाएका थिए । विगतका समस्याका दिन अब सकिएका छन् । विसं २०७४ मै तुइन विस्थापनअन्तर्गत झोलुङ्गे पुल निर्माण गरिएपछि तिगरम वस्तीलाई मात्र नभएर व्यासको धौलाकोट, वडा नं ६ को हुतीका स्थानीयलाईसमेत आवतजावतमा सजिलो भएको उहाँले बताउनुभयो । केपि शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन नीति ल्याउनुभएको थियो । सोही नीतिअनुसार अहिले दार्चुलाका दुई ठाउँमा तुइन र एक ठाउँमा ट्युब विस्थापन गरिएका छन् । तुइन विस्थापनले गाउँमा सहज रुपमा योजनाका काम सञ्चालन हुन पाएका छन् । 

झोलुङ्गे तर्ने सपना

लेकम गाउँपालिका–३ लालीका एगडे टमटालाई ट्युबको सट्टा झोलुङ्गे पुल भएर आवत जावत गर्ने ठुलो रहर छ । ट्युब विस्थापन अन्तर्गत झोलुङ्गे पुल निर्माण गरिएको छ । तर पुलमा आवतजावत गर्न दिइएको छैन् । झण्डै पाँच महिना हुन लाग्यो पुल निर्माण गरिएको । स्थानीय वर्षौदेखिको ट्युबको जोखिम अन्त्य गर्दै झोलुङ्गे पुलमार्फत आवत जावत गर्ने सपना बुन्दैछन् । 

यहाँका बासिन्दा विगतमा पुल नहुँदा आधा दर्जन ट्युब बाढीले बगाउँदा ज्यान गुमाएको दृष्य विर्सने तरखरमा छन् । टमटाले भन्नुभयो, “ट्युब विस्थापन गरेर झोलुङ्गे पुल बनाउने प्रधानमन्त्री ओली धन्यवादका पात्र हुनुहुन्छ, तर पुल बनेपनि हिड्न नपाएकामा दुःखी छौँ ।” पाँच महिनासम्म कागजी प्रक्रिया पूरा नहुनुले उहाँ मात्रै होइन त्यहाँका अरु नागरिकलाई पनि समस्या भइरहेको उहाँले सुनाउनुभयो ।

पचहत्तर वर्षीया पुट्कीदेवी विष्ट विरामी हुनुभएको छ । पूल निर्माण पछि ट्युब व्यवसाय चलाउनेहरु पनि अरु कामतिर लागेका छन् । आज भारत उपचार गराउन लग्नुपर्ने भए पनि ट्युब चलाउने मान्छे नपाउँदा रोकिनुप¥यो । पुलमा नियमित आवत जावत गर्न दिएको भए विरामीको चाँडो उपचार हुने थियो । ज्यान जोखिममा हुँदा पनि झोलुंगे पूलबाट आवत जावत गर्न दिइएको छैन् । 

झोलुङ्गे  पुल निर्माणपछि दुवै देशका अधिकारीले दुई पटक संयुक्त अनुगमन समेत गरेका छन् । पछिल्लो समय भारतको पिथौरागढका जिल्ला अधिकारी परिवर्तन भएका कारण पुल सञ्चालनका लागि ढिला भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँरले बताउनुभयो ।

भारत पिथौरागढ जिल्ला अधिकारी (डिएम )विजय कुमार जोगदंडे तथा दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी कुवँरले पुलको निरीक्षण गरेका हुन् । भारतीय अधिकारीले आफुले पुलको कागजात अध्ययन गरेपछि एकसाता भित्र नियमित आवतजावतका लागि प्रक्रिया अघि बढाउने बताउनुभएको सहायक प्रजिअ कुवँरले बताउनुभयो । दुवै तिर सुरक्षा अधिकारी बस्ने पोष्ट, खानेपानी, शौचालय लेकम  गाउँपालिकाको बजेटमार्फत निर्माण गरिएको छ । 

चार ठाउँमा झोलुङ्गे पुल निर्माणको बोलपत्र हुँदै

केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि तुइन तथा ट्युब विस्थापन अधुरा रहेका ठाउँमा अहिले पनि विस्थापनको कार्यक्रमलाई निरन्तरता दिइएको छ । दार्चुलामा अझै आधा दर्जन ठाउँमा तुइनमार्फत आवत जावत भइरहेको भन्दै थप चार ठाउँमा तुइन विस्थापन गर्ने लक्ष्य लिइएको छ । तुइन विस्थापनअन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गत रहेको सस्पेन्सन व्रिज डिभिजन कार्यालयले चार ठाउँमा झोलुङ्गे पुल निर्माणका लागि बोलपत्र निकाल्ने तयारी गरेको छ । 

विगतमा भारतीय पक्षले झोलुङ्गे पुल निर्माणका लागि सहमति पत्र दिएको थिएन् । अहिले सहमति दिएपछि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले एक हप्ता भित्रै नयाँ बोलपत्र निकाल्ने तयारी गरेको योजना प्रमुख कुमार थापाले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमार्फत सबै कागजात आइसकेका छन् । “परराष्ट् मन्त्रालयमार्फत अन्तिम रुप हुने वित्तिकै एकसाता भित्रै बोलपत्र गर्ने तयारी छ”, उहाँले भन्नुभयो । 

पछिल्लो समय व्यास गाउँपालिकाको वडा नं २ माल, व्यास–४ मलघट्टे, वडा नम्बर ६ को बडुगाउँ तथा मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ बाकुमा झोलुङ्गे पुल निर्माणको तयारी गरिएको छ । चार ठाउँमा झोलुंगे पूल निर्माणपछि दार्चुलामा तुइन तथा ट्युब विस्थापनको काम सकिने छ । व्यास गाउँपालिकाले समेत तुइन निर्माण गरिएका ठाउँमा झोलुंगे पूल निर्माण छिटो गर्न माग गरिएको गाउँपालिकाका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा