२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चोभारमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल

२०७६, १५ जेष्ठ बुधबार १६:३२

जेठ १५, काठमाडौँ | अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी आयोजना गर्ने स्थान अभावको समस्या अन्त्य गर्न सरकरले चोभारमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गर्ने भएको छ । 

सङ्घीय संसदको संयुक्त बैठकमा आज आगामी आव २०७६/०७७ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले चोभारमा प्रदर्शनीस्थलसहितको सुख्खा बन्दरगाह, रसुवागढीको सुख्खा बन्दरगाह र भैरहवा तथा नेपालगञ्जको अन्तर्राष्ट्रिय ‘चेकपोष्ट’ निर्माण कार्य शुरु गरिने बताउनुभयो । 

त्यस्तै मुस्ताङको नेचुंग र ताप्लेजुङको ओलाङगचुङगगोलामा भन्सारको पूर्वाधार विकास गरिने सरकारको तयारी छ । उत्तरतर्फका अन्य व्यापारिक नाकामा समेत पूर्वाधार विकास गरिने बजेटमा उल्लेख गरिएको छ । बढ्दो व्यापार घाटालाई नियन्त्रण गर्न निर्यात प्रवद्र्धनका अतिरिक्त अनावश्यक आयात घटाउन ‘सेफगार्ड’, ‘एण्टिडम्पिङ’ र ‘काउन्टरभेलिङ’ कानूनको प्रभावकारी कार्यान्वयन गरिने बजेटमा व्यवस्था गरिएको छ । 

स्वदेशी उत्पादनको नेपाल गुणस्तर सुनिश्चित गरी बजार अनुगमन प्रभावकारी बनाइने, नक्कली गुणस्तर चिह्न प्रयोग गरी गुणस्तरहीन वस्तु विक्री वितरण रोक्न प्रभावकारी अनुगमन गरिने बजेटमा उल्लेख गरिएको छ ।  अर्थमन्त्री डा खतिवडाले द्विपक्षीय तथा बहुपक्षीय व्यापार सन्धिको पुनरावलोकन, सडक, जल तथा रेल्वे सम्झौतामा समयानुकूल परिमार्जन र नयाँ सम्झौता गरी विश्व बजारमा नेपाली उत्पादनको पहुँच वृद्धि गरिने बताउनुभयो । 

नेपाल र चीनबीच भएको व्यापार सम्झौताको पारवहन प्रोटोकललाई अन्तिम रुप दिई चीनको बन्दरगाहमार्फत तेस्रो मुलुकसँगको व्यापार शुरु गरिने बजेटमा उल्लेख गरिएको छ । 

उहाँले पेट्रोलियम पदार्थको आपूर्ति सहज तुल्याउन निर्माणाधीन अमलेखगञ्ज–रक्सौल–मोतिहारी खण्डको पेट्रोलियम पाइप विच्छाउने कार्य यसैवर्ष सम्पन्न गरी पेट्रोलियम पदार्थको आयातलाई सहजीकरण गरिने बताउनुभयो । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि रु ११ अर्ब ७४ करोड विनियोजन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा