पढ्न करिब 4 मिनेट लाग्छ

जेठ ११, सिन्धुली | तेह्रौं सताब्दीमा बनेको हरिहरपुरगढी ओझेलमा छ । चौधौं शताब्दीमा बनेको सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको छ । अब यी दुई स्थल पदमार्गले जोडिने भएका छन् । यी दुवै स्थललाई जोडेर प्रबर्धन गर्न पहल गरेको छ समृद्ध सिन्धुली अभियानले । अभियानले हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोड्ने पदमार्गको अध्ययन पूरा गरेको छ । अध्ययनका लागि अभियानका संयोजक लीलानाथ घिमिरेसहित प्राविधिक, समाजशास्त्री, पत्रकारलगायत ८ जनाको टोली हरिहरपुरगढीबाट सिन्धुलीगढीसम्म पुगेको थियो ।

सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत् १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक बर्ष कात्तिक २४ गते विजयोत्सव मनाइन्छ । सिन्धुलीगढी किल्ला विक्रम संवत्को १४ औं सताब्दीमा स्थापना भएको इतिहासकारहरुको भनाइ छ ।

त्यस्तै हरिहरपुरगढी सिन्धुलीगढीको भन्दा पूरानो इतिहास बोकेको किल्ला हो । बाराको सिम्रौनगढमा बंगाल मुसलमानको भिषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालित राजा हरिसिंह देव वि.सं. १३८७ मा सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए । त्यही किल्लाले राज्यको रूप लिएको थियो । यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भनेर भन्न थालियो । सिन्धुलीगढीमा पराजित भएका इष्ट इन्डिया कम्पनीका फौजले एक पटक फेरि काठमाडौं प्रवेश गर्न हरिहरपुरगढीबाट फेरि प्रयास गरेको इतिहास छ । त्यहाँसमेत अंग्रेजी फौजलाई गोर्खालीले परास्त गरेका थिए । झण्डै ७ सय बर्षअघि बनेको यो किल्ला अहिले पनि परानो स्वरुपमा जस्ताको तस्तै छ ।

ऐतिहासिक महत्व बोकेका यी दुई गढीको प्रचार–प्रसार गरि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पदमार्ग अध्ययन यात्रा सुरु गरिएको संयोजक घिमिरे बताउछन् । ‘कतिपयलाई सिन्धुलीगढी र हरिहरपुरगढीको महत्वबारे थाहै छैन,’ उनले भने, ‘राष्ट्रिय गौरवका रुपमा रहेको ऐतिहासिक सिन्धुलीगढी र हरिहरपुरगढीबारे प्रचार–प्रसार गरि पर्यटन प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य हो ।’ यस यात्राले नेपाल र नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै महत्वपूर्ण स्थलको प्रचारमा सघाउ पुग्ने आफूले विश्वास लिएको उनले बताए ।

नेपाललाई चिनाउने यस्ता ऐतिहासिक स्थलबारे प्रचार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर देशकै आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने अर्का अभियन्ता सौरभ ढकाल बताउँछन् । ढकालले यसअघि प्रख्यात आरोही आप्पा शेर्पाको टोलीसँग पूर्वताप्लेजुंगदेखि पश्चिम दार्चुलासम्म हिमाली क्षेत्रमा ९९ दिन ग्रेट हिमालयन ट्रेल यात्रा गरेका थिए । यात्राका क्रममा हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्मको मुख्य पदमार्ग, सहायक मार्ग, चक्रीय मार्ग, घरबास (होमस्टे) गर्ने ठाउँ, खाना खाने ठाउँ, हेर्न लागयकका स्थलहरु, जातजाति, तिनका संस्कृति, मेलापर्व, ऐतिहासिक स्थलहरुको अध्ययन गरिएको अर्का अभियन्ता दीपक श्रेष्ठले बताए ।

समृद्ध सिन्धुली अभियानले यसअघि काभ्रेको नमोबुद्धबाट सिन्धुलीगढी हुँदै सिन्धुलीकै फिक्कलसम्म महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गरेको थियो । गत चैतमा गरेको अध्ययनको टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्साङ्कनकर्ता, पत्रकारलगायतका ब्यक्तिहरु सहभागी थिए । अध्ययनले पूर्वपश्चिम फैलिएको महाभारत डाँडैडाँडा नयाँ पदमार्ग स्थापित गर्न सकिने देखाएको छ । राजधानीबाट नजिकै रहेको महाभारत पदमार्गमा आवश्यकताअनुसार लामो र छोटो दुरीमा गर्न सकिन्छ । यसलाई खगोल, बनस्पत्ति अध्ययनका लागि समेत उपयोग गर्न सकिने देखिएको छ ।

अभियानले सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा काठमाडौंदेखि सिन्धुलीगढीहुँदै जनकपुरसम्म हरेक बर्ष साइकल यात्रा गर्दै आएको छ । सन् २०१६ मा सुरु गरिएको साइकल यात्रा तेस्रो बर्ष पूरा भएको छ । साइकल यात्रामार्फ ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धन गर्न अभियानले ब्यसाययिक यात्रा गराउन थालेको हो । सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुगेको अबसरमा गत बर्ष मनाइएको विजयोत्सवमा सहभागी हुन गएका साइकल यात्रीलाई काठमाडौंमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ र सिन्धुलीगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेका थिए ।

समृद्ध सिन्धुली अभियानले नेपाल पर्यटन बोर्डसँग मिलेर आगामी वैशाख महिनामा पर्यटन बोर्डको प्राङगणमा सिन्धुली जिल्लालाई पहिचान दिलाउने फोटोहरुको प्रदर्शनी फोटो नेपाल आयोजना गर्न गइरहेको छ । उक्त प्रदर्शनीमा सिन्धुलीलाई पहिचान दिने ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरु, सिन्धुलीलाई चिनाउने पूर्वाधार, कृषि उत्पादन, विभिन्न जातजातिका भेषभूषा, संस्कृतिलगायत सिन्धुलीका रमणीय दृष्यावलोकन गर्न सकिने स्थलहरु, पर्यटकलाई आकर्षित गर्ने बस्तुका तस्बिर राखिने अभियन्ता घिमिरेले बताए ।