३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-खडेरीको मारमा कृषक

२४ बैशाख २०७३, शुक्रबार ०३:४१

लामो सयमदेखि पानी नपरेका कारण यतिबेला जताततै कृषकहरु  पानीको लागि हारगुहार गरीरहेका छन् । ठाउँठाउँमा पानीका देव इन्द्र र महादेवलाई खुसी पारी पार्न पर्छ भनेर अखण्ड कृतन तथा भजन गाउने कृषकको यतिबेला ठाउँठाउँमा भेटिन थालेका छन् । कतै बली दिएर भगवानको पुजा गरेर त कतै भजन कृतन गरी भगवानलाई खुसी तुल्याउन यतिबेला कृषकहरु तल्लीन छन् ।

लामो समयदेखि परेको खडेरीका कारण हिउँदेबाली तथा यतिबेला खेतबारीमा भएका मकै हिउँदे धान, गहुँ, मुसुरो, चना, जौ, आलु, तरकारी बालीअन्तर्गत टमाटर, काउली, बोडी, आँप, लिचीलगायत अन्य खेती सुकेर मर्न थालेका छन् भने कतिमा त्यसको प्रभाव अतिनै बढेको। बर्षा शुरु भैसकेता पनि पानीको अभावका कारण कृषकले धानको विउ राख्नको लागि कठिन भैरहेको छ । भने लामो खडेरीका कारण जताततै आगोलागीका घटना पनि दिनप्रत्येक दिन बढिरहेका छन् ।

लामो खडेरीका कारण यसबर्ष  कृषिउत्पादनमा कम हुने पक्कापक्की छ जसको प्रत्यक्ष असर समग्रह आर्थिक वृद्धिमा पर्ने देखिन्छ । भूकम्प र लामो नाकाबन्दीका कारण देशका मौलाएको कालो अर्थतन्त्रलाई छिचोल्दै  तंंग्रिन खोज्दै गरेको अर्थतन्त्र फेरि खडेरीको मारमा परेको छ। गत वर्षभन्दा यो वर्ष खडेरी लम्बिँदा पानी चाहिने मौसममा अधिकांश मुहानसमेत सुकेर देशभरका किसानले सिँचाइ गर्न सकेका छैनन्। खडेरीका कारण गरिबीको       रेखामुनि रहेका करिब ७ लाख किसानको बिचल्ली हुने पक्का छ भने       यता सरकारको चालु आवधिक योजनाको गरिबीलाई १८ प्रतिशतमा झार्ने सरकारको लक्ष्य असफल हुने निश्चित छ। चर्को खडेरीका कारण           देशभरी गरी २० देखि ८० प्रतिशतसम्म बाली नष्ट भएको तथ्याङ मन्त्रालयले राखेको छ ।

खडेरीका कारण देशमा देखिएको कृषि क्षेत्रको भयावहक स्थीतिले यस वर्ष अर्बौंको खाद्यान्न आयात गर्नुपर्ने देखिन्छ र त्यसले व्यापार घाटा झन् बढ्ने पक्का छ। कृषि क्षेत्रमा खडेरीले पारेको संकटका कारण प्रतिस्पर्धाको रुपमा मानिएको कृषि क्षेत्रमानै आयात गर्नुपर्ने भएपछि व्यापार घाटा भयावह रुपमा बढ्ने पक्का छ। आकाशे पानीको भरमा खेती गर्नुपर्ने समयमानै कृषितन्त्रमा देखिएको खडेरीका कारण यस बर्षको आर्थिक   भार आयातमा नै जाने पक्का नै छ । जसका कारण कृषि क्षेत्रमा राज्यले      गरेको लगानीमा समेत खडेरीले प्रभाव पार्ने देखिन्छ । समयमानै पानी नपर्दाको पीडा सवै भार खाद्यन्न आयात र समग्रह अर्थतन्त्रमा देखिने पक्का छ जसका कारण देशको अर्थतन्त्र नाजुक हुने स्थीति पक्कापक्की छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट