२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन खर्ब ३३ अर्ब बेरुजु, चालू खाता र भुक्तानी सन्तुलन घाटामा, व्यापार घाटा उच्च

२०७६, १३ जेष्ठ सोमबार १३:४२

जेठ १३, काठमाडौँ | विभिन्न मन्त्रालय र सरकारी निकायले समयमै बेरुजु फछ्र्योट नगर्दा बेरुजुको रकममा अधिक वृद्धि भइरहेको छ । अघिल्लो आर्थिक वर्षको बेरुजु रकम रु तीन खर्ब ७७ अर्ब ४८ करोड फछ्र्योट हुन बाँकी रहेको सरकारले बताएको छ । 

सङ्घीय संसद्को प्रतिनिधिसभामा आज प्रस्तुत भएको आर्थिक सर्वेक्षणअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति र संस्थान समेतबाट उक्त रकम फछ्र्यौट हुन बाँकी छ । 

छब्बीस सार्वजनिक संस्थान नाफामा

सञ्चालनमा रहेका ३७ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा रहेका छन् । नाफामा सञ्चालन भएका ती संस्थानहरूबाट अघिल्लो आबमा रु नौ अर्ब ८९ करोड लाभांश प्राप्त भएको थियो भने रु ९४ अर्ब सात करोड राजश्व सङ्कलन भएको थियो । 

उपभोक्ता मुद्रास्फीति

चालू आवको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । 

त्यसैगरी मुलुकको वित्तीय संरचना क्रमशः विस्तार हुँदै गएको छ । चालू आवको चैतसम्ममा वित्तीय क्षेत्रमा पहुँच अभिवृद्धि भएको छ भने वित्तीय कारोवारमा पनि उल्लेख्य विस्तार भएको छ । 

गत वर्षको चैत मसान्तसम्ममा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, तथा ९१ लघुवित्त वित्तीय संस्था गरी १७५ बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । त्यसैगरी एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा आएको छ भने ४० बीमा कम्पनी, ३४ हजार ७३७ (बचत तथा ऋण सहकारी संस्थाको सङ्ख्या १३ हजार ९१७, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र हुलाक बचत बैंक सञ्चालनमा छन् । चालीस बीमकमध्ये १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र एउटा पुनर्बीमा कम्पनी सञ्चालन भइरहेका छन् । ती बीमा कम्पनीको कूल वित्तीय स्रोत तथा उपयोग रु तीन खर्ब १३ अर्ब ८९ करोड पुगेको छ । 

साथै ती कम्पनीको बीमा शुल्क आम्दानी पनि बढ्दै गएको आर्थिक सर्वेक्षण उल्लेख छ । अघिल्लो आवमा १८ प्रतिशत जनसङ्ख्यामा सीमित रहेको बीमाको पहुँच चालू आवको अन्त्यसम्ममा २० प्रतिशत जनतामा पुर्याउने सरकारी लक्ष्य छ । 

व्यापार घाटा उच्च

लामो समयदेखि नेपालमा वस्तु तथा सेवाको निर्यातभन्दा आयात उच्च हुँदै गएकाले व्यापार घाटा बढिरहेको छ । सरकारले आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिलाई प्रोत्साहन गरे पनि आयातमा कमी र निर्यातमा सुधार हुन सकेको छैन । 

चालू आवको प्रथम आठ महीनामा वैदेशिक व्यापार २३.२ प्रतिशतले बढेर रु १० खर्ब १० अर्ब ३३ करोड पुगेको छ भने रु ६१ अर्ब ६२ करोड बराबरको वस्तु निर्यात भएको छ । वस्तु आयात २३.८ प्रतिशतले बढेर रु नौ खर्ब ४९ अर्ब ११ करोड पुगेको छ भने व्यापार घाटा २४.५ प्रतिशतले बढेर रु आठ खर्ब ८७ अर्ब ८८ करोड पुगेको छ । भुक्तानी सन्तुलन रु ५८ अर्ब ९९ करोडले घाटामा छ । 

त्यसैगरी आयातमा उच्च वृद्धि भएका कारण चालू खाता र तथा शोधनान्तर घाटामा वृद्धि भएको छ । चालू खाता एक खर्ब ९१ अर्ब १२ करोडले घाटामा रहेको छ । विप्रेषण आप्रवाह भने २३.४ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ८२ अर्ब १९ करोड रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा विदेशबाट रु चार खर्ब ७१ अर्ब ८५ करोड प्राप्त भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी