२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लबलाई काठमाडौँमै कार्यालय खोलेर आन्दोलन गर्न किरातीको अपिल (भिडियो सहित)

२०७६, २७ बैशाख शुक्रबार १५:४३

वैशाख २७, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले विप्लव नेकपालाई काठमाडौँमा आएर कार्यालयनै खोलेर आफ्नो राजनीतिक आन्दोलन अगाडी बढाउन आग्रह गरेका छन् | पाँच पार्टीद्वारा आज काठमाडौँको शान्तिवाटिकामा आयोजित बिरोधसभामा बोल्दै किरातीले यस्तो अभिव्यक्ति दिएका हुन् | 


अध्यक्ष किरातीले इन्डो प्यासीफिक कमाण्डको बिरोध गर्दै आउँदो न जादो नेपालसँगको सम्बन्धमा अमेरिकाले नेपालको काठमाडौँमा कोरियाको सिउलमा जस्तै अमेरिकी सेनाको ब्यारेक बनाउने रणनीति लिएको खुलाशा गरे | उनले १ करोड भारतीयलाई नागरिकता दिने  गोप्य सहमतिको आधारमा सिके राउत र ओली-प्रचण्ड मिलेर नागरिकता वितरण गरेको आरोप लगाए | उनले सर्वोच्च अदालतले नागरिकता वितरणको काम रोक्दारोक्दै पनि जबर्जस्ति नागरिकता वितरण भईरहेको बताए | 

किरातीले नेपालको राष्ट्रघातबिरुद्ध यहाँको राष्ट्रिय नारा 'राष्ट्रिय प्रतिरोध क्रान्ति जिन्दावाद, टिस्टा कांगडा फिर्ता गर' हुनुपर्ने अभिव्यक्ति दिए | उनले भने अब यो नारा बोकेर आन्दोलनमा जानु आवश्यक भएको भन्दै यदी यो आन्दोलनमा नगए नेपालमा धेरै ठूलो क्षति हुन जाने सम्भावना भएको उनले बताए | उनले भने 'कानुनी रुपमा स्वतन्त्र मूलुकमा हामी जन्म्यौ, प्रत्यक्ष रुपमा उपनिवेश हामीले भोगेनौं तर हाम्रो पुस्तामा त्यो भोग्नुपर्ने परिस्थिति आउँदैछ |' 

कार्यक्रममा बोल्दै किरातीले पूर्व राजा ज्ञानेन्द्रको अनुहार हेर्न जनताको भीड लाग्ने गरेको भन्दै टिस्टा काँगडा फिर्ता आन्दोलनमा संलग्न भएमा राजा ज्ञानेन्द्रको श्रीपेचबारे पनि सोच्न सकिने बताए |


उनले दिएको अभिव्यक्ति भिडियोमा हेर्न सक्नुहुनेछ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो