१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतमबुद्ध गौरवका सत्पात्र: प्रमओली

३ जेष्ठ २०७६, शुक्रबार १८:४९

जेठ ४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताउनुभएको छ । २५६३औँ बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याणका निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गर्नुभएको छ ।

“संसारमा दुःख छ र दुःख हटाउनसके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतमबुद्धले मैत्री, करुणा र अहिंसाको शिक्षा दिए”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “जातीय भेदभाव र छूवाछुत प्रथाको विरोध गरे, समनताको सिद्धान्तको प्रतिपादन गरे, त्यसैले गौतमबुद्धको शिक्षा, सिद्धान्त र दर्शनलाई सर्वत्र अनुशरण र प्रशंसा गरिन्छ ।”

बुद्धका विचार जीवनदर्शन र मानव कल्याणसँग सम्बन्धित भएकाले नै विश्वभर प्रसिद्ध र लोकप्रिय बन्न सकेको उल्लेख गर्दै प्रधानमन्क्री ओलीले संयुत्त राष्ट्रसङ्घले समेत गौतमबुद्धबाट प्रतिपादित ज्ञानलाई मुख्य सिद्धान्तका रुपमा अवलम्बन गरी संसारलाई त्यसैअनुरूप शान्तिको बाटोमा डोहोर्‍याउन खोजेको सन्देशमा भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीलाई विशेष धार्मिक र पर्यटकीयस्थलका रुपमा विकास गर्न सरकार सधैँ सकारात्मक रहेको भन्दै बुद्धजयन्तीको महत्वपूर्ण दिनमा सबैलाई बुद्धप्रदत्त ज्ञानलाई शिरोधार्य गरी विश्व शान्ति र भाइचाराको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

नेपाल सांस्कृतिकरुपमा समृद्ध देश: प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांस्कृतिकरुपमा समृद्ध देश भएको बताउनुभएको छ । किराँत धर्मावलम्बीको महान् चाड उभौलीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालमा बसोबास गर्ने विविध जाति, भाषा र धर्मावलम्बीको एकता गर्व गर्न लायक रहेको बताउनुभएको छ ।

“नेपालीले यस विविधतालाई एकताको प्रमुख सूत्रका रुपमा स्वीकारेका छन् । जुन, विश्वका अरु देशका लागि पनि प्रेरणाको स्रोत हो, हाम्रो जातीय विविधामा द्वन्द्वको खेती गर्ने प्रयास विगतमा नभएको होइन तर नेपालीले यस्ता तत्वलाई बेलैमा पहिचान गरेर अस्वीकार गरे र देशमा जाति, धार्मिक र सांस्कृतिक सद्भावकायम राखे”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ ।

सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न प्रयत्नशील रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । “वर्तमान सरकार समानतासहितको समृद्ध नेपाल निर्माण गर्ने पक्षमा छ, यस अभियानमा नेपालका सबै जाति, भाषा र धर्मका मानिसका सक्रिय ऐक्यबद्धताको आवश्यकता छ”, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी