२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेरोजगार र रोजगारीको सूचना ४/ ४ घन्टामा थाहा पाउने गरी काम गर्दैछौं : श्रममन्त्री विष्ट

२०७६, १० जेष्ठ शुक्रबार १२:३६

जेठ १०,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बेरोजगार र रोजगारीको अवसरहरुको जानकारी लिन सकिने गरि रोजगार सूचना प्रणालीको विकास गर्न लागिएको बताएका छन् । संघीय सरकार, ३ नम्बर प्रदेश सरकार, ३ नम्बर प्रदेश भित्रका सबै स्थानीय तह  र रोजगार संयोजकको उपस्थितिमा "प्रधानमन्त्री रोजगार कार्यक्रम" अन्तर्गत त्रिपक्षीय (केन्द्र, प्रदेश र स्थानीय) समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री विष्टले यस्तो बताएका हुन् ।

केहि समय भित्र नै कुन क्षेत्रमा कति कामको अवसर छ,हरेक नागरिकले आँफु बसेको ठाउँबाट हेर्न पाउने गरि सरकारले काम गर्दैछ मन्त्री विष्टले भने "बेरोजगार जनशक्ति र रोजगारीको अवसर कति छ हेर्न सकिने गरि सूचना प्रणाली व्यवस्थित गर्ने काम भैरहेको छ।" बेरोजगारको विवरण र रोजगारीको सूचना हरेक ४/ ४ घन्टामा थाहा पाउने गरी काम गर्दैछौं मन्त्री विष्टले भने "अब हिजोको जस्तो पुरानो डाटाको भरमा काम गर्ने दिन सकिंदैछ सरकारले सोहि अनुरुप प्रक्रिया अगाडी बढाइसकेको छ ।"

शैक्षिक संस्था शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको भन्दै अब शिक्षालाई रोजगारीसँग जोड्नु चुनौती रहेको मन्त्री विष्टले बताए । संघीय सरकारले आगामी आर्थिक वर्षबाट हरेक स्थानीय तहलाई प्राविधिक जनशक्ति समेत प्रदान गर्ने योजना रहेको मन्त्री विष्टले बताए । आगामी वर्षबाट नै उत्कृष्ट कार्य गर्ने स्थानीय तह र रोजगार संयोजकलाई पुरष्कृत गर्ने सरकारले तयारी गरेको मन्त्री विष्टले बताए। आउँदो आर्थिक वर्षमा थप ५ लाख जनशक्तिले देशभित्र नै रोजगारी पाउने गरी सरकारले काम गरिरहेको उनले बताए।

इतिहासमै पहिलो पटक सरकारले रोजगारीलाई प्राथमिकता दिएको मन्त्री विष्टले दावी गरे । "अब कामको अभावमा कोहि पनि गरिब रहन सक्दैन, गरिबीको जिन्दकी माथि उठाउन नै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छ।" मन्त्री विष्टले भने ।

स्थानीय तहका जनप्रतिनिधिहरुलाई आफ्ना स्थानीय तह मार्फत अधिकतम रोजगारी सृजना हुनेगरी काम गर्न पनि मन्त्री विष्टले आग्रह गरे । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यसवर्ष बेरोजगार युवालाई बढीमा ३० दिनको रोजगारी ग्यारेन्टी गर्ने गरी हरेक स्थानीय तहलाई केन्द्रबाट बजेट पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा