2026-07-09 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थी सङ्गठनले माउपार्टीको एजेण्डा बोकेपछि…

शरद शर्मा | जेठ १, काठमाडौँ | नेपालका विद्यार्थी सङ्गठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खोल्न पाउनुपर्ने, गोर्खा भर्ती केन्द्र खारेज गर्नुपर्ने, सम्पूर्ण असमानसन्धी खारेज गर्नुपर्ने र पक्राउ परेका विद्यार्थी नेतालाई रिहाई गर्दै आन्दोलन गरेको दिनलाई स्मरण गर्दै आज विद्यार्थी सङ्गठनले ‘५५औँ विद्यार्थी दिवस’ मनाएका छन् । 

यद्यपि विद्यार्थी हकहितका मुद्दाभन्दा आ–आफ्ना माउपार्टीको मुद्दालाई स्थापित गराउनेतर्फ उन्मुख भएको विद्यार्थी सङ्गठनले अहिले ‘विद्यार्थी दिवस’ मनाउँदा विद्यार्थी आन्दोलनको औचित्य घट्दै गएको छ । दिवसको अवसरमा आज प्रमुख विद्यार्थी सङ्गठनले उपलब्धिमूलक कुनै कार्यक्रम आयोजना गरेनन् । अनेरास्ववियु, अनेरास्ववियू (क्रान्तिकारी), नेपाल विद्यार्थी सङ्घले विद्यार्थी दिवसलाई सम्झनेमात्र गरेका छन् । 

बिहान अनेरास्ववियु र क्रान्तिकारीले प्रभातफेरी गरी दिवस मनाएको थियो भने अखिल (छैंठौ)ले दिउँसो दिवसकै अवसर पारेर ‘राष्ट्रियताको सङ्कट र विद्यार्थी आन्दोलन’बारे अन्तक्र्रिया कार्यक्रम राखेको थियो । विसं २०२१ जेठ १ गते आफ्ना मुद्दा स्थापित गराउन तत्कालीन पञ्चायत सरकारविरुद्ध विद्यार्थी सङ्गठनले गरेको आन्दोलनको स्मरण गदै हरेक वर्ष आजकै दिन विद्यार्थी सङ्गठनले विद्यार्थी दिवस मनाउने गर्दछन् । 

विसं २०२१ वैशाखमा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको क्रियाशीलता र व्यवस्थापनमा उपत्यकाव्यापी अन्तर कलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । पाँच दिनसम्म चलेर सम्मेलन भव्यताका साथ सम्पन्न भएको खुशीयालीको विजय भावमा जेठ १ गते विद्यार्र्थीको विशाल जुलुस प्रदर्शन भएको थियो । उक्त जुलुसमाथि पञ्चायती सरकारले विद्यार्थी जुलुसमाथि दमन गर्दा १५० भन्दा बढी विद्यार्थी गिरफ्तार छाड्नका लागि उपत्यकाव्यापी आम हड्ताल शुरू भयो ।

फलस्वरूप स्ववियु खोल्न पाउने अधिकार र बन्दी विद्यार्थी रिहाइसहित अन्य कतिपय माग पूरा गर्न पञ्चायती सत्ता बाध्य भयो र आन्दोलन शुरु गरेको दिनलाई स्मरण गर्दै सबै विद्यार्थी सङ्गठनले ‘विद्यार्थी दिवस’ (एकता र विजय दिवस) को रूपमा मनाउँदै आइरहेका छन् । त्यतिबेला समग्र न्यायको पक्षमा आवाज उठाउने विद्यार्थी सङ्गठन अहिले राजनीतिक दलका भातृ सङ्गठन बनेर विद्यार्थी आन्दोलनप्रति रुचि घट्दै देखिएको छ । 

अनेरास्ववियुका पूर्व अध्यक्ष ठाकुर गैरेले जुन उत्सवका रुपमा दिवस मनाउनुपर्ने हो त्यो नभएर दिवसलाई खाली दिवस भनेर सम्झने काम मात्र विद्यार्थी सङ्गठनले गरेको बताउनुभयो । उहाँले त्यतिबेलाको आन्दोलनको जगलाई टेकेर अहिले मुलुकमा गणतन्त्र आए पनि अहिले विद्यार्थी विद्यार्थीका मुद्दाभन्दा पनि मातृपार्टीका मुद्दामा बढी केन्द्रीत भएको बताउनुभयो । 

“आन्दोलनबाट प्राप्त दिवसलाई जुन उत्सवका रुपमा मनाउनपर्ने हो, त्यो विद्यार्थी सङ्गठनका कारण हुन नसकेको हो”, उहाँले भन्नुभयो, “त्यतिबेलाको आन्दोलनलाई स्मरण गर्दै विद्यार्थी आन्दोलन समाजवाद हासिल गर्न तर्फ अग्रसर हुनुपर्दछ ।”

नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष प्रदीप पौडेलले विद्यार्थीका वर्गीय मुद्दाभन्दा पनि मातृपार्टीका मुद्दामा बढी स्थापित गराउन विद्यार्थी सङ्गठन लागेको बताउनुभयो । “विद्यार्थी सङ्गनठले वर्गीयभन्दा आफ्ना माउपार्टीका मुद्दामा केन्द्रित भए”, उहाँले भन्नुभयो, “जसले गर्दा शिक्षा सुधार र अन्यायका विरुद्ध सधैँ आवाज उठाउने विद्यार्थी सङ्गठन अहिले माउपार्टीका मुद्दा लिएर आन्दोलन गर्ने गरेका छन् ।”

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले तत्कालीन पञ्चायती सत्तालाई झुकाएर आफ्नो माग पूरा गर्ने दिनको रुपमा विद्यार्थीले मनाउने दिवसलाई अहिले विद्यार्थी सङ्गठनले खासै चासो नदिएको पाइएको बताउनुभयो । उहाँले विद्यार्थी सङ्गठनले अहिले विद्यार्थीको मुद्दाभन्दा आफ्नो दल, नेताले भनेका विषयलाई मुद्दा बनाएर आन्दोलन गर्ने भएकोले विद्यार्थी आन्दोलनमाथि नै प्रश्न चिन्ह खडा भएको बताउनुभयो ।

“अहिले विद्यार्थी सङ्गठन विद्यार्थीका मुद्दाभन्दा नेताका घर धाउने, नेताको मन नदुखाउने जस्ता कार्य गर्दैआइरहेका छन्”, उहाँले भन्नुभयो, “यसले पक्कै पनि विद्यार्थी आन्दोलनलाई नोक्सान पु¥याइरहेको छ ।”उहाँले सधैँ अन्याय र भ्रष्टाचारविरुद्ध लड्ने विद्यार्थी सङ्गठनले आन्दोलनलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । अखिल (छैठांै)का अध्यक्ष विमल पोखरेलले विद्यार्थी सङ्गठनले दिवस मनाउनुभन्दा पनि आफ्नो दलको विचार धारा बोक्ने गरेको बताउनुभयो । 

उहाँले विद्यार्थी आन्दोलनको एजेण्डामा नै विद्यार्थी सङ्गठनबीच विभाजित भएकाले दिवससँगै नमाएर फरक÷फरक तरिकाले मनाउने गरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो