२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूमि बैंकको स्थापना हुँदै

२०७६, १५ जेष्ठ बुधबार १६:३५

जेठ १५, काठमाडौँ | सरकारले भूमि बैंकको स्थापना गरी यसमार्फत कृषि र उद्योग व्यवसाय सञ्चालन गर्न भाडामा जग्गाको प्रबन्ध गर्ने भएको छ । सरकारले आगामी आवका लागि आज सार्वजनिक गरेको बजेटमा जग्गा जमीन भाडामा लिई कृषि, उद्यम र उद्योग व्यवसाय सञ्चालनमा सहजीकरण गर्न लिज कानूनको व्यवस्था गरिने उल्लेख छ । 

वैज्ञानिक भूमिसुधारका माध्यमबाट भू–स्वामित्व, भूउपयोग र जग्गा एकिकरणलगायत भूमि व्यवस्थापनमा रहेका समस्यालाई समाधान गरिने छ । जमीनको स्वामित्वको विवाद हल गर्ने, मोहियानी समस्या समाधान गर्ने, छुट जग्गा दर्ता गर्ने, सरकारी सार्वजनिक सामुदायिक जग्गाको संरक्षण, उपयोग र व्यवस्थापन गर्ने तथा विगतका आयोगले गरेका निर्णय कार्यान्वयन गरिने छन् ।  

भूमिको दीगो तथा समूचित उपयोग सुनिश्चित गर्न भूमि ऐन ल्याइने छ । भूमिलाई अवस्थिति, उत्पादन क्षमता, सिँचाइ सम्भाव्यता, रणनीतिक महत्वसहित उपयुक्त आधारमा वर्गीकरण गरी सोही आधारमा मात्र उपयोग गर्नुपर्ने व्यवस्था गरिने छ । अतिक्रमित सरकारी जग्गा आगामी आवभित्र सरकारी कायम गरिने छ । आगामी दुई वर्षभित्रमा सम्पूर्ण कृषि जमीनको अभिलेख र जग्गाधनी पूर्जा विद्युतीय बनाइने छ । जग्गा प्रशासन सम्बन्धी सेवा अनलाइन प्रणालीबाट सञ्चालन गरी सरल, सहज र सुरक्षित बनाइने बजेटमा उल्लेख छ । 

मुक्तकमैया, मुक्तहलिया, सुकुम्बासीलगायत सबै भूमिहीन र सीमान्तकृत परिवारको बसोवास व्यवस्थित गरिने छ । लामो समयदेखिको सामाजिक कलङ्कबाटमुक्त हुने गरी कमैया र हलियाको बसोवासकार्य आगामी वर्षभित्र पूर्ण गरिने छ । भूमिहीन, अव्यवस्थित बसोवास, मोही, साना किसान, अल्पसङ्ख्यक, दलितलगायत महिला तथा गरीबको भूमिमा पहुँच सुनिश्चित गरिने छ । ‘आधुनिक जग्गा प्रशासन, पारदर्शीता र सुशासन’ नाराका साथ जग्गा प्रशासन सम्बन्धी अनलाइन प्रविधिबाट सेवा प्रर्वाह गर्न र भूकम्पको कारणबाट क्षति पुगेको नियन्त्रण विन्दुको सञ्जाल सुदृढ तुल्याई विकास निर्माणका लागि भू–सूचना उत्पादन गर्न ‘लाइडर’ प्रविधिको प्रयोग गरिने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा