२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार – वेटर/वेट्रेस तालिमको पाठ्यक्रम हेर्नुहोस्

२ जेष्ठ २०७६, बिहीबार १२:५३

सास (काठमाडौँ) | वैदेशिक रोजगार विभागले २०७६ असार १५ गतेदेखि रोजगारमुलक सीप नसिकेका कामदारलाई श्रम स्वीकृति नदिने भएसँगै बैदेशिक रोजगारीमा जान चाहने युवाहरुले रोजगारमुलक सीप सिकाईको जानकारी लिन अत्यावश्यक देखिएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गत बैशाख १६ गते स्वीकृत रोजगारमुलक सीप बिकास तालिम सञ्चालन कार्यविधि, २०७५ अनुसार विभागले आगामी असार १५ पछि वैदेशिक रोजगारमा जाने कामदारहरुका लागि सीपमूलक तालिम प्रमाण पत्र (स्किल सर्टिफिकेट) अनिवार्य गर्न लागेको हो । यो नीतिसँगै बैदेशिक रोजगारीमा जान चाहने युवायुवतीहरुले सुचीकृत तालिम प्रदायक संस्थाबाट तालिम लिनु अत्यावश्यक हुने भएको छ । 

सीपमूलक कामको लागि वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले श्रम स्वीकृति लिनु अघि बैदेशिक रोजगार बिभागबाट स्वीकृति प्राप्त तालिम प्रदायक संस्थाद्वारा दिइने सम्बन्धित विषयको तालिम लिएको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । कम्तीमा तीस कार्य दिन (कूल १६० घण्टा) को कोर्ष हुने तालिमका लागि प्रशिक्षार्थीहरूको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको बिद्युतीय हाजिरीको दैनिक अभिलेख राखी कडाई गरिनेछ । 

सिपमुलक तालिम संचालनको लागि बिभिन्न ८ विधामा तालिमको पाठ्यक्रम निर्धारण गरिएको छ । जस अन्तर्गत हाउस किपिङ, स्टिल फिक्सर, वेटर/वेट्रेस, मेशन, सेक्यूरिटी गार्ड, कुक, प्लम्वर र हाउस पेन्टिङ तालिम पाठ्यक्रम हेर्न तथा डाउनलोड गर्न 'बैदेशिक रोजगार' मोबाइल एप आफ्नो मोबाइलमा राख्न सक्नुहुन्छ । तल तपाइले वेटर/वेट्रेसबारे जानकारी र त्यसको निर्धारित पाठ्यक्रम अध्ययन गर्न सक्नुहुनेछ ।  

वेटर/वेट्रेसबारे जानकारी

वेटरको काम भनेको रेष्टुरेन्टमा पाहुनालाई खाना र पेय पदार्थको सर्भिस दिने, मिजा सिङ गर्ने र पाहुनाले खाना, पेय पदार्थ खाएको जुठो भाडा उठाउने र पाहुनाको टेवल सफा गर्ने व्यक्ति हो । 

वेटरले मिजा प्ला, मिजा सिन गर्ने, टेवल सेटअप गर्ने, संधै ब्रफीङमा हाजिर हुने, रेष्टुरेन्टमा चाहिने सामग्रीहरु स्टोरबाट ल्याउने, रेष्टुरेन्टमा चाहिने सफा कपडाहरु लण्ड्रिमा दिने/लिने, सहि टेवलमा सहि पाहुनलाई खाना तथा पेय पदार्थको सर्भिस दिने, जुठो भाँडाहरु टेवलबाट हटाउने, आवश्यक परेमा पाहुनाको बिल दिने जस्ता काम गर्नुपर्ने हुन्छ । 


वेटरले पाहुनाको स्वागत सत्कारमा निकै ध्यान दिनुपर्ने हुन्छ । राम्रो सेवा दिन सके टिप्स समेत पाउन सकिन्छ । पाहुनाको हराएको वा खोजेको सामान राम्रोसँग पहिचान गरेर फिर्ता दिने, शारीरिक अशक्त पाहुनालाई राम्रोसँग आदारसत्कार गर्ने, सबै पाहुनासँग राम्रो बोलीले सत्कार गर्ने, किस्तीहरु, काटाचम्चाहरु राम्रोसँग बोक्ने, खाना तथा पेय पदार्थ बोक्दा सहि ढंग पुर्याउने, नाप्किन फोल्ड गर्ने, टेवल मेनुको आधारमा टेवल सेटअप गर्ने, पाहुनाको अगाडी हसिलो र फुर्तिलो बन्ने, आफू सफा र सुग्घर रहने जस्ता काम गर्नुपर्छ । 

यस सम्बन्धि पाठ्क्रम तल हेर्नुहोस् वा यहाँ क्लिक गरि डाउनलोड गर्नुहोस् 
Download Size: 2.02 Mb


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान