2026-07-09 12:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्नु अहिलेको आवश्यकता’ – सभामुख

जेठ १५, काठमाडौँ | सभामुख कृष्णबहादुर महराले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको संस्थागत विकास गर्दै सामाजिक न्याय, समानता र समृद्धिको यात्रालाई सँगसँगै अगाडि बढाउनुपर्ने अहिलेको महत्वपूर्ण कार्यभार रहेको बताउनुभएको छ । 

गणतन्त्र दिवसका अवसरमा आज सबै नेपालीमा शुभकामना दिँदै उहाँले गणतन्त्र, नयाँ संविधान, धर्मनिरपेक्षता, समानुपातिक/समावेशी शासन व्यवस्थालगायत प्राप्त उपलब्धि संस्थागत हुन सकेमात्रै साँचो अर्थमा गणतन्त्र दिवस मनाउनुको सार्थकता हुने बताउनुभएको छ । 

गणतन्त्र नेपाल प्राप्तिको महाभियानमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सभामुख महराले सङ्घर्षका दौरानमा बेपत्ता, घाइते एवं अपाङ्गता हुनुभएका सबै योद्धाप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । नेपाली जनताबीच आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकता सुदृढ गर्न गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । 

एघार वर्षअघि आजकै दिनअर्थात् २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाले राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शुभारम्भ भएको घोषणा गरेको थियो । देशको शासन व्यवस्था नै परिवर्तन गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको आजको दिनलाई राज्यले नेपाली राजनीतिको ऐतिहासिक महत्वका साथ गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो