2026-09-13 09:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङमा बैंकहरुको संख्या बढ्दै, सेवाग्राहीलाई सहज

सम्राट सिंह | जेठ १५, बझाङ | हिमाली जिल्ला बझाङमा बैंकहरुको संख्या बढ्दै गएको छ । बैंकहरुको संख्या बढेपछि सेवाग्राहीलाई सहज भएको छ । विगतका बर्षहरुमा नेपाल राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकले मात्र सेवा दिइ रहेको बझाङमा हाल भने ११ बैंकहरुले सेवा दिदै आइरहेका छन । 

३ बर्ष यता जिल्लाको सदरमुकाम चैनपुरमा सिटिजन बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, महालक्ष्मी विकास बैंक, सनराइज बैंक, एनआइसि एसिया बैंक र छबिस पाथिभेरा  गाउँपालिका र दुर्गाथली गाउँपालिकामा कुमारी बैंक एवं नेपाल इन्भेष्टमेन्ट बैंक, खप्तड छान्ना गाउँपालिकामा प्राइम कमरसियल बैंक लगायतका प्राइभेट बैंकहरुले शाखा बिस्तार गरेका छन ।

जिल्लामा बैंकहरुको संख्या बढेपछि क्रृण लगानी गर्न, सेवाग्राहीलाई आफतिर आर्कषण गर्न पनि बैंकहरुमा एकदमै प्रतिष्पर्धा चलेको छ । 

बैंकहरु जिल्लामा भित्रिएपछि व्यापारी,उद्योगी लगायतका सर्बसाधारणले समेत क्रृण लगेर विभिन्न आर्य आर्जन गर्ने खालका व्यापारहरु गर्दै आएका छन । बैंकको संख्या बढेपछि सेवाग्राहीले चेक साट्न पनि एक दुई घण्टा कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । 

जिल्लामा बैंकहरुको संख्या बढ्नु सेवाग्राहीका लागि एकदमै राम्रो भएको जयपृथ्वी नगरपालिका ३ का जन्मजय जोशीले बताए । बैंकहरुले पनि सेवाग्राहीहरुलाई छिटो छरितो सेवा दिनुको साथै सस्तो शुलभ ब्याजदरमा लगानी गर्नुपर्ने उनको भनाइ छ ।   

सदरमुकाम चैनपुर लगायत राष्ट्रिय बाणिज्य बैंकले मष्टा गाउँपालिकामा, कृषि विकास बैंकले बुंगल नगरपालिकामा एभरेष्ट बैंकले तल्कोट र सुर्मा गाउपाँलिकामा पनि शाखा बिस्तार गरी सेवा दिइरहेको छ । यसरी गाउँमा नै बैंकहरुले शाखा बिस्तार गर्दा विकट गाउँपालिकाका बासिन्दाहरुले बैंकिङ कारोबार गर्न ५।६ दिन पैदल हिँडेर सदरमुकाम चैनपुर आउनु पर्ने बाध्यता पनि टरेको छ । 

आर्थिक कारोबार गर्ने प्रायजसो मानिसहरु सदरमुकाम केन्द्रित हुने हुँदा बैंकहरु पनि सदरमुकाममा नै केन्द्रित भएको नेपाल बंगलादेश बैंकका शाखा प्रबन्धक भिमराज पोख्रेलले बताए । बैंकहरु धेरै भएपछि बैंकहरुमा प्रतिष्पर्धा हुने हुँदा सेवाग्राहीलाई सहज हुने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले