२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुट अन्त्य नभएसम्म काङ्ग्रेस बलयोि हुन सक्दैन : सभापति देउवा

२०७६, ३ जेष्ठ शुक्रबार ०९:३५

जेठ ३, काठमाडौँ  । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ । 

प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको हो । 

“पार्टीको आन्तरिक कारणमात्र नभएर दुई कम्युनिष्ट पार्टी एकीकरण हुँदा पार्टीले निर्वाचनमा पराजय भोगेको हो”, उहाँले भन्नुभयो । 

मुलुकमा कम्युनिष्ट विचार बोक्नेको जित र प्रजातान्त्रिक विचारधारा बोक्ने दल काङ्ग्रेसको हारको जिम्मा प्रजातान्त्रिक विचार समाजले समेत लिनुपर्ने उहाँको भनाइ थियो । “आगामी निर्वाचनमा विजयी हुने गरी देशभर लोकतान्त्रिक विचार प्रवाह गर्न समाज लाग्नुपर्छ”, सभापति देउवाले भन्नुभयो । अन्तरघात मुक्त काङ्ग्रेस निर्माणमा प्रजातान्त्रिक विचार समाज लाग्नुपर्नेमा  उहाँले जोड दिनुभयो । 

सभापति देउवाले पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाले पार्टी पराजय भएको उल्लेख गर्दै काङ्ग्रेसभिक्र सशत्त एकताको खाँचो रहेको बताउनुभयो । 

काङ्ग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सरकारका गतिविधि जनताको हितविपरीत भएको भन्दै सरकारविरुद्ध सङ्घर्षमा जानुपर्ने बेला आएको बताउनुभयो । 

पार्टीका पूर्वमहामन्त्री सिटौलाले पार्टी आन्तरिक प्रतिस्पर्धाभन्दा कलहमा फस्दा समस्या उत्पन्न भएको बताउँदै पार्टीभिक्र सैद्धान्तिक, नीति, कार्यत्रममा आधारित एकता आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । 

नेता सिटौलाले प्रेस स्वतन्त्रताको पक्षमा काङ्ग्रेस सधैँ दृढ रहेको पनि स्पष्ट पार्नुभयो । 

काङ्ग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारले लोकतन्त्रको आवरणमा निरङ्कुशको बाटोमा अगाडि बढ्न खोजेको बताउनुभयो । मिडिया काउन्सिल, मानवअधिकार, राष्ट्रिय सुरक्षा परिषद् विधेयकले सरकारले सत्ता कब्जा गर्ने खेल गरेको आरोप लगाउँदै उहाँले पार्टीभित्रको जागरण अभियानका लागि स्वजागरण अभियान आवश्यक रहेको बताउनुभयो ।   

काङ्ग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले काङ्ग्रेसले लिएको प्रजातन्त्र, राष्ट्रियता र समाजवादको बारेमा देशभर प्रजातान्त्रिक विचार समाजले बहस चलाउनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 

समाजका अध्यक्ष डा केदारनरसिंह केसीले पार्टीभित्रको मतभेदले काङ्ग्रेसलाई फाइदा पुग्दैन, प्रजातान्त्रिक विचार समाज सबै नेता तथा कार्यकर्तालाई समेटेर अगाडि बढ्न चाहन्छ भन्दै समाजले आगामी दिनमा सबै जिल्लामा शाखा विस्तार गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले काङ्ग्रेसले विभाग र भ्रातृ संस्थालाई खाली गरेर जागरण अभियानमा जानु सान्दर्भिक कुरा नभएको बताउनुभयो । समाजका पूर्वअध्यक्ष प्रा डा चन्द्रलाल श्रेष्ठ, नेपाल बार एशोसिएशनका महासचिव लक्ष्मण पौडेल, पूर्वसांसद सकलदेव सुतियार, नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्र पौडेल, नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीलगायतले सरकारले जनताको अधिकारलाई कुण्ठित गर्ने प्रयास गरिरहेको बताउँदै सरकारको गतिविधिविरुद्ध लोकतन्त्रवादी एकजुट हुनुपर्ने बेला आएको विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा लोकतान्त्रिक योद्धा सम्मानबाट पत्रकार एवं राजनीतिज्ञ नुतन थपलियालाई रु २५ हजार नगद र ताम्रापत्रद्वारा सम्मान गरिएको थियो । विसं २०५२ मा स्थापना भएको समाजले ४७ जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको समाजका महासचिव गोकर्ण अर्यालले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने महाधिवेशनमा ४१ जिल्लाका ३०० प्रतिनिधिको सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने