२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाले नयाँ उचाइ हासिल गर्यो : नेकपा महासचिव पौडेल

२०७६, १३ जेष्ठ सोमबार १२:२१

 जेठ १३, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेपालको राष्ट्रिय राजनीतिमा पार्टीले नयाँ उचाइ हासिल गरेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको शपथ ग्रहण समारोहमा उहाँले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता प्रक्रिया टुङ्गिएर सबै तहमा सौहार्दपूर्ण तरिकाले सङ्गठन निर्माण भएकाले पार्टीले विशिष्टता हासिल गरेको बताउनुभयो ।


“कम्युनिष्ट पार्टीको हैसियत कुनै भगवानको कृपा होइन, हाम्रो एकता, त्याग र बलिदानको प्रतिफल हो, त्यसकारण हामीले हाम्रो इतिहासप्रति गर्व गनुपर्छ”, उहाँले भन्नुभयो । नेता पौडेलले पार्टीको नीति र नेतृत्वप्रति गर्व गर्ने अवस्था आएको बताउँदै आवश्यक पर्दा स्वस्थपूर्ण आलोचना र रचनात्मक सुझाव दिन सकिने धारणा राख्नुभयो ।

 पार्टीको बहुमत जुटाउन सबै क्षेत्र र तहमा सङ्गठनलाई बलियो बनाउन कार्यकर्ताले विशेष ध्यान दिनुपर्ने नेता पौडेलको भनाइ छ । गाउँ, नगर र प्रदेशमा निर्वाचित पार्टी नेतृत्वले जनताको विश्वास जित्नेगरी काम गर्नुपर्ने बताउँदै उहाँले यसैका आधारमा बहुमत जुटाउन सहज हुने बताउनुभयो । 

“हामीले तीनै तहका सरकारको नेतृत्व गरेका छौँ, हामीले जनताको मन जित्नेगरी काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । पार्टीको भविष्य सङ्गठनले गर्ने काममा भरपर्ने भएकाले विकास निर्माण र समाजवादको तयारीका लागि सबै तहका सङ्गठनलाई परिचालित गरेर अगाडि बढ्न आवश्यक रहेको धारणा राख्नुभयो । 

पार्टी स्थायी कमिटीका सदस्य तथा प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टीप्रति जनताको विश्वास बढाउन स्थानीय र प्रदेश सरकारलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले कामबाट श्रेष्ठता हासिल गरेर जनाताको विश्वास जित्ने वातावरण तयार गर्नेतर्फ सबैको ध्यान पुग्नुपर्ने बताउनुभयो । “सरकार बनाउने समाज बदल्नका लागि हो, समाज बदल्न सकिएन भने सरकारको नेतृत्व गर्नुको अर्थ रहँदैन”, उहाँले भन्नुभयो । 

पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले मुलुकमा समाजवाद स्थापना गर्न पार्टीको बहुमत जोगाउन जरुरी रहेको बताउनुभयो । नेता भुसालले पार्टीमा श्रमजीवी वर्गको बहुमत रहेकाले त्यस्तो वर्गलाई सङ्गठित गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।  

उहाँले देश जनवादी क्रान्तिभन्दा अगाडि बढेर बहुदलीय जनवादतर्फ अगाडि बढेकाले अबका दिनमा दलाल पूँजीलाई अन्त्य गरी राष्ट्रिय पूँजीको विकास गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो  । “पार्टी बलियो बनाउन पार्टीभित्र गुटबन्दी गर्ने परिस्थितिका विषयमा छलफल चलाउनुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, जिल्ला अध्यक्ष शिवराज सुवेदी, सचिव निर्मल जिसी लगायतले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन तल्लो तहदेखि नै कार्यकर्ता एक हुन जरुरी रहेको धारणा राख्नुभयो ।

 रुपन्देहीमा शिवराज सुवेदीको अध्यक्षतामा गठन भएको १७५ सदस्यीय कमिटीलाई पार्टी महासचिव पौडेलले शपथग्रहण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह