२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइएलो सहायक महानिर्देशक र श्रममन्त्री विच छलफल

२०७६, ६ जेष्ठ सोमबार १५:४२

जेठ ६, काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम संगठनका सहायक महानिर्देशक तथा एशिया प्यासिफिक क्षेत्रको क्षेत्रीय निर्देशक तोमोको निशिमोतो र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट विच शिष्टाचार भेट भएको छ । उक्त अवसरमा मन्त्री विष्टले निर्देशक निशिमोतोलाई नेपाल सरकारले स्वदेशमै रोजगारी सृजनालाई महत्व दिएको बारे जानकारी गराएका छन्  ।


मर्यादित श्रम सुनिश्चित गर्न तथा श्रमिकको जीवनमा आधारभूत परिवर्तन ल्‍याउन सञ्चालन गरिएका सामाजिक सुरक्षा कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठनले गरेको सहयोगका लागि मन्त्री विष्टले धन्यवाद दिए । साथै आगामी दिनमा यस संगठनसँगको सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुहुँदै आई.एल.‌ओ. ले मनाउन लागिरहेको शतवार्षिकी समारोहको सफलताको शुभकामना दिए । निर्देशक निशोमोतोले वर्तमान सरकारले अघि बढाएको श्रमको सम्मान अभियान, रोजगारीका अवसर सिर्जना र सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई महत्वका साथ अगाडि बढाएकोमा उत्साहित हुँदै खुशी व्यक्त गरे । 

द्रिपक्षीय भेटघाटबाट नेपाल सरकार र  आई.एल.‌ओ. बीचको सम्बन्ध तथा सहकार्यलाई अगाडि बढाउन थप मद्दत पुग्ने विश्वास लिइएको मन्त्रालयले श्रम मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना